काठमाडौं, जेठ २४ गते । अभिनेता अक्षय कुमार र मानुषी छिल्लर अभिनित फिल्म 'सम्राट पृथ्वीराज'ले बक्स अफिसमा पहिलो साता राम्रो कमाई गरेको छ । फिल्मले भारतबाट मात्र तीन दिनमा ४० करोड कमाएको हो । पहिलो र दोस्रो दिनको तुलनामा तेस्रो दिन फिल्मको कलेक्सनमा ५० र २० प्रतिशतले वृद्धि भएको छ । भारतीय सञ्चार माध्यमले जनाए अनुसार फिल्मले तेस्रो दिन १६.१० करोड कमाएको छ ।तीन सय करोडको मेगा बजेटमा बनेको फिल्मले तेस्रो दिन १६ करोड १० लाख रुपैयाँ कलेक्सन गरेको बताइएको छ । यस अनुसार ३ हजार ७५० भन्दा बढी स्क्रिनमा रिलिज भएको फिल्मले पहिलो साता अर्थात् ३ दिनमै भारतबाट ३९.४० करोडको बक्स अफिस कलेक्सन गरेको छ भारतीय सञ्चार माध्यमले उल्लेख गरेको छ । योसँगै 'वर्ल्ड वाइड' फिल्मले ६० करोडभन्दा बढी कमाएको छ ।
गृहमन्त्री बालकृष्ण खाणले नागरिकले गर्ने अवरोध तथा भीडमा गोली चलाउने आदेश नदिएको बताउनुभएको छ ।
काठमाडौं, जेठ २४ गते । अभिनेता खगेन्द्र लामिछानेको निर्देशनमा बन्ने फिल्म 'पानीफोटो'को प्रदर्शन मिति परिवर्तन भएको छ । आगामी भदौ १० मा प्रदर्शनमा आउन लागेको फिल्म सरेर १३ साउनका लागि तय गरिएको हो।अभिनेता खगेन्द्रले आफू लिखित नाटक 'पानीफोटो'लाई फिल्मको स्वरुपमा ढालेका हुन् । माओवादी जनयुद्धको समयमा झन्डै डेढ दशक अगाडि बेपत्ता भएको छोराको पर्खाइमा बसेका बा–आमाको कथालाई फिल्ममा प्रस्तुत गरिएको छ । फिल्ममा खगेन्द्रसँगै सुनिल पोखरेल, अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ्ग, मलिका महत, अशान्त शर्मालगायतको अभिनय छ ।फिल्मलाई दीपक बज्राचार्यले छायाङ्कन गरेका हुन् भने निमेष श्रेष्ठ र अर्जुन कार्कीले सम्पादन गर्नुभएको हो । टुकी आर्ट्स र मन्जुश्री फिल्म्सले निर्माण गरेको फिल्ममा खगेन्द्र स्वयंको लेखन छ । फिल्ममा पुष्पा सङ्गमको पाश्र्व सङ्गीत छ ।
गृह मन्त्रालयले बर्दिया जिल्लाको मधुवन नगरपालिका वडा नं २ मा सोमबार नबिना थारुको मृत्यु भएको घटनाबारे छानबिन गर्न पाँच सदस्यीय छानबिन समिति बनाएको छ ।
गृहमन्त्री बालकृष्ण खाणले यौन हिंसाबारे जानकारी दिने सामग्री पाठ्यपुस्तकमा समावेश गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
जबरजस्ती करणी मुद्दा फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । भेरी नगरपालिका १ रिम्नाका ४८ वर्षीय खिमबहादुर रानालाई प्रहरीले पक्राउ गरेको हो ।
पूर्व पश्चिम राजमार्ग अन्तरर्गत बाँकेको सम्शेरगञ्जमा यात्रुबाहक बस अनियन्त्रित भै पल्टिएर दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएका छन् ।
प्रतिनिधि सभा बैठक सुरु भएको छ । नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा मङ्गलबार मध्याह्नदेखि सुरु भएको हो ।
स्थानीय कच्चापदार्थमा आधारित घरेलु तथा साना उद्योगको विकास र प्रवर्धनको लागि धनकुटा नगरपालिका वडा नम्बर ६ मा स्थापना भएको औद्योगिक ग्राम प्रयोग विहीन भएको छ । करोडौ रुपियाँ लगानीमा संरचना निर्माण गरिएपनि सञ्चालनमा आउन सकेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले ११ बुँदे ज्ञापनपत्र बुझाएको छ ।
चार दिनदेखि हराइएकी एक बालिकाको शव फेला परेको छ । जिल्लाको गुर्भाकोट नगरपालिका–५ धारापानी घर भएकी सात वर्षीया बालिका ग्रीस्मा विकको मृत अवस्थामा शव फेला परेको हो ।
नेपालबाट निर्यात हुने वस्तुहरूमा ५० प्रतिशत हिस्सा खाने तेलको रहेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको साउनदेखि वैशाख महिनासम्म एक खर्ब ७३ अर्ब ३७ करोड ८२ लाख १२ हजार रुपियाँको बराबरको कुल निर्यात हुँदा ५०.२ प्रतिशत अर्थात् ८७ अर्ब ६० करोड रुपियाँ बराबरको खाने तेल (भटमास, पाम तेल र सूर्यमुखी) रहेको छ ।
नेवारी समाजमा जन्मदेखि मृत्युसम्म गहनाको ठूलो महत्त्व हुन्छ । यस समुदायमा गहनालाई शृङ्गारको रूपमा मात्र नभएर संस्कारको रूपमा हेरिन्छ । गहनालाई लोप हुन नदिन कुनै पनि कार्यक्रममा नेवार समुदायका युवकयुवतीले गहना लगाउने गरेको पाइन्छ ।
‘आईसी डिजाइनर रनवे ११’ले फेसन सोमा सहभागी हुने मोडलका लागि आवेदन खुला गरेको छ । नेक्स्ट मोडल्स नेपालले जेठ २८ गते आयोजना गर्ने फेसन सोमा कम्तीमा पाँच फिट छ इन्च उचाइ भएका महिलाले आवेदन दिन सक्ने जनाइएको छ ।
आन्तरिक राजस्व विभागले आयकरको सीमा र त्यसमा लाग्ने करको दर सार्वजनिक गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आयकरको सीमा हेरफेर गरिएको जानकारी दिनुभएको थियो ।