केही समयअघि राम सारु मगरको भाइको छोरीलाई रगत क्यान्सर भयो । लामो समय चितवन क्यान्सर अस्पतालमा राखेर उपचार गर्नुभयो । चिकित्सकहरुले विरामी छोरीलाई फलफूल बढी खुवाउन सुझाव दिए । रगतलाई शुद्धिकरण गर्न फलफूलले मद्दत गर्नेभएकाले सकेसम्म ड्रयागन फ्रुट र तरकारीमा कुरिलो खुवाउन चिकित्सकहरुको सुझाव थियो ।