गृह मन्त्री ओमप्रकाश अर्यालले सोमबार रुपन्देहीको सिद्धार्थ नगरपालिकास्थित भैरहवा–बेलहियामा निर्माणाधीन एकीकृत जाँच चौकी र सशस्त्र प्रहरी बल नेपालको डण्डास्थित त्यहाँको सीमा सुरक्षा गुल्मको स्थलगत निरीक्षण भ्रमण गर्नु भएको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका निमित्त सचिव उदयबहादुर रानामगरले नेपालमा महिलामाथि डिजिटल हिंसा बढ्दै गएकोमा सरकार चिन्तित रहेको बताउनु भएको छ ।
विद्यालयको शैक्षिक तथा पूर्वाधार विकासका लागि घोराही –१७ क्वाडीस्थित प्राथामिक विद्यालयमा श्रीमद्भागवत धनधान्याञ्चल सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ। २०३५ सालमा रात्री विद्यालयका रुपमा स्थापना भएको क्वाडी प्राथामिक विद्यालयले शैक्षिक सुधार सप्ताह ज्ञान महायज्ञ आयोजना गरेको हो ।
कप्तान दीपेन्द्र सिंह ऐरीको अलराउन्ड प्रदर्शनसँगै बलरहरु चम्किएपछि साविक उपविजेता सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा लगातार तेस्रो जित निकालेको छ ।
पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले हाँडीगाउँको ऐतिहासिक महत्व, सम्पदा र संस्कृतिले लिच्छविकालिन पहिचाहनलाई स्थापित गरेको बताउनुभएको छ। काठमाडौंको हाँडीगाउँमा कैलाशकुट सामाजिक अभियानको तेस्रो साधारण सभाको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
आठौं बागलुङ महोत्सवमा दुई लाख पुरस्कार राशीको भलिबल प्रतियोगिता हुने भएको छ । उद्योग वाणिज्य संघ बागलुङको आयोजनामा आगामी पुस ११ देखि २१ गतेसम्म हुने बाङेचौर खेलमैदानमा महोत्सव हुँदैछ ।
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीको ११ औं महाधिवेशनले युवा पङ्तिलाई नेतृत्वमा ल्याउन स्पष्ट आरक्षणको व्यवस्था गर्न लागेको बताउनुभएको छ । पार्टी प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको महाधिवेशन केन्द्रित प्रचार रणनीतिसम्बन्धी आजको बैठकमा महासचिव पोखरेलले सो कुरा बताउनुभएको हो ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले भष्टाचार र बेथिती रोकेर सुशासन कायम गर्नमा प्रदेश सरकार लागिपरेको बताउनुभएको छ ।
बाँकेको कोहलपुरस्थित चप्परगौडी बजारको दक्षिणतर्फ करिब ५ किलोमिटरको दूरीमा रहेको रानीघाट पर्यटकको गन्तव्यको रुपमा विकास भइरहेको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ३९ रन बनायो ।
विदेशबाट सञ्चालन हुने सामाजिक सञ्जाललाई नियमन नगरेसम्म साइबर अपराध न्यूनीकरणमा समस्या हुने जनाइएको छ ।
मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले सोमबार मधेश प्रदेश सरकारका मन्त्रीहरुको जिम्मेवारी तोक्नुभएको छ ।
म्याग्दीको मङ्गला गाउँपालिका –५, स्थित पर्यटकीयस्थल चाङ्गाबाट देखिने धौलागिरी, चुरेन, पुथा, गुर्जा, माछापुच्छ्रे लगायत सुन्दर चाङ्गा हिम शृङ्खलाको दृश्य अवलोकन गर्दै आन्तरिक पर्यटक । समुन्द्री सतहदेखि करिब दुई हजार दुईसय मिटर उचाइमा यो अवस्थित छ । तस्बिरः साधन घर्ती
जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतमा आगजनी र तोडफोड गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका –९ मा रहेको काँक्रेविहार जंगलमा युवायुवती मृत भेटिएका छन् । मृत फेला पर्नेमा जुम्लाको कनकासुन्दरी गाउँपालिका –७ घर भएका १८ वर्षीय नरेश खत्री र वीरेन्द्रनगर नगरपालिका वडा –१० खजुराकी १६ वर्षीया दीपिका चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।