प्रतिनिधिसभा निर्वाचनः झापामा सात हजार सुरक्षाकर्मी परिचालन गरिने
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि जिल्लामा सात हजार ५०० सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।
एकीकृत जाँच केन्द्र बन्दै
सुदूरपश्चिम प्रदेशका दुई नाकामा ‘इन्टिग्रेटेड चेकपोस्ट’ निर्माण गरिँदै छ । सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा कैलालीस्थित त्रिनगर (गौरीफन्टा) र कञ्चनपुरस्थित गड्डाचौकी नाकामा इन्टिग्रेटेड चेकपोस्ट निर्माण गर्न लागिएको हो । नाकामा चेकजाँचलाई व्यवस्थित बनाउनका लागि इन्टिग्रेटेड चेकपोस्ट निर्माण गर्न लागेको जनाइएको छ ।
बिदेसिएकाहरू माघी मनाउन फर्किंदै
थारू समुदायमा विशेष रूपमा मनाइने माघी पर्व मनाउनका लागि रोजगारीको सिलसिलामा भारत गएका थारू समुदायका व्यक्ति धमाधम स्वदेश फर्किन थाल्नुभएको छ ।
नवलपुरमा घटे महिला मतदाता
अघिल्लो निर्वाचन (२०७९) मा भन्दा यसपालि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा महिला मतदाताको सङ्ख्या घटेको छ । अघिल्लो निर्वाचनको भन्दा पनि यस निर्वाचनमा दुई हजार जनाले महिला मतदाताको सङ्ख्या घटेको हो ।
एउटै आरनबाट चार पुस्ताको रोजगारी
पम्परागत आरन पेसा लोप भइरहेका बेला यहाँको एक विश्वकर्मा परिवारका बाजे, छोरा, नाति र पनाति पुस्ताका १४ जना सदस्य एउटै आरन काम गरेर आम्दानी गर्दै आउनुभएको छ । चार पुस्ताका सदस्यको आरन मात्रै होइन, परिवारका सदस्य पनि सगोलमा बस्दै आइरहेका छन् ।
मेची राजमार्गमा सडक र विद्युत ६ घण्टा बन्द
मेची राजमार्गअन्तर्गत बहानन्दे काबेली सडकखण्ड र विद्युत सेवा शुक्रबारदेखि दैनिक ६ घण्टा बन्द हुने भएको छ । आगामी पुस २८ गतेसम्म चार दिनका लागि उक्त सडक खण्डमा साना तथा ठुला सबै सवारी साधन अवरुद्ध हुने भएको हो ।
गल्याङ नगर अस्पतालमा नागरिक आरोग्य सेवा सुरु
गल्याङ नगरपालिकास्थित गल्याङ नगर अस्पतालमा नागरिक आरोग्य सेवा सुरु गरिएको छ । नगरवासीलाई शारीरिक, मानसिक र आध्यात्मिक रूपमा स्वस्थ बनाउने उद्देश्यका साथ अस्पतालमै नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरी सेवा सञ्चालनमा ल्याइएको हो ।
राष्ट्रिय सभाको गरिमा
नेपालको व्यवस्थापिका (संसद्) दुई सदनात्मक छ । प्रतिनिधि सभामा प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीबाट सांसद निर्वाचित हुन्छन् । प्रतिनिधि सभाका सदस्यको पदावधि पाँच वर्ष रहेको छ । राष्ट्रिय सभा स्थायी प्रकृतिको व्यवस्थापकीय अङ्ग हो ।
रनिङ शिल्डको एक सय ४४ पदक वितरण, शारदा मावि पहिलो
सल्यानको छत्रेश्वरी गाउँपालिकाले अन्तर माध्यमिक विद्यालय स्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता र पाँचौं अध्यक्ष कप सम्पन्न गरेको छ ।
निर्वाचनबाटै लोकतन्त्रको सम्मान
प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै जाँदा देश फेरि एक पटक राजनीतिक वाष्पले तातिएको छ । आगामी फागुन २१ गते घोषणा गरिएको निर्वाचन आउन अब ५५ दिन मात्रै बाँकी छ । यी दिनमा निर्वाचनका लागि गर्नुपर्ने अझ धेरै काम बाँकी छन् । सरकारले निर्वाचनका लागि सबैभन्दा महत्वपूर्ण पक्ष मानिने शान्ति–सुरक्षाको ग्यारेन्टी गरिरहेको भए पनि राजनीतिक दलहरू ढुक्क हुन नस
असल छिमेकीको भूमिका
नेपाल विश्वकै सबैभन्दा बढी जनसङ्ख्या भएका दुई विशाल देश भारत र चीनको बिचमा अवस्थित एक भूपरिवेष्टित सार्वभौम राष्ट्र हो । नेपालको पूर्व, दक्षिण र पश्चिम दिशामा भारतसँग करिब एक हजार आठ सय किलोमिटर लामो खुला
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
पाल्पामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । रामपुर नगरपालिका–६, कालीआँपमा बिहीबार साँझ मोटरसाइकलले ठक्कर दिदा रामपुर नगरपालिका–७ मझुवा बस्ने ६४ वर्षीय श्यामबहादुर सेन ठकुरीको मृत्यु भएको हो ।
डिजिटल प्रविधिसँग विद्यालय
विश्वव्यापी रूपमा पछिल्लो दशकमा शिक्षा क्षेत्रमा ठुलो परिवर्तन आएको छ । अब ज्ञानको पहुँच कुनै भौगोलिक सीमामा सीमित छैन । डिजिटल प्रविधि, इन्टरनेट र स्मार्ट उपकरणको तीव्र विकासले शिक्षामा नयाँ युगको सुरुवात गरेको छ । नेपालले पनि आफ्नो शिक्षा प्रणालीलाई डिजिटल युगसँग अनुकूल बनाउने दिशामा प्रयास गरिरहेको छ । डिजिटल शिक्षा भन्नाले कम्प्युटर, इन्ट
गलकोटमा क्षयरोग खोजपडतालबाट दुई सय लाभान्वित
गलकोट नगरपालिकाको आयोजना तथा प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङ र प्रादेशिक रोग नियन्त्रण केन्द्र, गण्डकी प्रदेशको समन्वयमा हटिया स्वास्थ्य चौकी गलकोट नगरपालिका वडा नम्बर ३ मा एक्सरेद्वारा छातिरोगसम्बन्धी खोजपडताल गरिएको छ ।
कृषि पर्यटनबाट बहुआयामिक फाइदा
नेपालको भविष्य कृषि पर्यटनमा मात्रै आधारित छ । मात्रै किसानको खेतबारीको परिश्रमले पुग्दैन । किनकि भारतीय तथा चीनका उत्पादनसँग हाम्रो उत्पादनले प्रतिस्पर्धा गर्नै सक्दैन । नेपाली उत्पादन लागत, यातायात खर्च, मल, बिउबिजन, औँजार आयात खर्च तथा महँगो ज्याला दरले गर्दा नेपाली उत्पादन भारतीय वा चिनियाँभन्दा निकै महँगो हुन्छ । उनीहरूको उत्पादन बृहत् हुन्छ ।
चापाकोट महोत्सव आजबाट गाउँमा चहलपहल बनाउने योजना
स्याङ्जाको चापाकोटमा ‘तेस्रो चापाकोट महोत्सव–२०८२’ शुक्रबारबाट सुरु हुने भएको छ । कालीगण्डकी बेसीको समथर भूगोल भएको चापाकोट नगरपालिका–९ सुन्तलीटारस्थित खेलमैदानमा आयोजना गर्न लागिएको महोत्सवको तयारी पूरा भएको छ ।
१०० वर्ष अघिको गोर्खापत्र
१०० वर्ष अघिको गोर्खापत्र
आजको राशिफल
आजको राशिफल
लोपोन्मुख अवस्थामा ‘डफला बाजा’
कुनै समय तराई मधेशका गाउँबस्तीमा गुञ्जने ‘डफला’ बाजा केवल सङ्गीतको साधन मात्र थिएन, यो समाजको सुखदुःख, संस्कार र परम्पराको अभिन्न हिस्सा थियो । शुभकार्यमा मङ्गल धुन र मृत्यु संस्कारमा अन्तिम बिदाइको गम्भीर स्वर बन्ने यो मौलिक ताल बाजा अहिले आधुनिकतासँगै अस्तित्व जोगाउन सङ्घर्ष गरिरहेको छ ।
रङ्गकर्मी वीरेन्द्र मुखियाको निधन
रङ्गकर्मी वीरेन्द्र मुखियाको निधन भएको छ । ४४ वर्षीय मुखियाको बुधबार साँझ निधन भएको हो । काम सकेर साँझ घर फर्किंदै गर्दा अचानक बाटोमा उहाँलाई बान्ता भएको र चाबहिलस्थित ओम अस्पताल पु¥याउँदा डाक्टरले हृदयाघातबाट उहाँको निधन भएको जनाएको रङ्गकर्मी राज पङ्गेनीले बताउनुभयो ।
कास्कीमा २३०३ निर्वाचन प्रहरी भर्ना गरिने
गण्डकी प्रदेशको राजधानीसमेत रहेको कास्कीमा आगामी प्रतिनिधिसभाको निर्वाचनका लागि दुई हजार तीन सय तीन जना निर्वाचन प्रहरी भर्ना गरिने भएको छ । निर्वाचन प्रहरी भर्ना, छनोट तथा नियुक्ति समिति कास्कीले बिहीबार यससम्बन्धी सूचना प्रकाशन गरेको हो ।
‘मृत्यु यस्तो हुनु हुँदैन’ मञ्चन सुरु
पद्याप्रेम थिएटरको प्रस्तुतिमा बिहीबारबाट ‘मृत्यु यस्तो हुनु हुँदैन’ मञ्चन सुरु भएको छ । पोखरा थिएटर गैह्रपाटनमा नाटक चार दिनमा पाँच सो मञ्चन हुने छ । नाटकका लेखक तथा पद्याप्रेम थिएटरका अध्यक्ष सावित्री पाठक सबुका अनुसार मध्यम वर्गीय परिवारमा एकल महिलाले आफ्ना छोराछोरीलाई सही बाटोमा डो¥याउन खोज्दाखोज्दै पनि कसरी गलत बाटोमा फस्छन् भन्ने नाटकले उजागर गर्छ । नबुझी वैदेशिक रोजगारीमा जाँदा कसरी ठगिन्छ भन्ने विषयवस्तुलाई पनि नाटकमा उठान गर्न खोजिएको उहाँले बताउनुभयो ।
रेसुङ्गामा ७० किलोमिटरभन्दा बढी सडक पक्की
गुल्मीको रेसुङ्गा नगरपालिकामा चार किलोमिटरभन्दा बढी सडक पक्की भएको छ । चालु आर्थिक वर्ष २०८२/०८३ को हालसम्म यस नगरपालिकामा चार दशमलव ७१ किलोमिटर सडक कलोपत्रे र ढलान गर्ने कार्य सम्पन्न गरिएको नगरप्रमुख खिलध्वज पन्थीले जानकारी दिनुभयो ।
प्याजको बेर्ना बेचेरै भित्रियो करोड
बर्सेनि करोडौँ रुपियाँको प्याज भारत र चीनबाट आयात हुन्छ तर यहाँको एक गाउँ भने हरेक वर्ष एक करोड रुपियाँभन्दा धेरै प्याजको बेर्ना उत्पादन गरिरहेको छ । कुनै समय परम्परागत खेतीभन्दा थप केही नहुने गाउँका मानिस अहिले प्याजको बेर्ना बेचेर घरखर्चको जोहो गर्ने भएका छन् । पाको र बलौटे माटो भए पनि त्यहाँका स्थानीयले तोरी र गहुँ मकै खेती गर्दा मनग्गे आम्दानी भने हुन सकेको थिएन । त्यही माटोमा प्याजको बेर्ना भने हलक्कै बढ्यो अनि गाउँलेले प्याजको बेर्ना उमार्ने कार्यलाई व्यावसायिक बनाए ।