कोशी प्रदेश सरकारले शनिबार अध्यादेशबाट ल्याएको बजेटमा केही परिमार्जन गरी प्रतिस्थापन विधेयक प्रदेश सभामा प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्रीसमेतको जिम्मेवारीमा रहनुभएका मुख्यमन्त्री केदार कार्कीले प्रतिस्थापन विधेयक प्रस्तुत गर्नुभएको हो । संसदीय गठजोडको समस्याका कारण प्रदेश सभा बस्न नसकेका बेला गएको भदौमा कोशी प्रदेश सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई प्रतिस्थापन गर्न शनिबार प्रदेश सभामा प्रतिस्थापन विधेयक पेस गरेको हो । तत्कालीन प्रदेश प्रमुख हिक्मत कार्कीको नेतृत्वमा भदौ २२ गते प्रदेश सरकार गठन भएलगत्तै बसेको पहिलो मन्त्रीपरिषद्ले अध्यादेश बजेट जारी गरेको थियो ।
कर्णाली प्रदेशमा विगतमा जस्तै यो वर्ष पनि बजेट कार्यान्वयनको गति सुस्त देखिएको छ । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा कर्णाली प्रदेश सरकारले अपेक्षित बजेट खर्च गर्न सकेन । बरु विगतको तुलनामा अझ कमजोर देखिएको छ । आव २०८०/८१ का लागि सरकारले ३३ अर्ब ३७ करोड ९७ लाख सात हजार रुपियाँ बराबरको बजेट विनियोजन गरेको छ । बजेट कार्यान्वयनको सुरुवाती चार महिनामा ७.११ प्रतिशत मात्रै खर्च भएको छ । गत आवमा सरकारले यही अवधिमा ७.६३ प्रतिशत रकम कार्यान्वयन गरेको थियो ।
नेपालको पहिलो केबुलकार सेवा मनकामना केबुलकारले विभिन्न प्राविधिक पक्षको स्तोन्नति गरिरहेको जनाएको छ । स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठको लगानीमा सुरु भएको नेपालको पहिलो मनकामना केबुलकार सेवा २६ वर्ष प्रवेश गरिसकेको छ । केबुलकार सञ्चालक कम्पनीले मनकामना दर्शन प्रालिले आगामी दिनमा अझ स्तरीय दिने प्रतिबद्धता दिन विभिन्न प्राविधिक पक्षमा सुधार गर्दै उच्चस्तरीय र भरपर्दो सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाएको छ । २०५५ मङ्सिर ८ देखि सो केबुलकारको व्यावसायिक सेवा सुरु भएको थियो ।
३२ औँ अन्तर्राष्ट्रिय लैङ्गिक हिंसाविरुद्वको विश्वव्यापी १६ दिने अभियान शनिबारदेखि सुरु भएको छ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको थालनी महिलाविरुद्धको हिंसा अन्त्यका लागि सन् १९९१ मा सेन्टर फोर ओमन्स ग्लोबल लिडरसिप (सिडब्लुजिएल) को सहयोगमा विभिन्न २३ देशका उत्साहित महिला अधिकारकर्मी समूहले गरेको थियो ।
जाजरकोट भूकम्प गएको एक महिना बित्न लाग्दा पनि प्रभावित क्षेत्रका बालबालिकाले पढ्न टहरो पनि पाएका छैनन् । गत कात्तिक १७ गते राति गएको भूकम्पपछि दसैँ, तिहार र छठ पर्वको बिदापछि खुलेका रुकुमपश्चिमका अधिकांश विद्यालयमा अझै पनि सहज रूपमा पठनपाठन हुन सकेको छैन ।
रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आइतबारदेखि पुनः सञ्चालनमा आउँदै छ । त्यसका लागि सडक पुनः रङरोगन गरिएको छ । ठाउँ ठाउँमा बोर्ड राखिएका छन् । यस सेवाका लागि ११ वटा बस थपिएका छन् । तर यी कामका लागि के कति रकम खर्च भए भन्नेबारे न सडक विभागले भन्छ न त यातायात व्यवस्था विभागले नै ।
मकवानपुरको थाहा नगरमा शनिबारबाट साताव्यापी थाहा फिल्म फेस्टिवल–२०२३ सुरु भएको छ। पर्यटनका लागि फिल्म फेस्टिवल भन्ने नाराका साथ थाहा कला केन्द्रले एक हप्ते थाहा फिल्म फेस्टिवल–२०२३ आयोजना गरेको हो।
ताप्लेजुङमा पाँचजना उत्कृष्ट उद्यमी पुरस्कृत हुनुभएको छ। शनिबार ९ औं उद्योग दिवसको अवसरमा उत्कृष्ट कार्य गर्ने उद्योगी पुरस्कृत भएका हुन्।
कैलाली प्रहरीले दुई वटा पसलमा छापा मारेर बिना बिलको अवैधसामान बरामद गरेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले महिला चलचित्रकर्मीको विकासका लागि राज्यले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ।
उदयपुरमा पिकनिक खान गएको अविभावकसहितको स्कुलको बस दुर्घटनाग्रस्त हुँदा दुई बालबालिकासहित तीन जनाको शनिबार मृत्यु भएको छ। दुर्घटनामा अन्य ३६ जना घाइते भएका छन्।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व उपप्रधानमन्त्री बिमलेन्द्र निधिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति केही तत्त्वले अराजकता मच्चाउने प्रयास गरिरहेको बताउनुभएको छ ।
कोशी प्रदेश सरकारले शनिबार अध्यादेशबाट ल्याएको बजेटमा केही परिमार्जन गरी प्रतिस्थापन विधेयक प्रदेश सभामा प्रस्तुत गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारीमा रहनुभएका मुख्यमन्त्री केदार कार्कीले प्रतिस्थापन विधेयक प्रस्तुत गर्नुभएको हो।
नेपालगन्ज उपमहानगरपालिका भित्र यात्रु बोक्ने रातो नम्बर प्लेटका इ–रिक्सा मङ्सिर २३ गतेदेखि गुड्न नपाउने भएको छ ।
त्रियुगा नगरपालिका-५ देउरीको अन्नपूर्ण स्कुलको बस आज दिउँसो उदयपुरगढी गाउँपालिका-७ अँधेरीमा दुर्घटना हुँदा बस चालकसहित तीनको मृत्यु भएको छ भने बसमा सवार ३९ जना घाइते भएका छन् ।