मेलम्ची खानेपानी आयोजनाबाट प्रभावित स्थानीय तहसँग खानेपानी मन्त्रालयले मेलम्ची खानेपानी आयोजनाका भविश्यबारे छलफल थालेको छ ।
काभ्र्रेपलाञ्चोक जिल्लाको चौरीदेउराली गाउँपालिकाकी नवनिर्वाचित अध्यक्ष रेणुका चौलागाईंले आफ्नो कार्यकालमा ‘स्थानीय सरकार, हाम्रो सरकार’ भन्ने अनुभूति हुने गरी कार्यक्रम अघि बढाउने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले गाउँपालिकाभित्र रहेका ज्येष्ठ नागरिकलाई गाउँपालिकाको अस्पतालमा निःशुल्क उपचार गर्ने पहिलो प्रतिबद्धता जनाउनुभएको छ ।
रगत प्राप्ति गर्दा लाग्ने शुल्क बढाइएको छ तर बढाइएको शुल्क सरकारी स्वास्थ्य संस्थामा लागू नहुने भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले सबै रक्तसञ्चार केन्द्रहरूलाई नयाँ शुल्कबारे जानकारी गराउँदै अब प्रतियुनिट रगतको शुल्क ८१० देखि अधिकतम एक हजार ६४० सम्म कायम गर्न सकिने जनाएको छ । यसअघि प्रतियुनिट रगतको शुल्क ५२५ रुपियाँ मात्र तोकिएको थियो ।
पहिरोका कारण अवरुद्ध भएको कालीगण्डकी करिडोर खुलेको छ । शनिवार साँझ जिल्लाको हर्मिचौर अर्वेनी सडकखण्डको गरगरेमा सडक माथिबाट ढुंगा सहित पहिरो खसेका कारण सडक अवरुद्ध भएको थियोे ।
सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–४ मा निर्माणाधीन फलफूल प्रशोधन उद्योग लगानी अभावमा अलपत्र परेको छ । सार्वजनिक निजी साझेदारी मोडलमा सरकार, उद्योगी र किसानको सहभागितामा सिन्धुलीगढी जुनार तथा फलफूल प्रशोधन
काठमाडौँ उपत्यकामा पुनः फोहोर थुप्रिएको छ । दुई हप्तादेखि फोहोर उठ्न रोकिएपछि सिङ्गै उपत्यका कुरूप देखिनुका साथै महानगर दुर्गन्धित बनेको छ । दुई हप्ताअघि सुरक्षाकर्मी तैनाथ गरेर बन्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न सुरु गरिए पनि स्थानीयवासीको अवरोधका कारण अहिले फोहोर व्यवस्थापन रोकिँदा काठमाडौँमा फोहोर थुप्रिन पुगेको छ । यसअघि फोहोर विसर्जन गरिँदै आएको सिसडोलको डम्पिङसाइटको व्यवस्थापन (पोस्ट क्लोजर) गर्नुपर्ने भन्दै बन्चरेडाँडामा पहिलो पटक फोहोर विसर्जन गर्न सुरु गरिएको थियो ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले निर्यात प्रवद्र्धनमा मुलुक एकीकृत रूपमा अगाडि बढ्नुपर्ने बताउनुभएको छ । उद्योग सङ्गठन मोरङको ४९औँ वार्षिक साधारण सभालाई शनिबार विराटनगरमा सम्बोधन गर्दै मन्त्री बडूले आयात नियन्त्रण गरी व्यापार घाटा र असन्तुलन घटाउन उत्पादनमा जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
भैरहवा–परासी सडक खण्ड अन्तर्गत रुपन्देहीको रोहिणी खोलामा यात्रुवाहक बस दुर्घटनाग्रस्त हुँदा नौ जनाको मृत्यु भएको छ । जनकपुरबाट भैरहवाका लागि छुटेको लु२ख ३८४१ नम्बरको बस पुलबाट खोलामा खसेको हो ।
काठमाडौँ जोरपाटीस्थित सर्वनाम शिक्षालयका छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षालयका वार्डेन रामजी बस्नेतलाई प्रहरीले रामेछापबाट पक्राउ गरेको छ । पक्राउ परेका बस्नेतलाई काठमाडौँ ल्याइँदै छ ।बस्नेतले यौन दुव्र्यवहार गरेको जानकारी गराउँदा पनि सुनुवाइ नगरेको भन्दै शिक्षालयमा प्रदर्शन भएपछि प्रहरीले शिक्षालयका प्रिन्सिपल दम्पतीलाई पनि नियन्त्रणमा लिएको छ ।
वर्ष २०७९ लाई निर्वाचन वर्षका रूपमा लिइँदै आइएको छ । यसै वर्षको सुरुमा स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भइसकेको छ । अपवादबाहेक मुलुकभरका ७५३ स्थानीय निकायले यसै निर्वाचनबाट स्थानीय विकासका लागि जनप्रतिनिधि पाइसकेको अवस्था छ ।
आर्थिक वर्ष २०७९/८० का लागि सरकारले जेठ १५ गते १७ खर्ब ९३ अर्ब ८३ करोड रुपियाँँको बजेट संसद्मा पेस गरेको छ । बजेटले उत्पादनमा आधारित अर्थतन्त्रको निर्माण गरी उच्च र दिगो आर्थिक वृद्धि हासिल गर्ने, उपलब्ध प्राकृतिक स्रोत–साधन, श्रमशक्ति, पुँजी र प्रविधिको एकीकृत परिचालनबाट रोजगारी सिर्जना, गरिबी निवारण गर्नेजस्ता उद्देश्य लिएको छ । उक्त उद्देश्य प्राप्तिका लागि पूर्वाधार विकास र पुँजी निर्माणसँगै जलविद्युत् उत्पादन, प्रसारण लाइन विस्तार र ग्रामीण विद्युतीकरणको जलविद्युत् उत्पादन, प्रसारण लाइन विस्तार तथा उपभोग वृद्धि र ग्रामीण विद्युतीकरणलाई प्राथमिकतामा राखेर ‘नेपालको पानी, जनताको लगानी’ नारासहित आएको बजेटमा ऊर्जा क्षेत्रका लागि ७५ अर्ब १० करोड रुपियाँ छुट्ट्याइएको छ
कोभिड–१९ को लामो असरले घायल विश्व अर्थतन्त्र विगत चार महिनादेखि युक्रेन–रुसको लडाइँ र त्यसले विश्व अर्थतन्त्रमा ल्याएको डरलाग्दो गिरावटले आक्रान्त छ । दुनियाँ आज युद्धले थोपरेको ऊर्जा सङ्कट, खाद्य सङ्कट र त्यसले निम्त्याएको समस्या र गरिबीसँग जुधिरहेका बेला नेपाल सरकारले वार्षिक बजेट पेस गरेको छ ।
जुन ५ मा संसारभर विश्व वातावरण दिवस मनाउने प्रचलन छ । पृथ्वीको वातावरण संरक्षणका लागि संवेदनशील भई काम गर्ने जनचेतना बढाउन संयुक्त राष्ट्रसङ्घको पहिलो पाइलाका रूपमा यसलाई लिइन्छ । १९७२ को जुन ५ देखि १६ सम्म स्विडेनको स्टकहोममा भएको मानव वातावरणसम्बन्धी विश्वको पहिलो ठूलो सम्मेलन राष्ट्रसङ्घको अगुवाइमा भएको थियो, जसको उद्देश्य बिगँ्रदो मानव वातावरणलाई सुरक्षित राख्न आइपरेका चुनौती कसरी सम्बोधन गर्न सकिन्छ भन्ने हो । सर्वप्रथम अमेरिकाको स्पोकान भन्ने ठाउँमा ‘केवल एउटा पृथ्वी’ भन्ने नाराका साथ यो दिवस मनाउन सुरु गरिएको थियो ।