सिन्धुलीको दुधौली नगरपालिका–४, लक्ष्मीपुरस्थित मदनभण्डारी राजमार्गमा आज दिउँसो सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् ।
यही फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभाको निर्वाचनका लागि हाल फोटोसहितको मतदाता नामावली दर्ता गर्ने कार्य अन्तिम चरणमा पुगेको छ ।
कोशी प्रदेशको एकमात्र महानगरपालिकाका रुपमा रहेको विराटनगर महानगरपालिकाले स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार गरेको देखिएको छ ।
इटन जनकपुरमा अनुबन्ध हुने चौथो विदेशी खेलाडी हुनुहुन्छ । जनकपुरले यसअघि श्रीलङ्कन मुलका अमेरिकन क्रिकेटर लाहिरु मिलान्था, दक्षिण अफ्रिकाका वायने पार्नेल र इम्रान ताहिरलाई अनुबन्ध गरिसकेको छ ।
मकवानपुरको भीमफेदीका किसानले एउटै बोटबाट ३२ किलोसम्म किवी उत्पादन गर्न सफल भएका छन् । भिमफेदी गाउँपालिका –५, सुपिङमा गरिएको किवी खेतीबाट यहाँका किसानले एउटा बोटबाट न्यूनतम १० किलोदेखि ३२ किलोसम्म किवी फलाउन सफल हुनुभएको हो ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले नागरिक हितका लागि सङ्घ, प्रदेश र स्थानीय तहबिचको समन्वय र सहकार्य अपरिहार्य भएको बताउनुभएको छ ।
नेपालभाषा केन्द्रीय विभाग पाटनढोका, ललितपुरले बुधबार ‘नेपालभाषा जर्नल सार्वजनिक तथा विभिन्न पुरस्कार प्रदान गरेको छ ।
एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल)को दोस्रो संस्करणका बाँकी खेल बुधबारदेखि राष्ट्रिय खेलकुद परिषद (राखेप) कभर्डहलमा सुरु हुँदैछ ।
श्रीलङ्काका पूर्व पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रसन्ना रणतुङ्गालाई घूसखोरी तथा भ्रष्टाचारको आरोप बारे अनुसन्धान गर्नका लागि पक्राउ गरेको अधिकारीहरूले बुधबार जनाएका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले आज बिदाइ भेट गर्नुभएको छ ।
संयुक्त राष्ट्र सङ्घले आफ्ना मानवीय साझेदारसँग मिलेर गाजा पट्टीमा जीवन बचाउन सम्भावित हरेक प्रयास गर्ने आफ्नो प्रतिबद्धता जनाउदै हमास र इजरायलबिचको युद्धविराम सम्झौता भएको लामो समयपछि पनि राहत प्रयास जारी रहेको जनाएको छ ।
फिलिपिन्समा हालै आएको दुई वटा शक्तिशाली चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्नुका साथै लाखौं मानिस विस्थापित भएको अधिकारीहरुले बुधबार बताएका छन् ।
टर्कीको एक सैन्य कार्गो विमान जर्जियाको पूर्वी क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा चालकदलका सदस्यसहित विमानमा सवार सबै २० जनाको निधन भएको टर्की सरकारले पुष्टि गरेको छ ।
बाजुरामा धान उत्पादनमा वृद्धि भएको छ । गत आर्थिक वर्षभन्दा यो आर्थिक वर्षमा ७५८ मेट्रिक टनले धान उत्पादनमा वृद्धि भएको हो ।
वर्षासँगै चाडपर्वका कारण सामान्य काम मात्रै भएको मुग्लिन–मलेखु सडकको स्तरोन्नतिको कामले तीव्रता पाउन थालेको छ । असारपछि सडक स्तरोन्नतिको काम सुस्त भएको थियो ।