नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेता मदन भण्डारीले प्रतिपादन गर्नुभएको सिद्धान्त जनताको बहुुदलीय जनवाद (जवज) विश्वकै मार्गदर्शक सिद्धान्त बन्न सक्ने बताउनुभएको छ । मदनको ७१ औं जयन्तीको अवसरमा प्रेस चौतारी नेपालद्वारा सोमबार यहाँ आयोजित जबज र अभिव्यक्ति स्वतन्त्रता विषयक अन्तरसंवाद कार्यक्रममा उहाँले सो कुरा बताउनुभयो ।
आईसीसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डमा हुने त्रिदेशीय सिरिज खेल्न जाने नेपाली टोलीको विदाई गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार नेपाली टोलीको विदाई गरेको हो ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइराला निलम्बित हुनुभएको छ ।
कैलालीमा सरकारी कर्मचारीलाई निर्घात कुटपिट गरी गाडी लुटेर भागेका भारतीय नागरिक पक्राउ परेका छन् । डडेलधुराको आलिताल गाउँपालिकाका कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीलाई सोमबार बिहान तीन भारतीयले लुटपाट गरेका थिए ।
४४औं राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा पदक विजेता आफ्नो विभागका खेलाडीलाई शसस्त्र प्रहरी बल (एपीएएफ) ले सम्मान गरको छ । खेलाडीलाई सोमबार शसस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सम्मान गर्नुभएको हो ।
राष्ट्रियसभाको सोमबारको तेस्रो बैठकले तीनवटा विधेयकलाई बहुमतले पारित गरेको छ ।
ललितपुर महानगरपालिकाले ५ देखि १२ वर्ष मुनिका बालबालिकालाई दिने कोरोनाविरुद्धको खोप अभियान स्थगित गरेको छ ।
राष्ट्रियसभाको सोमबारको दोस्रो बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०७९ बहुमतले पारित गरेको हो ।
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले समाजवादका लागि शिक्षा प्रणालीभित्रको विभेद अन्त्य हुनुपर्ने बताउनुभएको छ । उत्पादक शक्तिको विकासका लागि समान र सही शिक्षादीक्षाको व्यवस्थालाई केन्द्रीय प्रश्न बनाइनुपर्ने उहाँको भनाइ छ ।
प्रि–सिजन टुर खेल्न मलेसिया र थाइल्यान्ड जाने ‘ए’ डिभिजन क्लब न्युरोड टिम (एनआरटी) लाई सोमबार विदाई गरिएको छ । एनआरटी टोली मलेसियामा हुने टुवान याङ टेरुतमा (टीवाईटी) कप खेल्न सोमबार राति नै मलेसिया प्रस्थान गर्नेछ ।
सर्वोच्च अदालतले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बढुवाविरुद्धको मुद्दा सोमबार पनि हेर्दाहेर्दैमा राखिएको छ ।
कैलालीमा एक सरकारी कर्मचारीलाई भारतीय नागरिकहरुले निर्घात कुटपिट गरेका छन् । डडेलधुराको आलिताल गाउँपालिकाका कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीलाई तीन भारतीयले लुटपाट गरी बाँधेर बाटोमा अलपत्र छोडेका हुन् ।
नवनियुक्त मन्त्री भवानी खापुङले पदभार समाल्दै ग्लोबल फण्डको रकम सिँधै स्वास्थ्य मन्त्रालय मातहत आउने पहिलो निर्णय गर्नुभएको छ ।
साताको पहिलो दिन आइतबार ९४.९२ अङ्कले बढेको नेप्से परिसूचक सोमवार गिरावट आएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकार गठन भएपछि सरकारी सञ्चारमाध्यमहरुको पहुँच वृद्धि गर्न महत्वपूर्ण काम भएको बताउनुभएको छ ।