गुल्मीमा सफारी जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित शारदीय दुर्गा पूजाका अवसरमा आज नौ जना कन्याको विधिपूर्वक पूजा गर्नुभएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले केही दिन अघिको वर्षाले भौतिक निर्माण क्षेत्रमा ठुलो क्षति पुगेको बताउनुभएको छ ।
रामधुनी नगरपालिका ४ इक्राई गाउँका महिलालाई च्याउ उत्पादन गर्ने तालिम दिइएको छ । गाउँका महिलालाई घरमै बसेर स्वरोजगार बनाउने उद्देश्यले च्याउ खेती प्रविधि तालिम दिइएको हो ।
काभ्रेपलान्चोक जिल्लाको रोशी गाउँपालिका-११ पिप्लेमा सुख्खा पहिरो खस्दा दुई वटा सवारी साधन पुरिएको छ ।
लेबनानको जनस्वास्थ्य मन्त्रालयका अनुसार इजरायली हवाई आक्रमणले लेबनानको मध्य बेरुतको रस अल–नाबालाई लक्षित गरेको छ । यसमा कम्तिमा २२ जनाको मृत्यु र अन्य ११७ जना घाइते भएका छन् ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैँ पर्वले सम्पूर्ण नेपालीहरू बीचको सामाजिक–सांस्कृतिक ऐक्यबद्धतालाई सुदृढ गर्दै न्यायपूर्ण‚ समतामूलक‚ सभ्य एवं सुसंस्कृत समाज निर्माणका लागि क्रियाशील रहन प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।
म्याग्दीको रघुगंगा गाउँपालिका –२ राखु भगवती कोत मन्दिरमा खुल्ला प्रतिस्पर्धाबाट राँगो मार हान्ने अनौठो प्रचलन छ । मार हान्ने व्यक्तिको छनौंट यहाँ सार्वजनिक रुपमा बोलकबोलबाट गरिन्छ ।
बाँकेको खजुरा गाउँपालिका ६ सिमलघारीस्थित गिजरा सामुदायिक वनबाट अर्को चितुवा नियन्त्रणमा आएको छ । एकहप्ता अगाडि सोही वनबाट एउटा चितुवा नियन्त्रणमा आएको थियो ।
भीरकोट नगरपालिका –६ का ९२ वर्षीय प्रेमबहादुर थापाले आफ्नो सामाजिक सुरक्षा भत्ता बालबालिकाको शिक्षाका लागि खर्च गर्नुभएको छ ।
सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी रहेको धनगढी बजार सुनसान बनेको छ । जागिर, व्यापार, विभिन्न काम लगायतको सिलसिलामा यहाँ बस्दैआएका मानिस दसैं मनाउन आफ्नो गाउँघरतर्फ गएपछि धनगढी बजार सुनसान भएको हो ।
बितेका नौ महिनामा एक लाख पाँच हजार जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । हालसम्म एक लाख पाँच हजार ६९८ जना विदेशी पर्यटक मुस्ताङ आएका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को इलाका संरक्षण कार्यालयले जनाएको छ ।
पारिवारिक सुखका लागि पैसा कमाउन भनी विदेश पठाएको श्रीमान् समस्या परेपछि श्रीमानको सकुशल उद्धारको माग गर्दै गीता घिमिरेले सरकारसँग आग्रह गर्नुभएको छ ।
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले बडादसैँको अवसरमा शुक्रबार नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गर्नुभएको छ ।
मधेस प्रदेशको राजधानी जनकपुरधाममा बडादसैँको महाअष्टमीका दिन आज करिब रु तीन करोडको लड्डु बिक्री भएको छ ।