• ७ मंसिर २०८२, आइतबार

वज्रगुरु दुङ्डुप पूजा सम्पन्न

blog

हुम्ला, मङ्सिर ७ गते । हिमाली लामा समुदायको वज्रगुरु दुङ्डुप पूजा आयोजना गरिएको छ । प्राणी जाति र समाजमा शान्ति कायम गर्नका लागि उक्त पूजा गर्ने गरिने सिमकोट गाउँपालिका–३ का छिरिङ लामाले बताउनुभयो । पूजाका क्रममा लामाले भक्तजनलाई प्रवचन दिनुहुँदै मारकाट, गलत कार्य, धर्मप्रति प्रतिबद्ध हुनुपर्ने उपदेश दिनुभयो । हुम्ला जिल्लाका लामा समुदायको विभिन्न बस्तीका ४० जना पुजारी लामाको उपस्थितिमा उक्त पूजा आयोजना गरिएको हो । पाँच दिनसम्म चल्ने उक्त पूजा समापनको दिन विशेष पूजा गरिएको थियो । 

उक्त पूजामा एक हजारभन्दा बढी भक्तजनले सहभागिता जनाउनुभएको लामाले बताउनुभयो । प्रत्येक दिन भक्तजनले स्वैच्छिक रूपमा दुई लाखदेखि साढे दुई लाखसम्म रुपियाँ चढाएर बाह्र लाख रुपियाँ सङ्कलन भएको जनाइएको छ । पूजामा सङ्कलन गरिएको रुपियाँबाट मञ्च वा गुम्बाको मूर्ति निर्माण गर्ने लामाले बताउनुभयो ।