इलामको सूर्योदय नगरपालिकाको पहिलो कार्यपालिका बैठक ‘डिजिटल डिस्प्ले’ मार्फत बसेको छ । प्रविधिमा फड्को मारेको सूर्योदय नगरपालिकाको बैठकलाई जनतामाझ पारदर्शी बनाउन सबैले सुन्ने र देख्नेगरी कार्यपालिका बैठक डिजिटल डिस्प्लेमा सार्वजनिक गरेको हो ।
पोखरा, जेठ २६ गते। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली (पोखरेल) र संयुक्त राष्ट्र संघका सहायक महासचिव कान्नी विंगाराजा नेतृत्वकोे टोलीबीच औपचारिक भेटवार्ता भएको छ। नेपालका लागि फ्रान्सका राजदूत गिल्स बौरबाओ, नेपालका लागि संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमका नेपाल प्रतिनिधि आइसाने मेडागान्गोडा लाबे, इसिमोडका महासचिव एवं कोइकाका नेपाल प्रतिनिधिसँग मुख्यमन्त्री पोखरेलले बिहीबार भेटवार्ता गर्नुभएको हो। गण्डकी प्रदेशका तर्फबाट पर्यटन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेल, नीति तथा योजना आयोगका उपाध्यक्ष डा. रघुराज काफ्ले, प्रमुख सचिव रविलाल पन्थ, सचिव ज्ञानेन्द्र पौडल, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार खड्गबहादुर कमाल सहभागी हुनुहुन्थ्यो। संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडीपी)को एसिया प्यासिफिक रिजनल ब्यूरो डाइरेक्टरसमेत रहनुभएकी कान्नीसँगको भेटमा मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेश देशको पर्यटकीय राजधानी भएकाले पर्यटन क्षेत्रको समग्र विकासमा सहकार्य गर्ने इच्छा व्यक्त गर्नुभयो। गण्डकी प्रदेश सरकारले युएनडीपीसँगको सहकार्यमा ‘दिगो पर्यटन पुनरुत्थान परियोजना’ सञ्चालन गर्न नेपाल सरकारले स्वीकृति दिएको जानकारी गराउनुभएको छ। सहायक महासचिव कान्नी विंगाराजाले दिगो पर्यटन विकासका लागि नेपालसँग सहकार्य गर्न आफूहरु तयार रहेको बताउनुभयो। मुख्यमन्त्री पोखरेल, सहायक महासचिव कान्नीसहितको टोलीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय परिसरमा वृक्षरोपणसमेत गरेको छ। सहायक मन्त्रीसहितको टोलीले बिहीबार पोखराको सराङकोट, अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयलगायत स्थानको अवलोकन गरेको छ।
युनाइटेड अरव इमिरेट्स (यूएई) आईसीसी यू–१९ महिला टी–२० विश्वकपमा छनोट भएको छ । मलेसिायमा भएको एसिया छनोटको अन्तिम खेलमा बिहीबार थाइल्यान्डलाई ६ विकेटले हराउँदै यूएईले विश्वकपमा स्थान बनाएको हो ।
मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रदेश सरकार सञ्चार क्षेत्रलाई व्यवस्थि गर्नतर्फ ध्यान केन्द्रीत गरेकाले पत्रकार हकहितमा कुनै कन्जुस्याँई नगर्ने बताउनुभएको छ ।
शालिग्राम नेपालचितवन, जेठ २६ गते। चितवनको मुग्लिन नारायणगढ सडकखण्डको दुई ठाउँमा पहिरो खसेपछि उक्त सडकखण्ड अवरुद्ध छ। बुधबार राति ११ बजेदेखि अवरुद्ध राजमार्ग अझसम्म पूर्ण रुपमा सञ्चालन हुन सकेको छैन। अविरल वर्षाका कारण इच्छाकामना गाउपालिका वडा नम्बर ५ को नाग्दी खोलामा राति ११ बजे र सोही सडक खण्डको कालीखोलामा बिहान ४ बजे पहिरो खसेर उक्त सडकखण्ड अवरुद्ध भएको हो। पहिरो पन्छाएर सडक खुलाउने प्रयास सफल हुन सकेको छैन। आंशिक रुपमा सञ्चालन भए पनि राजमार्ग पूर्ण रुपमा सञ्चालन हुन नसकेको हो। पहिरो पन्छाएर बाटो खुलाउने प्रयास भइराखेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले जानकारी दिनुभयो।
कतारका लागि नेपालको आवासीय राजदूतमा डा. नरेशविक्रम ढकाल नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा उहाँलाई बिहीबार सो पदमा नियुक्त गर्नुभएको हो ।
काठमाडौं, जेठ २६ गते । रामजी खाँड र प्रविशा अधिकारीकाे स्वर रहेको 'मनमा पिर'बोलको गीत सार्वजनिक गरिएको छ । गीतको भिडियो ‘नमस्ते प्लस’ युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो ।गीतको शब्द रामकान्त न्यौपानेले कोर्नुभएको हो भने गीतमा संगीत बादल घिमिरेको र विशाल निरौलाको एरेन्ज छ। विक्रम चौहानको कथा एवं निर्देशनमा तयार भिडियोमा बादल घिमिरे र प्रियना आचार्यले अभिनय रहेको छ ।भिडियोले सामाजिक कथा प्रस्तुत गरेको मोडल घिमिरे बताउनुहुन्छ । उहाँले स्रोता दर्शकबाट गीतलाई लिएर राम्रो प्रतिक्रिया मिलिरहेकोसमेत बताउनुभयो । ‘गीत ट्रेन्डिङमा पनि अगाडि आईरहेको छ । भ्युज पनि राम्रो गईरहेको छ’ गीतको प्रारम्भिक प्रतिक्रियाबारे उहाँले भन्नुभयो ‘रेस्पोन्स पनि सबैले राम्रो दिनुभएको छ ।’प्रकाश खड्काले छायाँकन गर्नुभएको भिडियोमा सागर भण्डारी र पुष्पलता भट्टराई लगायतको समेत अभिनय छ । यस्तै, भिडियोमा मिलन विश्वकर्माले सम्पादन गर्नुभएको हो ।
नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन २०७९ को निर्वाचनले कांग्रेसलाई सबैभन्दा ठूलो दलको रुपमा स्थापित गरेको जनाएको छ ।
नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्य समितिको बैठक असार १५ गते बस्दैछ । माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले काठमाडौंमा बस्ने सो बैठकमा मुख्यगरी पार्टी संगठन, कार्यविभाजनका विषयमा छलफल हुने बताइएको छ ।
अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख चार्ल्स ए फ्लिन चारदिने औपचारिक भ्रमणका लागि नेपाल आइपुग्नु भएको छ ।
कैलालीको प्रसिद्ध धार्मिकस्थल बेहडाबाबा मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । गङ्गादशहराको अवसरमा बेहडाबाबाको दर्शन, पूजाआजा गर्ने र मेला भर्नेहरुको घुइँचो लागेको हो ।
झापाको शिवसताक्षी नगरपालिकामा जापान सरकार र नगरपालिकाको लगानीमा निर्माण भएको सुविधा सम्पन्न भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ । नगरपालिकाको वडा १ मा रहेको लक्ष्मीनारायण माध्यमिक विद्यालयको भवन जापान सरकारको सहयोगमा बनेको हो ।
जिल्लामा रहेकामध्ये पुरानो पर्व धुले मेलाको यस वर्षको अन्तिम दिन बिहीबार मङ्गला गाउँपालिका –३, बरङ्जामा शुरु भएको छ । चन्द्रमासको शुक्ल वा कृष्णपक्षको मङ्गलबार सुरु भई बिहीबार सकिने धुलेका स्थानीयको भनाई छ । ५४ घर कुरिया मगरहरुको मात्र यसमा सहभागिता रहन्छ ।
नेकपा (माओवादी केन्द्र)का सांसद गिरिराजमणि पोखरेलले नेपाल र अमेरिकाबीच हुन लागेको सैन्य भ्रमणको उद्देश्य र एजेण्डाबारे सरकारले सदनलाई जानकारी गराउनुपर्ने बताउनुभएको छ ।
बाजुरामा तीस प्रतिशत धान रोप्ने काम सम्पन्न भएको छ । असार नलाग्दै किसानलाई रोपाईको चटारो सुुरु भएको छ । जिल्लाका चार नगरपालिका र पाँच वटा गाउँपालिकाका अधिकांश ठाउँमा धान खेती हुनेगरेको छ ।