विनय कर्ण
कल्याणपुर (सप्तरी), भदौ २ गते । सप्तरी प्रहरीले राजविराज विमानस्थलबाट विदेशी मुद्रासहित एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका– ११, लङ्काटोल बस्ने अन्दाजी ३३ वर्षीय मो. खुर्शिद आलम छन् ।
सोमबार राजविराजबाट काठमाडौँ जान लागेका आलमको साथबाट साउदी रियाल ३५ हजार ९७६ रुपियाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो ।
पक्राउ परेका आलमसँगको रकमको वैधताको पुष्टि नभएको हुँदा आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय, इटहरी सुनसरीमा बुझाउन आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको उहाँले बताउनुभयो ।