अविरल वर्षा, बाढी र पहिरोका कारण हालसम्म ४६ जनाको मृत्यु भएको छ भने पानी रोकिएकाले जनजीवन क्रमशः सामान्य बन्दै गएको छ ।
सल्यानमा सोमबार जिप दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । जिल्लाको शारदा नगरपालिका –८ ज्वालापुरस्थित खलङ्गाबाट सुनचौरतर्फ जाँदैगरेको लुप्र ०२–००१ च ०१८६ नम्बरको डबलक्याप जिप दुर्घटना हुँदा चालकसहित आठजना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजापट्टीमा युद्धको अन्त्य गर्न र कैदीको रिहाइ गर्न संयुक्त राज्य अमेरिका र प्यालेस्टिनी इस्लामिक समुह (हमास) बिच चलिरहेको वार्तामा द्रुत प्रगति भइरहेको बताउनु भएको छ ।
असोज १८ र १९ गते आएको अविरल वर्षाको कारण मकवानपुरको बकैयामा लिफ्ट सिचाइँको पावर हाउसमा क्षति पुगेको छ ।
इक्वेडरका राष्ट्रपति डेनियल नोबोआले १० प्रान्तमा आपतकालीन अवस्था घोषणा गरेपछि आइतबार राजधानी क्विटोमा उहाँका पक्षमा र विपक्षमा हजारौँ प्रदर्शनकारी सडकमा उत्रिएका छन् ।
इजरायल र हमासले सोमबार इजिप्टमा अप्रत्यक्ष वार्ताका लागि तयारी गर्दैछन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यसै हप्ता बन्धक मुक्तिको घोषणा गर्न सक्ने बताएका कारण गाजामा सम्भावित युद्धविरामको आशा थप प्रबल बनेको छ ।
अस्ट्रेलिया र पपुवा न्युगिनीका नेताले सोमबार ऐतिहासिक रक्षा सन्धिमा हस्ताक्षर गरेका छन् । उक्त सन्धिलाई चीनले आफूलाई लक्षित गरिएको सम्झौता भन्दै असन्तोष व्यक्त गरेको छ ।
बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरूमा विगतमा देखिने महँगो सजावट, अतिथि सत्कार, उपहार वितरण र भोजभतेरको चलन कञ्चनपुरमा क्रमशः घट्दै गएको छ ।
नोबेल पुरस्कार घोषणा शृङ्खला आजदेखि सुरु हुँदैछ । स्टकहोमस्थित क्यारोलिन्स्का इन्स्टिच्युटको प्यानलले सोमबार सन् २०२५ का लागि फिजियोलोजी वा मेडिसिनमा नोबेल पुरस्कार घोषणा गर्ने छ ।
चितवनमा कारले मोटरसाइकललाई आज ठक्कर दिदाँ तीन जना घाइते भएका छन् ।
धुर्कोट गाउँपालिकाले सरायँ हेर्न सार्वजनिक बिदा दिएको छ ।
जल तथा मौसम विज्ञान विभागले केही दिनअघि नै भारीदेखि अति भारी वर्षाका कारण बाढी–पहिरो जस्ता धनजनको क्षति हुनसक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गर्दै आएको थियो । विभागले दिएको पूर्वसूचना बेवास्ता नगरेको भए लाङ्टाङमा पदयात्राका लागि निस्किएका भक्तपुरका चारजना बेपत्ता हुने थिएनन् ।
गतर्षको अविरल वर्षाले क्षति गरेर बनेको डाइभर्सन रोशीखोलाको बाढीले बगाएपछि पूर्वी नाकाबाट काठमाडौं आउने यात्रुहरुले बैकल्पिक राजमार्ग प्रयोग गरेर उपत्यका प्रबेश गर्न थालेका छन् ।
इलाममा बाढी पहिरोमा फसेर पैदल मार्गबाट उद्धार गर्न नसकिएका व्यक्तिको आज बिहानैदेखि नेपाली सेनाको हेलिकाेप्टरबाट उद्धार गरिरहेको छ ।
दसैँ सकिएलगत्तै गुल्मीका कोतघरमा सरायको रौनक देखिएको छ । नेपालका पश्चिमी जिल्लामा सराय नाच्ने गरिन्छ । एकादशीदेखि कोजाग्रत पूर्णिमासम्म नाचिने सरायमा खुडा, भाला, तरवार, खुकुरी जस्ता युद्धमा प्रयोग हुने हतियार प्रदर्शन गरी ‘वाख्खै वा’ शब्द उच्चारण गरी गरिन्छ ।