नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमीको तीन बस्तीका स्थानीय विकास माग्न सदरमुकाम सिमकोटमा आइपुगेका छन् । पाँच हजार मिटर अग्लो न्यालु लेकमा जमेको हिउँ र बरफ फुटाएर उनीहरु लिमीबाट सदरमुकाम सिमकोटमा आइपुगेका हुन् ।
आउँदो फागुन २१ गते प्रतिनिधि सभाको चुनाव हुँदै छ । मङ्सिर महिना लागेसँगै चुनावी माहोल पनि सुरु भएको छ । चुनावलाई लोकतन्त्रको आत्मा मानिन्छ । कतिपय विद्वान्ले चुनावलाई लोकतन्त्रको ‘अक्सिजन’ पनि भनेका छन् ।
तम्घास सडकमा खाल्टै खाल्टै भएका कारण ज्यानै जोखिममा राखी सवारी चलाउनुपर्ने अवस्थाको अन्त्य भएको छ ।
लगानीको सेचुरेसन तथा सन्तृप्ति भन्नाले बैङ्क तथा वित्तीय संस्थाहरूका आफ्नो लगानी गर्ने क्षमता र स्रोतको सीमा सकिएको भन्ने बुझाउँछ । बैङ्क तथा वित्तीय संस्थामा आउने यस्तो अवस्था, जहाँ लगानी गर्न नियामकले तोकिदिएको सीमा पूरा हुनु, पुँजी वा तरलता अभाव हुनु, नयाँ लगानी गर्न बजारमा उपयुक्त वातावरण अनुकूल नभइरहनु, जोखिम उठाउने क्षमता सीमित रहनु तथा नहुनु जस्ता परिस्थितिलाई लगानीको सन्तृप्ति भनिन्छ ।
राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानले कला क्षेत्रमा विशिष्ट योगदान दिनुहुने तीन अग्रज-श्रष्टाहरुलाई "विशिष्ट साधक सम्मान २०८२" ले सम्मान गरेको छ । ललितकलाका विविध क्षेत्रमा लामो समयदेखि समर्पित रही नेपाली कला र गीत-संगीतको क्षेत्रमा विशिष्ट योगदान पुर्याउनुहुने ने
समाजसेवी राममणी न्यौपाने सवारी दुर्घटनामा परी निधन हुनुभएको छ । उहाँ सवार बा१८च८९७३नं.को बलेरो कालिका नगर पालिका वडा नम्बर ११ सिद्धि कल्याण चौरस्थित भित्री सडकमा शनिबार राति १०ः३० बजे दुर्घटना भएको हो ।
हिमाली लामा समुदायको वज्रगुरु दुङ्डुप पूजा आयोजना गरिएको छ । प्राणी जाति र समाजमा शान्ति कायम गर्नका लागि उक्त पूजा गर्ने गरिने सिमकोट गाउँपालिका–३ का छिरिङ लामाले बताउनुभयो ।
गोरखापत्र संस्थानद्वारा आयोजित दुईदिने ‘पर्यटनका लागि साहित्य : गोरखापत्र साहित्य सम्मेलन सम्पन्न’ भएको छ । शुक्रबार र शनिबार पर्यटन प्रवर्धनका लागि समुद्र सतहदेखि तीन हजार पाँच सय मिटर उचाइको धार्मिक एवं पर्यटकीय स्थल शैलुङमा कविता वाचनसहित सम्मेलन सम्पन्न भएको हो ।
ताप्लेजुङको एक मात्र आइटी एकेडेमीमार्फत दुई वर्षको अवधिमा ५९ जना युवाले रोजगारी पाएका छन् । उक्त एकेडेमीमा नै सीप सिकेका युवाहरूले रोजगारी पाएका हुन् ।
‘कालो सुन’ भनेर चिनिने अलैँचीको निर्यातबाट नेपालले ठुलो मात्रामा विदेशी मुद्रा आर्जन गरिरहेको छ तर यसको आडमा नजानिँदो ढङ्गबाट करोडौँ रुपियाँ राजस्व अपचलन हुने गरेको तथ्य फेला परेको छ ।
सालझण्डी–खर्ज्याङ–तम्घास सडकखण्डअन्तर्गतको देउराली–रेसुङ्गा विमानस्थल सडक कालोपत्रे गर्ने काम अन्तिम चरणमा रहेको छ । ४.५ किलोमिटर कालोपत्रे सडक निर्माणको सम्झौता इन्द्रा. एम.के जेभी ललितपुरले पाएको थियो ।
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार गत आव २०८१/८२ को चार महिनाको तुलनामा चालु आवको सो अवधिमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको सङ्ख्या १५ प्रतिशतले बढेको हो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित गरेर थालिएको मतदाता नामावली सङ्कलन तथा अध्यावधिकमा म्याग्दीमा दुई हजार दुई सयभन्दा बढी नयाँ मतदाता थपिएका छन् ।
सरकारले ५० करोड रुपियाँ बराबरको ‘वैदेशिक रोजगार बचतपत्र–२०८७’ निष्कासन गरेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले पाँच वर्ष अवधिको बचतपत्र निष्कासन गरेको हो । बचतपत्र खरिदका लागि आगामी मङ्सिर २५ गतेसम्म आवेदन दिन सकिने छ । वैदेशिक रोजगार बचतपत्रमा ७.५ प्रतिशत वार्षिक ब्याजदर उपलब्ध हुने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।
विदेशी लगानीकर्ताको धेरै आकर्षणको क्षेत्रमा नरहेको नेपालको कृषि क्षेत्रमा यस पटक भने उच्च लगानी प्रतिबद्धता प्राप्त भएको छ । उद्योग विभागका अनुसार आर्थिक वर्ष २०८२/८३ को चार महिनामा मात्रै नेपालको कृषिक्षेत्रमा करिब २२ अर्ब रुपियाँ बराबरको लगानी प्रतिबद्धता आएको छ ।