आर्सनलले इङ्लिस प्रिमियर लिगको नयाँ सिजनको आफ्नो पहिलो खेलमा म्यानचेस्टर युनाटेइडमाथि कठिन जित निकालेको छ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) सिन्धुलीले सोमबार पत्रकार स्वर्गीय अन्जन रानाको परिवारलाई २० हजार रुपियाँ सहयोग प्रदान गरेको छ ।
विद्यालय शिक्षा विधेयक, २०८० ओझेलमा परेको र विद्यार्थी सरोकारका मुद्दा उपेक्षित भएको भन्दै संयुक्त विद्यार्थी सङ्गठनले सरकार र संसद्को गम्भीर ध्यानाकर्षण गराएको छ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले चीनजस्ता मुलुकमाथि प्रत्यक्ष प्रतिबन्ध लगाउँदा विश्वव्यापी तेल बजारमै ठूलो प्रभाव पर्न सक्ने भएकाले अमेरिकाले तत्कालै कडा कदम चाल्न नसक्ने बताउनुभएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले चाहेमा युद्ध तुरुन्तै अन्त्य गर्नसक्ने वा लड्न जारी राख्नसक्ने बताउनुभएको छ ।
दार्चुलाको व्यास गाउँपालिका–२, राप्लामा पहिरोले दुई घरमा क्षती भएको छ।
दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले सोमबार आणविक हतियारयुक्त उत्तर कोरियाको खतरालाई सामना गर्न वार्षिक ठूलो सैन्य अभ्यास सुरु गरेका छन् ।
दुई समूहको अस्तित्वको द्वन्द्वले भारतीय भुपु सैनिकहरूले नवलपुरको कावासोतीमा सञ्चालन गरेको भारतीय भूपु सैनिक परिवार बचत तथा ऋण सहकारी संस्था लथालिङ्ग अवस्थामा पुगेको छ ।
धनकुटाको महालक्ष्मी नगरपालिका-२, छ्यालुङ लाक्टाङ गाउँका पाँच घर पहिरोको जोखिममा परेका छन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतका कीटजन्य शाखाका प्रमुख डा.गोकर्ण दाहालले डेङ्गु सङ्क्रमणबाट दुई जना डेङ्गु सङ्क्रमितको मृतयु भएको जानकारी दिनुभयो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका लागि क्रिमिया पुनः प्राप्त गर्ने वा नेटो सदस्यता प्राप्त गर्ने सम्भावनाहरू वार्ताबाट बाहिर रहेको घोषणा गर्नुभएको छ ।
गाजामा बाँकी रहेका बन्धकहरूको रिहाइको माग गर्दै आइतबार इजरायलमा हालसम्मकै सबैभन्दा ठुलो प्रदर्शन भएको छ । आयोजकहरूले सयौँ हजारले भाग लिएको दाबी गरेका छन् ।
सर्लाहीको चन्द्रनगर गाउँपालिका–१, फरिद टोलमा सोमबार विद्यालय बस पल्टिँदा पाँच जना विद्यार्थी र चालक घाइते भएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल नेपाल फ्रेमवर्क, २०७६ लाई समयसापेक्ष विस्तार र नेपाल टेलिकमको कार्य प्रगतिबारे आज संक्षिप्त जानकारी लिनुभएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्रलाई साथमा लिएर अघि बढ्नुपर्ने बताउनुभएको छ ।