मोरङको पथरीशनिश्चरेस्थित शब्द थिएटरले विश्व प्रसिद्ध भारतीय नाटककार हविव तन्वीरको नाटक ‘चरणदास चोर’ प्रदर्शन गरेको छ ।
पहिरोले अवरुद्ध भएको महाकाली राजमार्ग सञ्चालनमा आएको छ । आइतबार रातिको अविरल वर्षाका कारण राजमार्गअन्तर्गत गोकुलेश्वर–दार्चुला सडकखण्डको मालिकार्जुन गाउँपालिका–३ तेर्छालेक र शैल्यशिखर नगरपालिका–६ को रनेबासमा पहिरो खसेको थियो ।
दैलेखका स्थानीय तहले आर्थिक वर्ष २०८०-८१ मा झण्डै ३४३ करोड रुपियाँ बजेट अनियमित तवरले खर्च गरेको पाइएको छ ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तन कुनै भूगोल र सिमाना नचिन्ने सीमाविहीन र मानव सभ्यताको सङ्कट भएकाले यो समस्याको समाधानका लागि सबै देशको सामूहिक सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।
सडक पूर्वाधार विकास कार्यालय बर्दियाले एक वर्षको अवधिमा ४५ किलोमिटर सडक, १२ वटा पुल र एक सय १३ वटा कल्भर्ट निर्माण गरेको छ ।
कैलालीको खुटिया नदीमा डुबेर बेपत्ता भएका बालकको सोमबार बिहान शव भेटिएको छ । गोदावरी नगरपालिका–९ बल्मीका ११ वर्षीय दीपेन्द्र जोशीको शव भेटिएको हो ।
साहित्यकार, साहित्यिक पत्रकार, संस्कृतिविद्, शिक्षासेवी सूर्यप्रसाद लाकोजूको व्यक्तित्व र कृतित्व झल्कने आलोकमय सूर्य नामक बृहत् ग्रन्थको लोकार्पण भएको छ । सो बृहत् ग्रन्थको विमोचन वरिष्ठ साहित्यकार तथा संस्कृति शिरोमणि हरिराम जोशीले गर्नुभयो ।
स्याङ्जा जिल्लाको वालिङ नगरपालिका–५, द्वारभञ्ज्याङमा १३ वर्षीय बालक आफ्नै घरको बाकसभित्र मृत अवस्थामा फेला परेका छन् । स्थानीय श्री सरस्वती आधारभूत विद्यालय मिनाङ्कोटमा कक्षा ८ मा अध्ययनरत निशान थापा मृत भेला परेका हुन् ।
सप्तरी प्रहरीले राजविराज विमानस्थलबाट विदेशी मुद्रासहित एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका– ११, लंका टोल बस्ने अन्दाजी ३३ वर्षीय मो. खुर्शिद आलम छन् ।
सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्का नाकामा नेपाल–चीन सीमामा रहेका स्तम्भहरूको निरीक्षण गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल किमाथांका सीमा सुरक्षा पोष्ट (बिओपी) र चिनियाँ प्रहरीको टोलीले संयुक्त रुपमा स्तम्भहरुको निरीक्षण गरेको हो ।
घोराही उपमहानगरपालिका– ८ का अध्यक्ष जितेन्द्रबहादुर शाहले राजीनामा दिनुभएको छ । घोराही उपमहानगरपालिकाको सोमबार घोराहीमा बसेको कार्यपालिका बैठकले अध्यक्ष शाहले दिएको राजीनामा स्वीकृत गरेको हो ।
जिल्लाको दक्षिणी भेगमा पर्ने बिहादी गाउँपालिकामा रहेको एक गाउँबाट स्थानीयवासीले बसाइँसराइ गरेपछि सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थी सङ्ख्या शून्य भएको छ । पर्वतको बिहादी गाउँपालिका–४ मा पर्ने तलातुमगाउँ बसाइँसराइले रित्तिन पुगेपछि सोही गाउँमा रहेको सगरमाथा माविमा पढ्ने विद्यार्थी नै नभएका हुन् ।
टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाइँ संस्थामा नेतृत्व चयनका लागि दलीय उम्मेदवारहरु खडा भए पनि नतीजा मिश्रित आएको छ । खानेपानीमा नेपाली कांग्रेस, नेकपा(एमाले), नेकपा (माओवादी केन्द्र) र नागरिक उन्मुक्ति पार्टीले प्यानलसहितको उम्मेदवारी दिएका थिए ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित दराई भाषा
जिल्ला प्रशासन कार्यालय लमजुङले दोहोरो नागरिकता लिएका ३० जनाको नागरिकता रद्द गरेको छ । यसअघि विभिन्न प्रयोजनका निम्ति झुक्याएर दोहोरो नागरिकता लिएका तथा नेपाली नागरिकता त्याग गरेकामध्ये ३० जनाको नागरिकता रद्द भएको प्रशासन कार्यालयले जनाएको हो ।