सन्तोष दहित
दाङ, भदौ २ गते । घोराही उपमहानगरपालिका– ८ का अध्यक्ष जितेन्द्रबहादुर शाहले राजीनामा दिनुभएको छ । घोराही उपमहानगरपालिकाको सोमबार घोराहीमा बसेको कार्यपालिका बैठकले अध्यक्ष शाहले दिएको राजीनामा स्वीकृत गरेको हो ।
गत २०७९ वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा शाह नेकपा पार्टीको तर्फबाट अध्यक्षमा विजयी हुनुभएको थियो । अध्यक्ष शाहले पटक–पटक जनताको काम गर्न नसकेको भन्दै नगरप्रमुख नरुलाल चौधरीसमक्ष केही महिनाअघि राजीनामा बुझाउनुभएको थियो ।
उहाँको ठाउँमा वडा सदस्य चूडामणि चौधरीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकिएको नगरप्रमुख नरुलाल चौधरीले जानकारी दिनुभयो ।
अध्यक्ष शाहले यसअघि पनि धेरै पटक विज्ञप्ति मार्फत नेकपा (एमाले) मा नरहेको जानकारी गराउँदै आउनुभएको थियो । पछिल्लो समय शाह विभिन्न सामाजिक काममा सक्रिय हुँदै आउनुभएको थियो ।