नदीले बगाउँदा तनहुँमा निर्माणाधीन एक पुलमा काम गर्ने मजदुर बेपत्ता भएका छन् । बर्दिया निवासी वर्ष १९ को नवीन चौधरी बेपत्ता भएको प्रहरीले जनाएको छ ।
नजिकिँदो चाडबाडलाई लक्षित गरी महोत्तरीमा भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको महोत्तरी प्रशासनले जनाएको छ । दसैँसँगै तिहार लगत्तै छठ जस्ता प्रमुख पर्व नजिकिँदै गएकाले जिल्लाभर सुरक्षा सतर्कता
मकवानपुरमा खोलाले बगाएर दुई जनाको मृत्यु भएको छ । मनहरी र मकवानपुरगढी गाउँपालिकामा खोलाले बगाएर दुई जनाको मृत्यु भएको हो ।
नेपाल र बङ्गलादेशबिच ऊर्जा व्यापार सम्झौता हुन लागेको छ । आज (बिहीबार) एक कार्यक्रमकाबिच दुई देशबिच ऊर्जा सम्झौता हुन लागेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित उराँव भाषा
गणतन्त्र कोरियाको राष्ट्रिय दिवसमा राजधानीमा सांस्कृतिक कार्यव्रmम प्रस्तुत गरिएको छ । गणतन्त्र कोरियाली दूतावासद्वारा आयोजित कार्यव्रmममा कोरियाली परिकारसहित सांस्कृतिक विविध मनोरञ्जन प्रस्तुत गरिएको थियो ।
चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ५.१ प्रतिशतले विस्तार हुने विश्व बैङ्कले प्रक्षेपण गरेको छ । बैङ्कले बुधबार सार्वजनिक गरेको नेपाल डेभलपमेन्ट अपडेट अनुसार गत आवको ३.९ प्रतिशतबाट चालु आवमा अर्थतन्त्रको आकार थप बढ्ने अनुमान गरिएको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित शेर्पा भाषा
अछामको पञ्चदेवल विनायक नगरपालिका–९ स्थित चण्डिका माध्यमिक विद्यालयका छात्राहरू भत्किएको झोलुङ्गे पुलमा जोखिमपूर्ण यात्रा गरेर विद्यालय जान बाध्य भएका छन् । विद्यालयमा अध्ययनरत महिनावारी भएका किशोरी यसरी जीर्ण भएको पुलबाट आवतजावत गर्दा स्थानीय प्रशासन मौन देखिन्छ । गत जेठ २७ गते पुलको एकतर्फका लट्ठा चुँडिएर १३ वटा खच्चड फस्दा पुल नै कोल्टे परेको थियो । छिमेकी जिल्ला दैलेखबाट अछामको विद्यालयमा पढ्न
वर्षापछि आएको बाढीले तटबन्ध कटान गरेको क्षेत्रका स्थानीय त्रासमा बस्न बाध्य भएका छन् । सर्लाहीमा बागमती, लखन्देही, झिम, मनुष्मारालगायत खोलामा दर्जनौँ स्थानमा तटबन्ध कटान गरेर बस्तीतर्फ खोला सोझिएको छ । खोलामा पानीको सतह घटेपछि बस्तीमा पानी आउन छाडे पनि पुनः वर्षा भए तटबन्ध भत्किएको ठाउँबाट फेरि बाढी गाउँमा पस्ने अवस्था रहेको स्थानीयले बताएका छन् ।
उपराष्ट्रपति रामसहायप्रसाद यादव जर्मनी एकीकरण दिवसका अवसरमा नेपालका लागि उक्त मुलुकका राजदूत डा थोमस प्रिन्जले बुधबार साँझ यहाँ आयोजना गर्नुभएको स्वागत समारोहमा सहभागी हुनुभयो ।
पर्यटकीय याम सुरु भएसँगै मनाङ घुम्ने पर्यटकको सङ्ख्या बढेको छ । मनाङमा आन्तरिक तथा बाह्य पर्यटकको ओइरो लाग्ने गरेको छ । गत सेप्टेम्बर महिनामा विभिन्न
गीतकार विश्व वल्लभको उपचार अन्नपूर्ण अस्पतालको सघन उपचार कक्षमा भइरहेको छ । आइतबार बिहान उठ्न खोज्दा अचानक ढलेपछि उहाँलाई अन्नपूर्ण अस्पताल पु-याइएको थियो ।
हालैको बाढीपहिरामा परी २३३ जनाको मृत्यु भएको छभने २२ जना बेपत्ता छन् । अन्य १६९ जना घाइते भएका छन् ।
देशभर मनसुनी वायुको प्रभाव रहेको तथा भारतको उत्तर–पूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।