‘बोक्सीको घर’ ले पूरा गर्यो ५१औँ दिन
यो वर्ष प्रदर्शनको ५१औँ दिन पूरा गर्ने दोस्रो चलचित्र ‘बोक्सीको घर’ बनेको छ । काठमाडौँस्थित रञ्जना सिनेप्लेक्समा प्रदर्शनको ५१औँ दिन पूरा गरिरहँदा चलचित्रले व्यावसायिक रुपमा पनि सफलता प्राप्त गरेको हो ।
‘नदी धमिलिने बित्तिकै मेलम्ची बन्द’
मेलम्ची खानेपानी विकास समितिले ठुलो वर्षा भई मेलम्ची नदी धमिलो हुन थालेपछि मेलम्ची खानेपानी बन्द गर्ने तयारी गरिएको जनाएको छ ।
राक्सिराङमा चट्याङ लागेर एकको मृत्यु
मकवानपुरको राक्सिराङमा सोमबार बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । बिहान ४ः३० बजे चट्याङ लागेर राक्सिराङ गाउँपालिका वडा नं. २ थुम्की बस्ने ४५ वर्षीय वीरबहादुर प्रजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
छ किलो सुन र ४८ लाख नगदसहित एक चिनियाँ मूलका नागरिक पक्राउ
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआबी) ले छ किलो सुनसहित एक चिनियाँ मूलका नागरिकलाई पक्राउ गरेको छ ।
बेनीघाट-आरुघाट-लार्केभञ्ज्याङ सडक खण्ड तीन दिन बन्द
उत्तरी गोरखाको धार्चे गाउँपालिकामाभित्र पर्ने बेनीघाट-आरुघाट-लार्केभञ्ज्याङ सडक खण्ड तीन दिनसम्म बन्द हुने भएको छ ।
डुबानमा परेको निर्माण उपकरण
दमकको रतुवा नदीमा आएको बाढीले डुबानमा परेका निर्माण उपकरणहरु । सोमबार बिहान नदीमा आएको बाढीले पुल निर्माणमा प्रयोग भइरहेको तीन वटा ठुला उपकरण डुबानमा परेको छ ।
सरकार परिवर्तन हुँदैन : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका सम्बन्धमा बाहिरी हल्लामा सत्यता नभएको बताउनुभएको छ ।
१३२ केभीए प्रसारण लाइन : आयोजना सम्पन्न गर्न ९ महिना म्याद थप
कोहलपुर–सुर्खेत एक सय ३२ केभिए विद्युत प्रसारण लाइन विस्तार कार्य सम्पन्न गर्न निर्माण कम्पनीसगँको सम्झौता म्याद थप गरिएको छ ।
सहकार्यको संस्कृतिलाई सबल बनाउन बकर इदको महत्वपूर्ण भूमिका: प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको धार्मिक विविधतालाई समृद्ध तुल्याउन तथा सहिष्णुता एवं सहकार्यको संस्कृतिलाई सबलीकृत तुल्याउन बकर इद (अल–अजहा) को महत्वपूर्ण भूमिका रहँदै आएको बताउनुभएको छ ।
सबैलाई आदर र सम्मान गर्ने हाम्रो आफ्नै विशिष्ट परम्परा छ : सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ‘बकर इद ९इद उल अजहा०’ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
बकर इद पर्वले नेपालीबीच आपसी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायमः सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले बकर इदजस्ता चाडले विविध धर्म संस्कृति मान्ने सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, समाजिक एकता र भ्रातृत्व कायम गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
बकर इदको शुभकामना
कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले विविधतामा एकता नेपालीको मौलिक पहिचान र विशेषता रहेको बताउनुभएको छ । इस्लाम धर्मावलम्बीको महान् पर्व बकर इद (इद–उल–अज्हा) को शुभकामना दिँदै उहाँले सो धारणा व्यक्त गर्नुभएको हो । “सही बलिदान त्यही हो, जुन निःस्वार्थ भावले गरिन्छ र जसमा सबैको कल्याण निहित हुन्छ,” उहाँको सन्देशमा उल्लेख छ । यस पर्वले राष्ट्रिय एकता र सांस्कृतिक ऐक्यबद्धताको भावना सुदृढ गर्दै सभ्य र समृद्ध समाज निर्माणका लागि थप प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दै उहाँले लोकतन्त्र, सामाजिक न्याय, स्वाधीनता, राष्ट्रिय अखण्डता र राष्ट्रियतालाई थप बलियो बनाउन पर्वले सहयोग पुग्ने विश्वास गर्नुभएको छ ।
बढ्दै सर्पदंशका बिरामी : सर्पदंश केन्द्रमा जान सुझाव
गर्मी महिना बढेसँगै सर्पदंशका बिरामी बढ्दै गएका छन् । जेठदेखि भदौसम्ममा सर्प खाना खोज्न बाहिर निस्कने हुँदा सर्पदंशका बिरामी बढ्ने चिकित्सकको भनाइ छ ।
गङ्गा दशहराको अवसरमा बेहडाबाबामा दर्शनार्थीको घुइँचो
कैलालीको धनगढी उपमहानगरपालिका –१६ रामपुर गाउँमा अवस्थित प्रसिद्ध बेहडाबाबा मन्दिरमा पूजाआजा गर्ने दर्शनार्थीको आज विहानैदेखि घुइँचो लागेको छ ।
बेरुजु दुई अर्ब ६८ करोड नाघ्यो
सुदूरपश्चिम प्रदेशको बेरुजु अढाई अर्बभन्दा बढी पुगेको छ । महालेखा परीक्षकको वार्षिक प्रतिवेदन, २०८१ अनुसार यो प्रदेशको जम्मा बेरुजु रकम दुई अर्ब ६८ करोड २९ लाख रुपियाँ पुगेको हो । महालेखा परीक्षकको कार्यालयले सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०७९/८० को ३९ अर्ब ४३ करोड ९८ लाख ९९ हजार रुपियाँ लेखापरीक्षण गरेको थियो । सो परीक्षणबाट ३७ करोड ६३ लाख ९१ हजार रुपियाँ (लेखापरीक्षण अङ्कको ०.९५ प्रतिशत) नयाँ बेरुजु देखिएको छ ।
लोक सेवाप्रति विश्वास
योग्यता र क्षमता हुनेहरूका लागि खुला प्रतिस्पर्धामा सामेल भएर आफूलाई सक्षम साबित गराउने एक मात्र भरपर्दो निकाय लोक सेवा आयोग हो । जागिरका लागि भनसुन र मोलाहिजा चल्ने अवस्थामा पनि आयोगले स्थापना कालदेखि नै निष्पक्षताको गरिमा कायम राख्न सफल भएकाले ‘कोही नहुनेका लागि लोक सेवा छ’ भन्ने विश्वास निर्माण गरेको छ । आयोगको पृष्ठभूमिलाई हेर्दा विसं २००४ मा नेपाल सरकारको वैधानिक कानुन जारी गरिएपछि कर्मचारी भर्ना गर्न छुट्टै दरखास्त परि
सामाजिक सुरक्षा कोषको प्रभाव
राज्य, रोजगारदाता र ट्रेड युनियनहरूको संयुक्त प्रयासबाट जारी गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ र अन्य प्रत्यायोजित विधायनहरूका साथै यस अन्तर्गत स्थापना र सञ्चालन भएको सामाजिक सुरक्षा कोष प्रभावकारी रूपमा सञ्चालन हुन सकेको छैन । प्राप्त विवरण अनुसार ०७५ देखि ०८० असारसम्म पाँच वर्षमा सामाजिक सुरक्षा कोषमा रोजगारदाता १८,२३३ र योगदानकर्ता सात लाख ४६ भन्दा बढी आबद्ध भएका छन् । तीन लाख त विदेशमा जाने, गएका र स्वरोजगार भएका आबद्ध छन् । मुलुकमा एक लाख जति चालु प्रतिष्ठान र ४५ लाख श्रमिक छन् भन्ने गरिएको पाइन्छ । यी सबैला
दण्डात्मक कानुन अभाव
‘वैवाहिक सम्बन्धमा पनि बलात्कार हुन्छ र ? मेरी पत्नी भएपछि कसरी जबरजस्ती हुन्छ ? ल, अब पुरुष कतै पनि सुरक्षित छैनन् ।’ जब जब वैवाहिक बलात्कारका समाचार सम्प्रेषण हुन्छ तब तब यस्ता प्रतिक्रियाले सामाजिक सञ्जाल भरिएको हुन्छ । यस्ता सोचले पितृसत्तात्मक सोच गडिएको समाजको वास्तविक ऐनालाई प्रस्फुटन गरिरहेका छन् । जनमानसमा यो भ्रम छ कि विवाह भइसकेपछि पतिको पत्नी र पत्नीको पति माथि यौन अधिकार छ । जनमानसमा जबरजस्ती कर
राष्ट्रिय परिचयपत्रको उपादेयता
उन्नाइसौँ शताब्दीतामा फ्रान्सले जारी गरेको परिचयपत्रलाई राष्ट्रिय परिचयपत्र दिने क्रमको आरम्भ मान्न सकिन्छ । त्यसै बेलातिर बेलायत, जर्मनी, ग्रिस, पोल्यान्ड जस्ता देशले पनि कुनै न कुनै प्रकारको परिचयपत्र दिने वा नागरिकको अभिलेख राख्ने कार्यको आरम्भ गरेका थिए । समय बदलिएसँगै र प्रविधिमा भएको विकासका कारण परिचयपत्रको स्वरूपमा परिवर्तन हुने क्रम जारी छ । आरम्भको बेलाका भन्दा अहिलेका परिचय पत्रहरूले नागरिकका विविध सूचना समेट्ने गरेका छन् । एउटै कार्डमा नागरिकका अनेकन सूचना राख्न सकिने खालका परिचयपत्रको विकास गरिएको छ । नेपालमा पनि त्यस्तै खाले परिचयपत्र वितरणको क्रम आरम्भ भइसकेको छ । अहिले त्यसलाई व्यापक बनाउन खोजिएको छ । नेपालीनागरिककोपरिचय आजसम्म पनि नागरिकताको प्रमाणपत्रले बोक्दै आएको छ । ने
दूरसञ्चार क्षेत्रमा कानुनी अस्पष्टता
नेपालमा दूरसञ्चार क्षेत्रको प्रारम्भ विक्रम संवत् १९७३ असार २० गते ‘ओपन वायर म्याग्नेटो’ सिस्टमबाट टेलिफोन सेवा सञ्चालनमा आएसँगै भएको हो । पछि विभिन्न मितिमा ‘टेलिफोन हेड अफिस,’ ‘आकाशवाणी हेड अफिस,’ ‘दूरसञ्चार विभाग’ र ‘दूरसञ्चार समिति’ को स्थापना भएको थियो । सञ्चार संस्थान ऐन, २०२८ कानुन आएसँगै उक्त समितिलाई विसं २०३२ साल असार १ गते ‘नेपाल दूरसञ्चार संस्थान’ मा परिणत गरिएको थियो । त्यस समयमा सेवा वितरण, नियमन र स्वीकृतिका लागि
खुम्चियो प्रदेशको बजेट
आन्तरिक स्रोत बढ्न नसकेको र सङ्घीय अनुदानसमेत घटेपछि अधिकांश प्रदेशले आगामी आर्थिक वर्ष २०८१/८२ को आय तथा व्ययको अनुमान (बजेट) घटाएका छन् । सात वटै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्रीहरूले शनिबार आआफ्नो प्रदेश सभामा प्रस्तुत गर्नुभएको बजेट चालु आवको तुलनामा केही घटाएर ल्याउनुभएको हो ।
गर्मी बढेसँगै तराईमा रगत अभाव
तराईका मुख्य सहरमा रगतको अभाव देखिएको छ । गर्मी मौसममा बिरामीको सङ्ख्या वृद्धि भएसँगै तराईका जिल्लामा रगतको अभाव भएको हो । नेपाल रेडक्रस सोसाइटीका अनुसार नेपालगन्ज, वीरगन्ज, भरतपुर, बुटवल, भैरहवा, विराटनगर, हेटौँडालगायत तराईका सहरमा रगतको अभाव देखिएको हो । तराईका कतिपय स्थानको तापक्रम ४४ डिग्रीभन्दा बढी भएको, गर्मीले अस्पतालमा बिरामीको सङ्ख्या बढेको, अत्यधिक गर्मीका कारण रगत सङ्कलन गर्न नसक्दा रगतको चरम अभाव हुन पुगेको हो ।
नाला खन्दा पुरिएर ज्यान गुमाएका तीन मजदुरको सामूहिक अन्त्येष्टि
नवलपुरको कावासोतीमा नाला खन्दा पुरिएर ज्यान गुमाएका तीन जना मजदुरको शनिबार सामूहिक रूपमा अन्त्येष्टि गरिएको छ ।
शक्ति फुटमा नभई एकतामा छ : मन्त्री चौधरी
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगबती चौधरीले थारु समुदायको शक्ति नै थारु एकता भएकाले फुटेर होइन, जुटेर काम गर्न सुझाव दिनुभएको छ ।