नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३० दशमलव ७५ अङ्कले बढेर दुई हजार ६३१ दशमलव १४ को बिन्दुमा कायम भएको छ। यो एक दशमलव १८ प्रतिशतको वृद्धि हो।
नेपाल विद्युत प्राधिकरणले दाङको दुई सिमेन्ट उद्योगको विद्युत लाइन काटेपछि मजदुर र कर्मचारी विरोधमा उत्रिएका छन् । विरोधमा उत्रिएका कर्मचारी र मजदुरले आइतवार नेपाल विद्युत प्राधिकरण घोराही शाखामा एक घण्टा धर्ना दिएका छन् ।
बङ्गलादेशसँगको मैत्रीपूर्ण खेल र एएफसी एसियन कप छनोट अन्तर्गत मलेसियाविरुद्धको खेलका लागि ३५ सदस्यीय प्रारम्भिक फुटबल टोलीको घोषणा भएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय राजापुरले धान खरिदमा ढिालाइ गर्दा किसानहरू मर्कामा परेका छन् ।
एसियाली मास्टर्स एथलेटिक्स च्याम्पियनसिपको २३औँ संस्करणमा सहभागी हुन नेपाली भेट्रान टोली आइतबार भारतको चेन्नइ प्रस्थान गरेको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) भित्रका बेथिति तत्काल अन्त्य गर्न निर्देशन दिनुभएको छ।
मध्यपहाडी लोकमार्गको बागलुङस्थित बिहुँखण्ड नौ वर्षसम्म कालोपत्रे नभएपछि स्थानीयले आन्दोलनको घोषणा गरेका छन् । बागलुङको काठेखोला गाउँपालिका –५ र ६ का स्थानीयले आज जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलाई ध्यानाकर्षणपत्र बुझाएका छन् ।
श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् धरान उपमहानगरपालिकाकाका प्रमुख हर्कराज साम्पाङले गफले मात्रै रोजगारी सिर्जना नहुने बताउनुभएको छ। निर्वाचन आयोगले उहाँ नेतृत्वको श्रम संस्कृति पार्टीलाई आइतबार मान्यताको प्रमाणपत्र दिएपछि पत्रकारसँग बोल्दै साम्पाङले यस्तो बताउनुभएको हो।
बाँके र बर्दिया जिल्लाका किसानहरुले हालसम्म ८० प्रतिशतभन्दा बढी धानबाली काटेर भित्र्याएका छन् ।
मकवानपुरमा भएको छुट्टाछुट्टै दुर्घटनामा एक जनाको मृत्यु भएको छ । छ जना घाइते भएका छन् । हेटौंडा उपमहानगरपालिका–८ स्थित राजपानी टोलको भित्री सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा हेटौँडा –८ को कमानेका आयुष बस्नेतको गए राति मृत्यु भएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङको गढवा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगी र बज्रगुरु कन्स्ट्रक्सन कम्पनी प्रालिका प्रबन्ध निर्देशक (एमडी) लक्ष्मणकुमार रानाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
बिहानैदेखि अवरुद्ध पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने सडकखण्ड सञ्चालनमा ल्याउन समस्या भएको प्रहरीले बताएको छ । लगातार चार दिनदेखि परेको पानीले सडक चिप्लो भएर गाडी गुड्न नसक्दा समस्या भएको दुम्किवास प्रहरी चौकीका इन्चार्ज, प्रहरी निरीक्षक थम्मनसिंह रानाले बताउनुभयो ।
बालगोपाल साहुखल र चेतन घिमिरे नेपाली राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकमा नियुक्त हुनुभएको छ ।
कञ्चनपुरमा यस वर्ष पनि धान खरिद सुरु गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय महेन्द्रनगरले आइतबारदेखि धान खरिद सुरु गरिएको जनाएको हो ।
सुनसरीको राजावासस्थित बानडाँडामा रहेको वरपीपलको छहारीमा बालबालिकादेखि वृद्धसम्मको जम्घट हुने स्थल बन्दैआएको छ ।