म्याग्दे गाउँपालिका–४ स्थित थर्पु अस्पतालमा नियमित आँखा उपचार सेवा सञ्चालन गरिने भएको छ । यसका लागि म्याग्दे गाउँपालिकाले पोखरास्थित हिमालय आँखा अस्पताल घारीपाटन पोखरासँग सम्झौता गरेको छ ।
देवारतोली गाउँको उत्तरतर्फको पुछारमा कञ्चन तिलानदी अविछिन्न बगिरहेको छ । तर करिब दुई किलोमिटर माथिको बस्तीका बारिकापाटा उजाड छन् ।
सर्लाहीको लालबन्दी नगरपालिका–२, पुनःवासस्थित पाँचकुमार प्राथमिक विद्यालय पछाडि निर्माण गरिएको सामूहिक आवास भवन वर्षौदेखि अलपत्र रहेको छ ।
पाँचथरको फिदिम नगरपालिका–३ लालीखर्कका किसान बलबहादुर राईले प्राकृतिक शीतभण्डारमा किबी भण्डारण गरी आकर्षक फाइदा लिँदै आउनुभएको छ ।
भीरकोट नगरपालिकाले आयोजना गरेको सातौँ राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिता २०८२ मा भाग्योदय माध्यमिक विद्यालय प्रथम भएको छ ।
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले रौतहटका विभिन्न शक्तिपिठमा पूजाअर्चना गर्नुभएको छ ।
हुलाकी राजमार्गअन्तर्गत मोरङको रतुवा— केशलिया ६ किलोमिटर सडक खण्ड निर्माणको ठेक्का तोडिएको छ ।
नेपालको विकास नहुनुको मुख्य कारण भ्रष्टाचार नै मानिएको छ । विश्वव्यापी भ्रष्टाचार मापन गर्ने संस्थाको प्रतिवेदनमा पनि नेपालमा सुशासनको चरम अभाव देखाएको छ । कानुनबमोजिम काम नगरी निजी स्वार्थका निम्ति सरकारी सम्पत्ति दुरुपयोग गर्नु भ्रष्टाचार हो । राजधानीको अन्तर्राष्ट्रिय विमानस्थलमा अधिक चाप भएपछि विकल्पका रूपमा राजधानीबाहिर पनि विमानस्थल बनाउने योजना स्वा
हरेक वर्षको डिसेम्बर ९ अर्थात् आजैका दिन संसारभरि भ्रष्टाचारविरुद्धको आवाजलाई बुलन्द बनाउँदै यसलाई निवारण गर्न भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइने गरिएको छ । करिब २२ वर्षअघि सन् २००३ मा संयुक्त राष्ट्रसङ्घको महासभाले डिसेम्बर ९ लाई भ्रष्टाचारविरुद्धको दिवसका रूपमा मान्यता दिएको हो । दिवसको मुख्य उद्देश्य भ्रष्टाचारविरुद्ध जनचेतना बढाउन समाज
आन्तरिक राजस्व कार्यालय बागलुङले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा १६.८१ प्रतिशत कर सङ्कलन गरेको छ ।
भ्रष्टाचार नेपाललगायत अति कम विकसित तथा विकासोन्मुख देशको साझा समस्या हो । भ्रष्टाचारले राज्यका तिनै अङ्ग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका कार्यलाई यथारूपमा सञ्चालन हुन नदिई सुशासनमाथि नै प्रहार गर्छ ।
१२० वर्ष अघिको गोर्खापत्र
अन्तर्राष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्ड कप फुटबल प्रतियोगिता तथा सिरिजङ्गा मेला २०८२ मङ्गलबारबाट सुरु हुँदै छ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं. ४ तेल्लोकमा गोल्ड कप तथा मेला सुरु हुने भएको हो ।
बैङ्क तथा वित्तीय संस्थामा कृत्रिम बौद्धिकता (एआई) प्रयोगलाई सेवामैत्री, सुरक्षित र निर्दिष्ट बनाउन नेपाल राष्ट्र बैङ्कले कृत्रिम बौद्धिकता निर्देशिकाको मसौदा सार्वजनिक गरेको छ । आफ्नो नियामकीय दायरामा रहेका वाणिज्य बैङ्क, विकास बैङ्क, वित्त कम्पनी, लघुवित्त र भुक्तानी सेवाप्रदायक कम्पनीलाई लक्षित गर्दै तयार पारिएको मसौदामा आवश्यक सुझाव दिन राष्ट्र बैङ्कले आह्वान गरेको छ ।
‘श्रम आप्रवासनको चक्रमा सुशासन, सुरक्षित मर्यादित सिपयुक्त आप्रवासन’ भन्ने राष्ट्रिय नारासाथ नेपाल सरकारले यस पटकको अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस मनाउने भएको छ ।