“म स्कुलबाट घर जानेबित्तिकै ‘ड्रेस’ नखोली, हातमुख पनि नधोई पाएसम्म मोबाइल हेर्थें, नभए टिभी हेर्न थाल्थेँ तर अहिले घर जानेबित्तिकै लुगा फेर्छु, हातमुख धुन्छु । ममीले जे खाजा तयार गरिदिनुभएको छ, त्यो खान्छु ।
नारायणघाट–बुटबल सडक खण्डअन्तर्गत दाउन्नेको सडक बन्द हुँदा ६ दिनदेखि मालवाहक सवारी साधन सडकमै रोकिएका छन् । नवलपुरको विनयी खोलाको बाढी र दाउन्नेमा बाटो चिप्लो भएका कारण माल बाहक सवारी साधन ६ दिनदेखि सडकमै रोकिएका हुन् ।
नारायणघाट–बुटवल सडकको दाउन्नेखण्डले निकै दुःख दिन थालेपछि तत्कालका लागि गिट्टी, बालुवा हालेर यात्रा सहज बनाउने प्रयास गरिएको छ ।
नवलपुरको कावासोती नगरपालिका–३ मा रहेको जनविकास विद्याश्रम आधारभूत विद्यालयका विद्यार्थी असारको उखरमाउलो गर्मीमा पनि जीर्ण भवनमा जस्ताको छानामुनि बसेर पठनपाठन गर्न बाध्य छन् ।
नवलपुर प्रहरीले नारायणघाट–बुटवल सडकको वैकल्पिक मार्ग प्रयोग गर्न सबैसित अनुरोध गरेको छ । लगातारको वर्षापछि आएको बाढीले विनयी खोलाको डाइभर्सनमा क्षति पुर्याएको तथा दुम्किवास–दाउन्ने सडक खण्डको विश्वकर्मा मन्दिर, घ्युखेलालगायत स्थानका सडक चिप्लो भई अघि बढ्न नसक्ने तथा चिप्लेर फसी आवागमनमा अवरोध भएको जनाएको छ ।
उमेर ६० को हाराहारी पुग्न थालिसक्यो । श्रीमान् काम गर्न सक्नुहुन्न । छोराछोरी सानै छन् । खाने मुख नौ वटा छन् । घर बस्यो ज्यान पाल्नै मुस्किल । त्यसैले नवलपुरको मध्यविन्दु नगरपालिका–८ की मिठु परियार उज्यालो हुनेबित्तिकै चोरमारा जङ्गलतिर लाग्नुहुन्छ ।
भाँचिएको भन्दा अर्को ठाउँमा पनि पुल चर्केको भेटिएपछि पूर्वपश्चिम राजमार्गको चोरमारास्थित गिरुबारीखोलाको पुल सञ्चालनमा आउन ढिलाइ हुने भएको छ ।
“जब हिउँद लाग्छ, कसरी पिउने पानीको जोहो गर्ने भन्ने चिन्ताले हामीलाई पिरोलिरहन्छ । यो गाउँमा पानी ल्याउन कसैले पनि सकेको छैन । मुहानमा विवाद भएर पानी नआएको भन्ने कुरा सुनिन्छ, पानी त ल्याउन दिनुपर्ने हो, के अब हामी पानी नपाएरै बस्नुपर्ने हो त ?’’ यो गुनासो हो, नवलपुरको मध्यविन्दु नगरपालिका–११ की दुर्गा शर्माको ।
गाउँघरमा कुनै बेला सार्वजनिक स्थलका रूपमा चौतारा, पाटी, पौवा निकै परिचित थिए । पुर्खाले बाटो हिँड्दा थकान मेट्न, गाउँबेँसी गर्दा भारी बिसाउन, गर्मीयाममा आराम गर्न, बटुवाले बास बस्न र पुण्य कमाउन चौतारा निर्माण हुने गरेका थिए ।
सामान्य वर्षा हुँदा सवारी साधन चिप्लिएर जाम हुने, भारी वर्षा हुँदा पहिरो गएर यात्रा अवरुद्ध हुने र घाम लाग्दा अत्याधिक धुलोले यात्रा निक्कै कष्टकर बन्ने गरेको छ ।
मुलुक प्रादेशिक संरचनामा जाने क्रममा नवलपरासीको दाउन्नेदेखि पूर्वको भूभाग गण्डकी प्रदेशमा परेको थियो ।
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन स्वास्थ्योपचारका लागि थुप्रै मुलुक धाउनुभयो ।
नवलपुरको कावासोती १६ डण्डाका किसान अहिले मकै खेतीमा व्यस्त छन्। बाह्रै महिना मकै खेती हुने जिल्लामा तीन खेतीसम्म मकै उत्पादन हुन्छ।
नवलपुर जिल्लाको कावासोती नगरपालिका वडा नं. ४ (साविक शिवमन्दिर क, ख र ग तीन वटा नक्सामा रहेको १९१ बिघामध्ये करिब ७० बिघा जमिन चलखेल गरेर जिल्लाभन्दा बाहिरका भूमाफियाले कब्जा गरेको पाइएको छ ।
वन्यजन्तुको आक्रमणमा परेर नवलपुरमा चालु आर्थिक वर्षको ८ महिनामा ५ जनाको मृत्यु भएको छ। अरु ६ जना घाइते भएका छन्।