नेपालमा एन्टिमाइक्रोबियल रेसिस्टेन्स (एएमआर) सम्बन्धी सचेतना बढाउने र तथ्यमा आधारित विश्वसनीय पत्रकारिता प्रवर्द्धन गर्ने उद्देश्यले ग्लोबल एएमआर मिडिया अलायन्सको नेपाल च्याप्टर गठन गरिएको हो ।
कैलाली प्रहरीले फरार १४९ प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो ।
नेपाल-चीन जोड्ने रसुवागढीस्थित नाकामा निर्माणाधीन बेलीब्रिज तयारीको कामले तीव्रता पाएको छ ।
माओवादीका पूर्व लडाकुले आफूहरुको योगदानकै कारण मुलुकमा राजनीतिक व्यवस्था भइ गणतन्त्र स्थापना भए पनि आफू अझै पीडामा रहनुभएको भनी दुखेसो पोखेका छन् ।
लुम्बिनी प्रदेशसभाका सदस्यले जेनजी आन्दोलनको विषय उठान गर्नु भएको छ ।
प्रहरीले काठमाडौँ महानगरपालिका-२६ केशरमहल चोकबाट अवैध लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
भुम्लु गाउँपालिकाको दुई वडामा करिब पाँच दशकअघिदेखिको लालपुर्जाको समस्या समाधान हुँदै गएको छ । उनीहरुले ५० वर्षपछि लालपुर्जा पाउन थालेका छन् ।
तिलगङ्गा आँखा प्रतिष्ठानले करिब पाँच हजारलाई समेटेर गरेको काठमाडौँ केन्द्रित आँखा अध्ययनले नसर्ने रोग भएकामा आँखाको समस्या बढी पाइएको देखाएको हो ।
धर्मेन्द्रले करिब छ दशक लामो आफ्नो चम्किलो करियरमा २५० भन्दा बढी चलचित्रमा अभिनय गर्नुभयो ।
नेपाल सरकारले रक्षा मन्त्रालयका सचिव सुमनराज अर्याललाई मुख्य सचिवमा नियुक्त गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, हेटौँडामा कोभिड–१९ का लागि आवश्यक व्यक्तिगत सुरक्षा सामग्री खरिद प्रक्रियामा अनियमितता भएकाे ठहर गर्दै मुद्दा दायर गरेकाे छ ।
गाजाको खान युनूस सहरलाई लक्षित गरी सोमबार भएको इजरायली हवाई आक्रमणमा चार जना प्यालेस्टिनीको मृत्यु हुनुका साथै अन्य घाइते भएको जनाइएको छ ।
नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले देशको मध्य क्षेत्रमा गत हप्ताको सुरुमा अपहरण गरिएका कम्तीमा ८९ जना पीडितको उद्धार भएको पुष्टि गर्नु भएको छ ।
त्रिवि मैदान कीर्तिपुरमा कर्णालीले टस जितेर बलिङ रोजेको छ । सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने निम्तो पाएको छ ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी महाधिवेशन अब पनि नियमितरूपमा सम्पन्न गर्न सकिने बताउनु भएको छ ।