• १७ कात्तिक २०८२, सोमबार

गफले रोजगारी सिर्जना हुँदैन : धरान नगर प्रमुख साम्पाङ

blog

निर्वाचन आयोगबाट श्रम संस्कृति पार्टी दर्ताको प्रमाणपत्र लिएपछि पत्रकारलाई सम्बाेधन गर्नुहुँदै धरान उपमहानगरका प्रमुख हर्क साम्पाङ। तस्बिरः मनोजरत्न शाही

काठमाडौँ, कात्तिक १६ गते। श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् धरान उपमहानगरपालिकाकाका प्रमुख हर्कराज साम्पाङले गफले मात्रै रोजगारी सिर्जना नहुने बताउनुभएको छ। 

निर्वाचन आयोगले उहाँ नेतृत्वको श्रम संस्कृति पार्टीलाई आइतबार मान्यताको प्रमाणपत्र दिएपछि पत्रकारसँग बोल्दै साम्पाङले यस्तो बताउनुभएको हो। 


‘आर्थिक रूपान्तरणका लागि हामी अब फिल्डमा निस्केर काम गर्छौं। अफिसमा बसेर भाषणमा सीमित हुँदैनौँ’, उहाँले भन्नुभयो।  आयोगले उहाँलाई पार्टी दर्ताको प्रमाणपत्र आइतबार दिएको हो।   दल दर्ताको प्रमाणपत्र प्राप्त गरेपछि साम्पाङले भन्नुभयो, “ हामीले २८ सदस्यीय कार्यसमिति बनाएका छौँ, हामी देशका लागि काम गरेर देखाउँछौँ ।  देश र जनताप्रति हामी इमानदार छौँ ।”


आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४ र ५ अनुसार उक्त पार्टीलाई दल दर्ताको प्रमाणपत्र आज प्रदान गरेको हो । आयोगका अनुसार जेन जी आन्दोलनपछि आयोगमा सातवटा नयाँ दलले दर्ताका लागि आवेदन गरेकामा  साम्पाङ नेतृत्वको  पार्टीले सबैभन्दा पहिले प्रमाणपत्र प्राप्त गरेको हो । आयोगमा १२५ दलको दर्ता  कायम छ ।