नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफूहरु गठबन्धन निरन्तर टिकाएर लैजाने पक्षमा रहेको बताउनु भएको छ। उहाँले सबै एकै ठाँउमा र एउटै दलमा आउन नसक्ने अवस्था भएकाले गठबन्धन आवश्यक भएको प्रष्ट पार्नुभयो।
विहार सरकारले लागु गरेको मदिरा निषेध अभियान असफल भएको राज्यका एक जना वरिष्ठ नेताले बताएका छन् । यद्यपि त्यसबाट राज्यका जनतालाई केही लाभ भएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान केन्द्रहरुलाई लैङ्गिकमैत्री बनाउन निर्देशन दिनुभएको छ । मतदान केन्द्रहरु अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अशक्त, सुत्केरी भएका ब्यक्तिहरुले समेत सहज रुपमा मतदान गर्नेगरी मतदान केन्द्रहरु निर्माण गर्न मतदान अधिकृतहरुलाई निर्देशन दिनुभएको हो ।
संयुक्त राज्य अमेरिकाले युक्रेनलाई ४० करोड अमेरिकी डलर उपलब्ध गराउने घोषणा गरेको छ । रुसले युक्रेनी सहर खेरसनबाट आफ्ना सेनालाई फर्कने आदेश दिएको एक दिनपछि उक्त अमेरिकी सहायता घोषणा भएको हो ।
पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले सरकार गम्भीर नहुँदा आयोगहरुले सिफारिस गरेका विषय कार्यान्वयन हुन नसकेको बताउनुभएको छ । थारु आयोगको चौथो वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा अध्यक्ष मगरले सो कुरा बताउनुभएको हो ।
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सल्यानमा एक हजार ६३२ कर्मचारी खटिने भएका छन्
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकै छ । निर्वाचनका लागि दलहरु प्रचारप्रसारमा व्यस्त छन् भने चुनावको मुखमा रोजगारीको खोजीमा छिमेकी मुलुक भारत जान बाध्य छन्, नेपाली युवाहरु ।
वालिङ नगरपालिका–१४ कफ्लेटीमा चितुवाको आक्रमणबाट तीनजना घाइते भएका भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
काठमाडौं महानगरपालिले खुला रुपमा आगो बाल्न निषेध गरेको छ । महानगरले शुक्रबार एक सूचना निकाल्दै महानगरपालिकाका भित्र खुला रुपमा आगो बाल्न निषेध गरेको जानकारी दिएको हो ।
गुल्मीमा मादक पदार्थ बिक्री–वितरणमा रोक लगाइएको छ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी मादक पदार्थ बिक्री वितरणमा रोक लगाइएको हो ।
राष्ट्रसङ्घले लेबनानको हैजा नियन्त्रणका लागि करिब ९५ लाख अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराएको छ । लेबनानमा केही समययतादेखि फैलिएको हैजा नियन्त्रण गर्न राष्ट्रसङ्घको सहयोगको याचना गरिएको लेबनानले जनाएको थियो ।
अमेरिकाबाट नेपाल ल्याइएको १० किलो गाँजासहित दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयमा बच्चाहरूको सोफा र वाटर डिस्पेन्सरको पार्सलमा लुकाइकाछिपाइ ल्याएको अवस्थामा उक्त १० किलो तीन सय ग्राम लागुऔषध गाँजा बरामद गरिएको प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनप्रति मतदातालाई ऊर्जा प्रदान गर्न आम सञ्चार माध्यमसँग आग्रह गर्नुभएको छ । उहाँले मतदान गर्ने दिन नजिकिँदै गएकाले मतदान गर्ने तरिकालाई समाचारमा प्रस्फुटित गर्न पनि आग्रह गर्नुभयो ।
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त निदेशकुमार थपलियाले अबका दिनमा मतदानस्थल र मतदान केन्द्रमा केन्द्रित भएर निर्वाचनकाे समाचार सङ्कलन र सम्प्रेषण गर्न पत्रकारहरूलाई आग्रह गर्नुभएको छ ।