धेरै विधेयक दिने गरी काम गर्न निर्देशन
सङ्घीय संसद्को हिउँदे अधिवेशनको कार्य (बिजनेस) व्यवस्थापनका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कानुन मन्त्रालयसँग परामर्श गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटासहितसँग आउँदो अधिवेशनको बिजनेसबारे छलफल गर्नुभएको हो । यही माघ २२ गतेदेखि सुरु हुने हिउँदे अधिवेशनमा पेस हुने विधेयकलगायतबारे प्रधानमन्त्रीले चासो राख्नुभएको हो ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित बान्तावा राई भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित बान्तावा राई भाषा
कोशीको परिणाम अप्रत्याशित
सत्ता साझेदार राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशको एक सिटमा आएको परिणाम अप्रत्याशित भएको निष्कर्ष निकालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार झन्डै चार घण्टा भएको छलफलमा शीर्ष नेताबिच १९ सिटमध्ये गठबन्धनले एक सिट गुमाएको सन्दर्भमा गम्भीर समीक्षा गरेर अघि बढ्ने समझदारी पनि भएको छ । बैठकपछि नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले परिणामका सन्दर्भमा फेरि पनि छलफल गर्ने समझदारी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रिय सभा निर्वाचनको परिणामलाई लिएर प्रारम्भिक रूपले गम्भीर छलफल भएको छ । कोशी प्रदेशमा जुन अप्रत्याशित परिणाम आएको छ, यो गम्भीर र चिन्ताजनक छ । अझै छलफल गर्ने निर्णय भएको छ ।”
कर छलीमा भाटभटेनी दोषी
सर्वोच्च अदालतले नक्कली बिल बिजकका आधारमा कर छलीको अभियोगमा भाटभटेनी सुपरमार्केटमाथि भएको कर निर्धारणको फैसला सदर गरेको छ । तत्कालीन प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासले गरेको फैसला पूर्ण इजलासले पनि सदर गरेको हो । राजस्वसम्बन्धी पुनरवलोकनको उक्त विवाद मङ्गलबार सर्वोच्चको पूर्ण इजलासले टुङ्गो लगाएको हो । नक्कली बिल बिजकसँग सम्बन्धित ठुला व्यावसायिक घरानाका सयभन्दा बढी विचाराधीन मुद्दालाई समेत मार्गदर्शन गर्ने गरी पूर्ण इजलासले फैसला गरेको हो ।
नेपालमै छाप्न थालियो हुलाक टिकट
नेपालमा पहिलो पटक हुलाक टिकट छपाइ सुरु भएको छ । सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले आफ्नो छापाखानाबाट टिकट छपाइ गर्न थालेको छ । यसअघि नेपालका हुलाक टिकट भारत, इन्डोनेसियालगायत अन्य मुलुकमा छापिने गरेको थियो । हुलाक टिकट छपाइका लागि चाहिने कच्चा पदार्थ भने जनक शिक्षाले अहिले पनि विदेशबाट नै ल्याएको हो । जनक शिक्षाले राजनीतिज्ञ, सहिद, विभिन्न प्रकारका फूल र अन्य वनस्पतिलगायत १४ प्रकारका हुलाक टिकट छपाइ गरिरहेको छ ।
जनताको मुद्दा सम्बोधन गराउन जनपरिचालनमार्फत दवाव : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले देश र जनतासँग सरोकार रहने प्रमुख मुद्दाहरूमा जनपरिचालनमार्फत् राज्यप्रति दबाब सिर्जना गर्ने तयारी पार्टीले गरिरहेको बताउनुभएको छ । पार्टीको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आज पार्टी कार्यालय, च्यासलमा ‘उपभोक्ता हित र सुशासन’ विषयमा सांसदहरूसँग गरेको अन्तर्क्रिया कार्यक्रममा महासचिव पोखरेलले सो कुरा बताउनुभएको हो ।
एमालेको तीन दिने प्रशिक्षण सुरु
नेकपा (एमाले) को तीन दिने जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम अर्घाखाँचीको सन्धिखर्कमा सुरु भएको छ ।
गाडीको ठक्करबाट एकको मृत्यु
कैलालीको गोदावरी नगरपालिकास्थित अत्तरिया बजारमा आज गाडीले ठक्कर दिँदा एक वृद्धाको ज्यान गएको छ । बा १८ च ५८२९ नम्बरको नवीन दाना पोल्ट्रीफर्मको गाडीको ठक्करबाट ७८ वर्षीया नन्दादेवी नाथको ज्यान गएको हो ।
कांग्रेस प्रतिनिधि खटिए समुदायमा
नेपाली कांग्रेस सुनसरीले जिल्लाका १२४ वटै वडामा पार्टी प्रतिनिधि खटाएको छ । कांग्रेस बैठकले जिल्लाको १२४ वटै वडामा प्रतिनिधि खटाएको जनाएको हो ।
अनलाइन गेम खेलाउने सात जना पक्राउ
प्रहरीले अवैध क्रिप्टोकरेन्सीमार्फत विभिन्न अनलाइन गेम खेलाउने सात जनालाई पक्राउ गरेको छ ।
चट्टानी भीर सडक स्तरोन्नतिको जिम्मा नेपाली सेनालाई
सडक विभागले कर्णाली कोरिडोर अन्तर्गत हुम्ला जिल्लामा पर्ने पाँच वटा असजिला चट्टानी भिरको सडक स्तरोन्नतिकाे जिम्मा नेपाली सेनालाई दिएको छ ।
प्रधानमन्त्री प्रचण्ड उदयपुर आउनुहुने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उदयपुर आउनुहुने भएको छ । सरकारी लगानीमा सञ्चालित मुलुकको सबैभन्दा ठुलो उदयपुर सिमेन्ट उद्योगको जलजलेस्थित प्लान्ट क्षेत्रको स्थलगत निरीक्षण र रौतामाई गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्न माघ २० गते प्रधानमन्त्री प्रचण्ड उदयपुर आउनुहुने भएको हो ।
एक अर्ब ४९ करोडभन्दा बढी ठगी गर्ने पक्राउ
प्रहरीले अनलाइन ठगी गरी रकमान्तर भएका खाताको व्यवस्थापन गर्ने व्यक्तिलाई पक्राउ गरेको छ ।
गीता र श्रेयालाई टेबलटेनिस उपाधि
छैटौँ सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको पहिलो दिन मङ्गलबार गीता थापामगर र श्रेया धर आआफ्नो विधामा च्याम्पियन बन्नुभएको छ ।
'कांग्रेसको समुदायमा जाऔँ, जनताका कुरा सुनौँ' अभियान
नेपाली कांग्रेसको अभियान मधेश प्रदेशको ८ वटै जिल्लाको सबै वडामा मङ्गलबारदेखि सुरु भएको छ ।
जिप दुर्घटना हुँदा एकको मृत्यु, सात घाइते
बैतडीको दोगडाकेदारमा जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । सात जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।
तनहुँको म्याग्दे गाउँपालिका संस्थागत स्वमूल्याङ्कनमा प्रथम
स्थानीय तह संस्थागत स्वमूल्याङ्कनमा तनहुँको म्यादे गाउँपालिका गण्डकी प्रदेशमै पहिलो भएको छ । हालसम्म सार्वजनिक नतिजा अनुसार सो गाउँपालिका ९४.५ अङ्क प्राप्त गरी प्रथम हुन सफल भएको हो ।
सर्वोच्चद्वारा भाटभटेनीले कर र जरिवाना तिर्नुपर्ने फैसला सदर
नक्कली भ्याट बिल बनाएर कर छलेको आरोप लागेको भाटभटेनी डिपार्टमेन्ट स्टोरले कर निर्धारण र जरिवाना तिर्नुपर्ने फैसला सर्वोच्च अदालतले सदर गरेको छ ।
पुलबाट खसेर राजकुमारको मृत्यु
जाजरकोटमा एक जना पुरुषको पुलबाट खसेर मृत्यु भएको छ । नलगाड नगरपालिका –५ एरारीका २८ वर्षीय राजकुमार शाहीको पुलबाट खसेर मृत्यु भएको हो ।
प्रधानमन्त्री कप क्रिकेट : कोशीको सान्त्वना जित
कोशी प्रदेशले प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सान्त्वना जित निकालेको छ ।
गैरआवासीय राजदूत नियुक्त
राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दक्षिण अफ्रिकाका लागि नेपालका आवासीय राजदूत दानबहादुर तामाङलाई गणतन्त्र केन्या र गणतन्त्र बोत्सवानाका लागि गैरआवासीय नेपाली राजदूतमा नियुक्त गर्नुभएको छ ।
तानसेनमा राष्ट्रपति रनिङ् शिल्ड सुरु
तानसेनको टुँडिखेल मैदानमा पाँचौँ राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिता सुरु भएको छ । मङ्गलबारदेखि सुरु प्रतियोगिताको लुम्बिनी प्रदेश सभा सदस्य वीरबहादुर रानाले उद्घाटन गर्नुभयो ।
मधेश प्रदेशका महिला सांसद तथा नेतालाई प्रशिक्षण दिँदै जसपा
जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेश प्रदेशअन्तर्गतका पार्टीका महिला सांसद, पार्टीका महिला पदाधिकारी तथा सदस्यलाई प्रशिक्षण दिन लागेको छ ।
स्पोर्ट्स अवार्ड विजेतालाई सात लाख बराबरको बिमा
२०औँ संस्करणको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड विजेतालाई नेपालको प्रख्यात बिमा कम्पनी युनाइटेड अजोड इन्स्योरेन्स प्रालिले सात लाख रुपियाँ बराबरको खेलकुद बिमा पोलिसी प्रदान गर्ने भएको छ ।