नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले देशको मध्य क्षेत्रमा गत हप्ताको सुरुमा अपहरण गरिएका कम्तीमा ८९ जना पीडितको उद्धार भएको पुष्टि गर्नु भएको छ ।
त्रिवि मैदान कीर्तिपुरमा कर्णालीले टस जितेर बलिङ रोजेको छ । सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने निम्तो पाएको छ ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी महाधिवेशन अब पनि नियमितरूपमा सम्पन्न गर्न सकिने बताउनु भएको छ ।
विशाल हिमाली नदी समुद्रको अँगालोमा प्रवेश गर्ने बङ्गलादेशको तटीय डेल्टाको त्यही पानीले जीवनको हरेक लय, हरेक सङ्घर्ष र हरेक परिवर्तनलाई परिभाषित गर्दछ ।
मलेसियामा हालै आएको बाढीको कारण दश हजार भन्दा बढी मानिसलाई विस्थापित भएको उल्लेख गर्दै उत्तरी राज्य केलान्टान सबै भन्दा बढी प्रभावित भएको अधिकारीहरूले सोमबार घोषणा गरेका छन् ।
भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार सोमबार अपराह्न उहाँको आफ्नै निवासमा निधन भएको हो ।
मन्त्रालयले साझा प्रतिबद्धता र ऐक्यबद्धता जनाउँदै सबै निकायलाई लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान भव्यताका साथ मनाउन आह्वान गरेको छ ।
बङ्गलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियालाई छातीमा सङ्क्रमणको समस्या देखिएपछि ढाकास्थित बसुन्धराको एभरकेयर अस्पतालमा भर्ना गरिएको छ ।
जेनेभामा अमेरिकी, युक्रेनी र युरोपेली अधिकारीबिच सम्पन्न ‘रचनात्मक’ वार्तापछि वासिङ्टन र किएभले आइतबार संयुक्तरूपमा विज्ञप्ति जारी गर्दै रुससँगको युद्ध रोक्ने कुनै पनि अन्तिम सम्झौताले युक्रेनको सार्वभौमसत्ता पूर्णरूपमा सुरक्षित राख्नैपर्ने स्पष्ट सन्देश दिएका छन् ।
दृष्टिविहीन महिला टी–२० विश्वकपमा उपविजेता बनेको नेपाली क्रिकेट टोली सोमबार स्वदेश फर्किएको छ ।
न्युयोर्क सहरका मेयर-निर्वाचित जोहरान ममदानीले शुक्रबार ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पहिलो औपचारिक भेट गर्नु भएको छ ।
नेपाल दृष्टिविहीन महिला टी–२० विश्वकपमा उपविजेता बनेका टिमलाई प्रधानमन्त्री सुशीला कार्कीले बधाई दिनुभएकाे छ ।
सरकारले देशका विभिन्न ४९ जिल्लाका ६ लाख १५ हजार १६१ जनालाई गरिब परिचयपत्र वितरण गरेको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि धादिङमा ८ हजार ४३१ जनाले नयाँ नामावलीमा नाम दर्ता गराएका छन् ।
खोटाङको बराहपोखरी र जन्तेढुङ्गा गाउँपालिका जोड्ने बुवाखोलामा १४८ मिटर लामो पक्की पुल गत वर्ष मङ्सिर ६ गते शिलान्यास भयो ।