पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल र सुखी नेपाली’ को सपना साकार पार्न सक्षम जनप्रतिनिधि चुन्ने अवसर आउँदो निर्वाचन भएको बताउनुभएको छ । उहाँले विकासको लहर ल्याउने र नेपालीको मुहारमा खुसी ल्याउने पार्टी एमाले भएको बताउँदै स्पष्ट बहुमत ल्याउने दाबी पनि गर्नुभएको हो ।
सत्ता गठबन्धनको नेतृत्व गर्दै आएको नेपाली कांग्रेससहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) ले गठबन्धनको पक्षमा मतदान गर्न संयुक्त अपिल जारी गरेको छ ।
गण्डकी प्रदेशको राजधानी पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत साइक्लिङको इन्डिभिज्युल टाइम ट्रायल विधामा महिलातर्फ नेपाल आर्मी र पुरुषतर्फ एपीएफ क्लबले एक एक स्वर्ण जितेको छ ।
नेपालमा डेंगु सङ्क्रमणबाट ४९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका तथयाङ्क अनुसार नेपालमा डेंगु सङ्क्रमणबाट ४९ जनाको मृत्यु भएको छ ।
प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचनमा राजनीतिज्ञ हृदेश त्रिपाठी र उद्योगपति विनोद चौधरीबीच भिडन्त हुने भएको छ ।
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल छिट्टै नै सम्पन्न राष्ट्र हुने सम्भावना रहेको बताउनुभएको छ।
जिल्लामा मुख्य आम्दानीको स्रोत रहेको जडीबुटी सङ्कलन कार्य सुुरु भएको छ । स्थानीय गाउँवासीको निर्णयद्वारा सङ्कलन कार्य फुकुवा गरिएपछि यो काम सुुरु भएको हो ।
ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले कला, सम्पदा र संस्कृतिको प्रवर्द्धन गर्न आफू उम्मेदवार बनेको बताउनुभएको छ।
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पोखरामा जारी सफ्ट टेनिस डबल्सतर्फको दुई स्वर्ण विभागीय टोली नेपाल पुलिस क्लब र एपीएफ क्लबले बाँडेका छन् ।
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पोखराको आर्चरी मैदामा भएको प्रतिस्पर्धाम स्ट्याण्डर्ड पुरुष टिम इभेन्टमा गण्डकीले स्वर्ण जितेको छ ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गणतन्त्र र संविधान जोगाउने काम गरेकाले सत्तारुढ गठबन्धन पवित्र भएको दाबी गर्नुभएको छ।
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत तनहुँमा भएको महिला ३३ बास्केटबल प्रतियोगितामा नेपाली सेनाको टोली फाइनल प्रवेश गरेको छ । मंगलबार भएको खेलमा नेपाली सेनाले गण्डकी प्रदेशलाई पराजित गर्दै फाईनल यात्रा तय गरेको हो ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनतालाई आम्दानी र रोजगारी दिनका लागि राजनीतिमा सक्रिय भएको बताउनु भएको छ । मङ्गलबार व्यास नगरपालिका–१० डिहीगाउँमा सो वडाको सत्तारुढ गठबन्धनको चुनावी सम्पर्क कार्यालयको मङ्गलबार उद्घाटन गर्नुहुँदै नेता पौडेल सो कुरा बताउनुभयो ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा आर्मीले गण्डकी प्रदेशलाई १–० गोल हरायो ।
सरकारले बुधबार र बिहीबार (कात्तिक २ र ३ गते) देशभरका बालबालिकाहरुलाई भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाइने भएको छ ।