• २ भदौ २०८२, सोमबार

युनाइटेडमाथि आर्सनलको कठिन जित

blog

गोल गरेपछि आर्सनलका खेलाडी । तस्बिर : स्काई स्पोर्ट्स

काठमाडौँ, भदौ २ गते । आर्सनलले इङ्लिस प्रिमियर लिगको नयाँ सिजनको आफ्नो पहिलो खेलमा म्यानचेस्टर युनाटेइडमाथि कठिन जित निकालेको छ ।

ओल्ट ट्राफोर्डमा आइतबार राति भएमो खेलमा आर्सनलले युनाइटेडलाई १–० गोलले हरायो । पाहुना टोली आर्सनललाई जिताउन रिकार्डो कालाफिओरीले १३औँ मिनेटमा गर्नुभएको गोल निर्णायक बन्यो । 

जितसँगै आर्सनलले तीन अङ्क बनाएको छ । युनाइटेडले हारबाट सिजनको सुरुवात गरेको छ । आइतबार राति नै भएको अर्को खेलमा नटिङ्घम फरेस्टले ब्रेन्टफोर्डलाई ३–१ गोलले हरायो । चेल्सी र क्रिस्टल प्यालेसले गोलरहित बराबरी खेल्दै अङ्क बाँडे । एजेन्सी