कास्कीको माछापुच्छ्रे् गाउँपालिका वडा नम्बर ९ मा मर्दी हिमाल पदयात्राको हाइ क्याम्पबाट सम्पर्कविहीन एक चिनियाँ पर्यटकलाई सकुशल उद्धार गरिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमी २०८१ को अवसरमा टीकाको दिन राष्ट्रपति भवन शीतल निवासमा सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिनुहुने भएको छ ।
वि.सं. २०८१ को बडादसैँको अन्तर्गत आज विजया दशमीको शुभसाइत बिहान ११ः३६ बजे रहेको छ ।
लेबनानका प्रधानमन्त्री नजिब मिकातीले शुक्रबार संयुक्त राष्ट्रसङ्घ समक्ष इजरायल र इरान समर्थित हिजबुल्लाह समूहबीच ‘तत्काल’ युद्धविराम गर्ने प्रस्ताव पारित गर्न आग्रह गर्नुभएको छ।
यस वर्षको नोबेल शान्ति पुरस्कार जापानी परमाणु विरोधी समूह निहोन हिदान्क्योलाई प्रदान गरिएको छ। हिबाकुशा पनि भनिने यो समूह हिरोशिमा र नागासाकी परमाणु बमबाट बचेकाहरूको जनआधारित आन्दोलन हो।
आश्विन शुक्ल नवमीका दिन आज दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरिएको छ।
दसैँको महानवमीको दिन लिम्बू समुदायको इतिहासको प्रतीकको रुपमा रहेको निशान प्रदर्शन गरिएको छ। नेपालीहरुको साझा चाडपर्वको रुपमा स्थापित हुँदै गएको दसैँ पर्वको अवसरमा निशान प्रदर्शन गर्ने गरिन्छ।
गोरखाको सहिद लखन गाउँपालिका-३, सिलिङटार र चितवनको इच्छाकामना गाउँपालिका-४, चरेस जोड्ने त्रिशूली नदी माथिको झोलुङ्गे पुल झन्डै दुई सातापछि मर्मत गरेर सञ्चालनमा ल्याइएको हो।
बागलुङ नगरपालिका–८ सिगाना पात्ले गोखोलामा हालेको चर्खे पिङ खेल्दै स्थानीय । गाउँबाट लोप भइसकेको चर्खे पिङ झण्डै डेढ दशक पछि हालिएको छ ।
भक्तपुरको चाँगुनारायण नगरपालिका–५ स्थित पीखेल हाइटमा लिङ्गे पिङ खेल्दै स्थानीय ।
पाँचथरको याङवरक ४ थर्पुमा हरेक वर्ष वडादसैँको नवमी तिथिमा निशान प्रर्दशन गर्ने चलन छ।
यही असोज ११ र १२ गतेको अविरल बर्षाको बाढीपहिरोले क्षतिग्रस्त भई अवरुद्ध बिपी राजमार्ग दुई हप्तापछि सञ्चालनमा आएको छ।
पृथ्वी राजमार्गको वैकल्पिक रुपमा रहको बुद्धसिंह मार्गको तीन स्थानमा खोलामा पानीको प्रवाह धेरै हुँदा दसैँको समयमा यात्रुलाई आवत जावतको समस्या परेको छ। खोलामा पानीको प्रवाह धेरै हुँदा समस्या परेको स्थानीयले बताएका छन्।
पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा हतियारधारी व्यक्तिहरूको समूहले रातभरि गरेको आक्रमणमा २० जना कामदारको गोली हानी हत्या भएको प्रहरीले जनाएको छ ।
अमेरिकाको कोलोराडो राज्यमा रहेको सुन खानीमा उपकरणमा खराबीका कारण कम्तीमा १० जना व्यक्ति एक हजार फिट (३०५ मिटर) जमिनमुनि फसेको स्थानीय सञ्चारमाध्यमले जनाएको छ ।