राजनीतिक स्थायित्वका लागि नयाँ समीकरण
राष्ट्रिय राजनीतिमा लामो समयदेखि प्रतिस्पर्धामा रहेका नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बिच नयाँ सरकार गठनका निम्ति भएको समझदारीलाई आम नागरिकले चासोका साथ हेरेका छन् ।
कुल जनसङ्ख्याको २.२ प्रतिशत अपाङ्गता
नेपालमा कुल जनसङ्ख्याको २.२ प्रतिशत जनसङ्ख्या अपाङ्गता रहेका छन् । नेपालको राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कले कुल जनसङ्ख्याको २.२ प्रतिशत जनसङ्ख्या अपाङ्गता रहेको देखाएको हो । अपाङ्गता भएकामध्ये ३७.१ प्रतिशत शारीरिक अपाङ्गता रहेका छन् ।
बारामा बस दुर्घटना : १३ घाइते, दुईको अवस्था गम्भीर
बारामा यात्रुवाहक बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् भने दुईको अवस्था गम्भीर रहेको छ ।
संविधान संशोधन कुनै एक पार्टीले मात्र चाहेर हुँदैन : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै एक राजनीतिक पार्टीले चाहेर मात्र संविधान संशोधन नहुने बताउनुभएको छ ।
बढीपहिरोले देशका विभिन्न भागमा क्षति, राजमार्ग अवरुद्ध
निरन्तरको वर्षाका कारण देशका विभिन्न भागमा बढीपहिरोले भौतिक संरचनामा क्षति भएको छ भने सडक अवरुद्ध हुँदा यातायातका साधन बाटोमा नै रोकिएका छन् । लमजुङ, दाङ, चितवन, वाग्लुङ, पर्वत, उदयपुरका विभिन्न सडक अवरुद्ध भएका छन् ।
डुबानमा पुलको निर्माणाधीन संरचना
वर्षाका कारण सेती नदीमा आएको बाढीले डुबानमा परेको तनहुँको व्यास नगरपालिका–३ र ऋषिङ गाउँपालिका–१ जोड्ने पुलको निर्माणाधीन संरचना ।
ग्रामीण सडकको दुरवस्था
भोजपुरको ग्रामीण सडकमा जोखिम मोलेर सवारीसाधन चलाउँदै चालक । वर्षात् भएकाले कच्ची र हिलाम्मे सडकमा सवारी सञ्चालन गर्न र स्थानीयलाई आवतजावत गर्न समस्या भएको छ ।
सुनको मूल्य तोलामा आठ सयले बढ्यो
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला रु. एक लाख ४४ हजार एक सयमा कारोबार भएको छापावाला सुन आज प्रतितोला रु एक लाख ४४ हजार नौ सय निर्धारण भएको छ ।
वैदेशिक रोजगारीमा गएका एकसय ७७ को मृत्यु
बाँकेबाट वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक गएका १ सय ७७ जना नेपाली नागरिकको विदेशी भूमिमा मृत्यु भएको छ । जसमध्ये दुई जना महिला रहेका छन् ।
सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न प्रहरीको अनुरोध
केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले यात्रुहरू बीच बाटोमै अलपत्र हुने अवस्था देखिएकाले सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधारणमा अनुरोध गरिएको बताउनुभयो ।
पुँजी बजार सुधार्न साक्षरता अभियान
विसं २०३३ देखि नेपालमा पुँजी बजारको संस्थागत विकासको प्रारम्भ भएको हो । अहिलेसम्म पुँजी बजारले अपेक्षित रूपमा उपलब्धि हासिल गर्न सकेको छैन । अर्थात् विकसित मुलुकको पुँजी बजारको तुलनामा हामी धेरै पछि छौँ । पुँजी बजारसम्बन्धी ज्ञानको कमीले हामीकहाँ सेयर किनेपछि धैर्य गर्नेभन्दा पनि बेच्न हतारिने गर्दछौँ । सायद हामीकहाँ व्यक्तिगत लगानीकर्ता धेरै भएका कारण पनि यस्तो अवस्था सिर्जना भएको हुन सक्छ । संस्थागत लगानीकर्ता बढी भएमा यस्तो अवस्था आउँदैन । यसका लागि पुँजी बजारसम्बन्धी सचेतना जगाउनका लागि कहाँ लगानी गर्ने ? कति लगानी गर्ने ? कहिले लगानी गर्ने ? किन लगानी गर्ने ? कसरी लगानी गर्ने ? जस्ता विषयमा पुँजी बजारसम्बन्धी साक्षरता दिनु आवश्यक छ । अधिकांश लगानीकर्तामा बजारको विश्लेषण गर्ने क्षमता र सिपको विकास भइसकेको छैन । साना व्यवसायी, सेयरधनी तथा पुँजीपति उद्यमी (भेन्चर क्यापिटलिस्ट) जस्ता निजी लगानीकर्ताले पुँजी बजारमा आफ्नो रकम हालेर जोखिम मोल्छन् । लगानीकर्ताले कहिलेकाहीँ गल्ती गर्छन्, कहिलेकाहीँ उनीहरूले लगानी गरेका परियोजना घाटामा जान्छन् । यस्तो अवस्थामा सेयर बजार सम्बन्धी जनचेतनामूलक कार्यव्रmम, तालिम, सेमिनार तथा साक्षरता बनाउनु आवश्यक छ । पुँजी बजारसम्बन्धी साक्षरता दिँदा लगानीकर्तालाई के सिकाउनु पर्छ भने कुनै व्यक्तिले तात्कालिक नतिजा मात्र नहेरेर दीर्घकालीन नतिजा पनि हेर्नु पर्छ । पछिल्लो समय लगानीकर्ताले चाहेको समयमा खरिद बिक्री गर्न सक्ने भएको हुँदा साना बचतकर्तादेखि ठुला लगानीकर्ताको लगानी पुँजीप्रति आकर्षित भएको पाइन्छ । अर्थात्, जम्मा १० कित्ता सेयर लिएर कसैले लगानी नै त बढाउने होइन । यसले सर्वसाधारणका लागि जारी गरिएको १० कित्ता सेयरले गर्दा रोजगारबाट वञ्चित भएका, विद्यार्थी वर्ग र न्यून आय भएका वर्गलाई निकै फाइदा पुगेको छ । सूचना प्रविधि र आइएमएस प्रणालीलाई भरपर्दो र सबैको पहुँचमा पुर्याउन सकेमा गाउँका कुनाकाप्चादेखि विदेशमा बस्नेसमेत पुँजी बजारमा सजिलै सहभागी हुन सक्छन् । पुँजी बजारको विकास र विस्तारले गर्दा गाउँका कुना कन्धरामा गएर पुँजी बजारको गतिविधिबाट देशमा बचत तथा लगानीले धन बढ्न गई उत्पादकत्व पनि बढ्छ । जसले गर्दा एकातिर आर्थिक व्रिmयाकलापको विकास हुन्छ भने अर्कोतिर उद्योग, व्यापार र कृषि क्षेत्रमा प्रगतिका लहर आउँछन् ।लगानीकर्ताको क्षमता विस्तार गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ट्रेनिङ इन्स्टिच्युट स्थापना गरी स्थानीय तह, प्रदेशमा समेत वित्तीय साक्षरता तालिम दिनु पर्छ । सेबोन, नेप्से र ब्रोकरले पाउने ब्रोकर कमिसनसहित अन्य लागत पनि घटाउनु जरुरी छ । किनभने लगानीकर्तालाई बजारप्रति आकर्षण र पहुँच विस्तार गर्न सजिलो हुन्छ । नेप्सेको सुधार गरेरै पुँजी बजारको आधुनिक विकास र विस्तार गर्नुपर्ने देखिन्छ । निजी क्षेत्रमा नयाँ स्टक एक्सचेन्ज ल्याउन सक्नु पर्छ । नेप्से र ब्रोकरको सिडिएसलगायतका सरोकारवालाको क्षमता अभिवृद्धि गर्नु आवश्यक छ ।नेपालको पुँजी बजार बढ्दो छ । अझ यो बजारलाई माथि उकास्न धेरै सुधारका काम गर्नु आवश्यक छ । पुँजी बजारको दिगो विकास विस्तारका लागि आवश्यक पूर्वाधारको व्यवस्थाका साथै पुँजी बजारको सुधार प्रक्रियालाई नयाँ मोडेल अनुसार लैजान सक्नु पर्छ । पुँजी बजारलाई दीर्घकालीन वा स्थायी प्रकृतिको बनाउन बजारको उपकरण पनि पर्याप्त, भरपर्दो, प्रविधिमैत्री र सुदृढ गर्दै लैजानुु पर्छ । जसले गर्दा पुँजी बजारमा स्थायित्व छ भन्ने सन्देश जाने छ । नियामक निकाय र बजार सहभागीको साक्षरता क्षमता अभिवृद्धि सक्न सक्नुु पर्छ । यस्तै नियामक निकाय र सरकारको पुँजी बजारसम्बन्धी स्थिर नीति र नियमन हुनु बनाउनु पर्छ । कोही व्यक्ति कुनै पदमा रहनु वा नरहनुले पुँजी बजार प्रभावित हुनु हुँदैन । नेपाली जनतालाई पहिला पुँजी बजारबारे बुुझाउन, अभ्यास र साक्षरता गराउन ज्यादै कठिन थियो । अहिले प्रविधिको परिवर्तनले यसलाई सजिलो बनाएको छ । यसका लागि संस्था तथा नियामक निकायले ऐन, नियम र कानुुन समयसापेक्ष बनाउनु पर्छ । बढ्दो लगानीकर्ता र भित्रिँदो प्रविधिको विकाससँगै अन्तर्राष्ट्रिय स्तरमा भएको अभ्यासलाई सूक्ष्म रूपले अध्ययन गर्नु पर्छ । पुँजी बजारबारे साक्षरता तथा नियमित सूचना प्रवाह गरी लगानीकर्तालाई ज्ञान अभिवृद्धि गर्न नियामक निकाय निरन्तर लाग्नु पर्छ ।नेपालको पुँजी बजार अस्थिर छ भन्ने गुनासो व्यापक सुनिन्छ । यसले भर्खरै बजारमा प्रवेश गरेका लगानीकर्तालाई निरुत्साहित बनाउने काम गरेको देखिन्छ । लगानी उठ्ला कि नउठ्ला भनेर लगानीकर्तालाई भयभीत र चिन्तित बनाउने काम भएको छ । यी विविध समस्याका कारण यस क्षेत्रमा लगानीकर्ताको दृष्टिकोण नै परिवर्तन गर्नका लागि साक्षरता अभियान नै चलाउनु पर्ने देखिन्छ । यस्तै लगानीकर्ताले समयमा प्रतिफल पाउन सक्ने कुनै ग्यारेन्टी दिन सकेका कम्पनीलाई कारबाहीको दायरामा ल्याउन सक्नु पर्छ । कुनै पनि परियोजना लागि आवश्यकताभन्दा बढी मूल्य देखाउने गरेको पछिल्लो समय देखिन्छ । पुँजी बजारमा रहेका यस्ता समस्यालाई पनि समाधान गर्नुपर्ने देखिन्छ । विश्वका सुदृढ पुँजी बजारमा अपनाइने प्रविधिलाई हाम्रो मुलुकमा ल्याई इन्टरनेटमा आधारित कारोबार गर्न जतिसक्दो छिटो पूर्ण स्वचालित व्यापार प्रणाली सञ्चालन गर्नु आवश्यक देखिन्छ । पुँजी बजारको विकास विस्तारका लागि धितोपत्र बोर्ड, नेप्सेलाई समयसापेक्ष विकास गर्दै लैजानु आवश्यक छ । पुँजी बजार विस्तारका लागि प्रविधि राम्रो भएमा बजारमा देखिएका धेरै समस्या समाधान सहजै सकिन्छ ।सूचना प्रविधियुक्त बजार विस्तार भएको र संस्थाको गरिमा बढेमा मात्र लगानीकर्ताको विश्वास बढ्न सक्छ । नेपालमा अनलाइन सिस्टम भर्खर सुरु हुँदै छ । यसलाई पूर्ण रूपमा विकास गर्न सकेमा पुँजी बजार जहाँसुकैबाट पनि कारोबार गर्न सकिन्छ । बैङ्क एकाउन्ट, डिम्याट एकाउन्टसँग इन्टिग्रेट र रिअल टाइममा सेटलमेन्ट गराउन सके स्वदेश वा विदेश भनिरहनु नै पर्दैन जहाँसुकैबाट पनि पुँजी बजारमा लगानी गर्न सकिन्छ । यसका लागि पुँजी बजारलाई पूूर्ण आधुनिकीकरण गरी विकास गर्न नेप्सेको संरचनात्मक सुधार गर्नु अत्यावश्यक छ । पुँजी बजारमा देखिएका विविध समस्या समाधान गर्न राज्यले पुँजी बजारको निरन्तर सुधार गरी लगानीकर्ताको हित संरक्षण गर्नुपर्ने देखिन्छ । नेपालको पुँजी बजारलाई प्रतिस्पर्धात्मक रूपमा विकास गर्न सक्नु पर्छ । नेप्सेलाई पनि सुधार गर्न अर्को प्रतिस्पर्धी स्टक ल्याउनै पर्छ । प्रतिस्पर्धाले गर्दा शुल्कसहितको लगानी लागत घट्ने, अन्तर्राष्ट्रिय स्तरको आधुनिक अनलाइन सफ्टवेयर भित्रिनुका साथै सेयर कारोबार सहज, स्तरीय र प्रतिस्पर्धी भई यसको कारोबार परिमाण पनि उच्च हुने छ । लगानीकर्ताबिच पुँजी बजारसम्बन्धी साक्षरताको विकास गरी सम्भाव्य लगानीकर्ता समेट्न सकिएको देखिँदैन । नेपालमा पुँजी बजार विस्तारसँगै यो बजारबाट थोरै लगानीकर्ताले मात्रै नाफा कमाउन सकेका छन् । धेरै लगानीकर्ताले छोटो अवधिमा आफ्नो लगानी गुमाइरहेको देखिएकाले साक्षरता बनाउनु पर्छ । धितोपत्र तथा वस्तु विनिमय बजारलाई पहुँचयोग्य, विश्वसनीय र स्वच्छ बनाउन सक्नु पर्छ । सबल गतिशील र विश्वसनीय धितोपत्र तथा वस्तु विनिमय बजारको विकासमार्फत लगानी, आकर्षित गर्ने लक्ष्यका साथ अगाडि बढ्नु आवश्यक छ । धितोपत्र व्यवसायलाई थप व्यावसायिक तथा मर्यादित बनाई धितोपत्र व्यवसायी सेवालाई थप प्रतिस्पर्धी एवं विश्वसनीय बनाउन सक्नु पर्छ । धितोपत्र तथा दीर्घकालीन ऋणको सेवा विस्तार गर्दै यसलाई उदीयमान पुँजी बजारको स्तरमा वृद्धि गर्न आवश्यक छ । ओटिसी बजारलाई आधुनिकीकरण र ऋणपत्रको दोस्रो बजारलाई विकास गर्न जरुरी देखिन्छ । पुँजी बजारलाई अन्तर्राष्ट्रियकरण गर्दै नेप्सेले लागु गरेको लोकल अनलाइन प्रणालीलाई प्रभावकारी बनाउनु पर्छ । रियल सेक्टर कम्पनीलाई बजारमा प्रोत्साहन गर्ने नीति लिनु पर्छ । पुँजी बजारसम्बन्धी ज्ञान र वित्तीय साक्षरता दिन सक्नु पर्छ । अतः धितोपत्र बोर्डको अध्यक्ष नभएकै कारण गत पुस महिनायता प्राथमिक निष्कासन (आइपीओ), थप निष्कासन प्रव्रिmया (एफपीओ), ऋणपत्र, हकप्रदलगायत धितोपत्रको अनुमति प्रक्रिया अवरुद्ध भएको छ । जसका कारण करिब ६० लाखभन्दा बढी लगानीकर्ताका मुद्दा ओझेलमा परेको छ । तसर्थ सरकारले बोर्ड अध्यक्ष नियुक्त गर्न ढिलाइ गर्नु हुँदैन ।
बेलायतमा नयाँ नेतृत्व
युरोपको शक्तिशाली राष्ट्र संयुक्त अधिराज्य बेलायतमा १४ वर्षपछि सत्ता परिवर्तन भएको छ । युरोपमा दक्षिणपन्थी पपुलिस्टको हावा चलिरहँदा बेलायतमा भने मध्य वामपन्थी प्रमुख प्रतिपक्ष दल लेबर पार्टीले अत्यधिक बहुमतसहित नयाँ सरकार बनाएको छ । १४ वर्ष शासन गरेको सत्तारूढ कन्जरभेटिभ पार्टी चुनावमा नराम्ररी पराजित भएको छ । सो पार्टीका शीर्ष नेता पूर्वप्रधानमन्त्री लिज ट्रस, रक्षामन्त्री ग्रान्ट स्याप्सलगायत पराजित हुनुभएको छ ।
महानगरमा पलाएका आशाका किरण
मुलुकको राजधानी रहेको काठमाडौँको मुहार बिस्तारै फेरिँदै गएको छ । सडकमा राखिएका बत्तीले बढाएको सहरको रौनकलाई खुला आँखाले देखिने परिवर्तन अनुभूत गर्न सकिन्छ । फुटपाथ धेरै हदसम्म व्यवस्थित भएका छन् । सडकमा गरिने पार्किङ हटाइएका छन् । व्यापारिक स्थलमा भएका भूमिगत पार्किङ व्यापारिक प्रयोजनमा प्रयोग गर्न रोक लगाइएको छ । महानगर आफैँले व्यवस्थित पार्किङका योजनालाई अगाडि बढाएको छ । अस्तव्यस्त देखिने सहरले मुहार फेर्दै गएकै छ । शिक्षा क्षेत्रलाई नयाँ ढङ्गबाट सञ्चालन गर्ने प्रयास पनि सराहनीय छ । यसको एउटा उदाहरण पुस्तकरहित दिनको कार्यान्वयन हो । त्यो दिन विद्यार्थी व्यावहारिक र सिपमूलक गतिविधिमा संलग्न हुन्छन् । स्थानीय गौरवको भावनालाई बढावा दिन विद्यालयको नाममा अन्तर्राष्ट्रियको साटो राष्ट्रिय पहिचानलाई प्राथमिकता दिने प्रयत्न भएको छ । राजनीतिक नेतृत्वले चाहँदा परिवर्तन सम्भव छ र हुन सक्छ भन्ने उदाहरण यतिबेला महानगरपालिका बनेको छ । राजधानी सहरमा शौचालय थिएनन् । भएका शौचालय कुनै ग्रामीण बस्तीका भन्दा गए गुज्रेका थिए । नागरिकले पैसा तिरेर पनि आरामसाथ मलमूत्र त्याग गर्न सक्ने अवस्था थिएन । नाक थुनेर शौच गर्नुपर्ने दुर्दशा थियो । काठमाडौँ महानगरले होटल, रेस्टुराँ, वित्तीय संस्था आदिको शौचालय पनि सार्वजनिक रूपमा प्रयोग गर्न निर्देशित ग¥यो । यसको धेरै हदसम्म पालना भएको छ तर यो स्थायी उपाय होइन । यी सार्वजनिक प्रयोजनका स्थल पक्कै हुन् तर ती संस्थामा कुनै कारोबार नै नगरी उपयोगका लागि मात्र जानु नैतिक मानिँदैन । त्यहाँको व्यवस्थापन ग्राहकको प्रयोजनका लागि मात्र गरिएको हुन्छ । पिउने पानीको समस्या महानगरको अर्को चुनौती हो । पैदल यात्रा गर्ने कुनै यात्रीले सहरका कुनै कुनामा पुगेर पनि आफ्नो तिर्खा मेट्न पाउँदैन । प्लास्टिक बोटलमा बेचिने महँगो पानीलाई महानगरले विकल्प मान्न मिल्दैन । हरेक पाइलामा राज्यलाई कर तिरेको नागरिकले यो सामान्य सुविधा महानगरबाट पाउने अपेक्षा राख्नु स्वाभाविक र सामान्य विषय हो । छिमेकी देश भारतका ठुला साना जुनसुकै सहरमा पिउने पानी राज्यले व्यवस्था गरेको छ । सामाजिक सङ्घ संस्थाले उपलब्ध गराएका छन् । नेपालमा यस्तो कुनै सहर सायदै होलान्, जसले नागरिकको यो सामान्य मर्कामा ध्यान पनि दिएको होस् । टुकुचा नदीको खोजी र दशकौँअघिदेखि नदी क्षेत्रमा बनेका संरचना भत्काउने कार्य गरेर महानगरले प्रशंसा नै कमाएको हो । सार्वजनिक स्थल मिचेर घर टहरा बनाउनेलाई हटाउने महानगरको प्रयास प्रशंसायोग्य नै छ । मासिएका र नासिएका पोखरी, पाटी पौवा र धाराको खोजी पनि बिस्तारै सुरु हुन थालेको छ । यी सार्वजनिक सम्पत्तिलाई निजी स्वामित्व बनाई दिनेको खोजी अहिले पनि हुन सकेको छैन । ती सार्वजनिक सम्पत्ति कसले व्यक्तिलाई दिलायो, उनीहरू आफैँले बिनाआधार कब्जा गरेका त पक्कै होइनन् । कतिपय राम्रा काम अगाडि बढ्दै गर्दा गर्नुपर्ने धेरै काम बाँकी नै छन् । उपत्यकाको फोहोर व्यवस्थापन भइसक्यो र त्यो महानगरले ग¥यो भन्नु चाहिँ अतिशयोक्ति हुने छ । यो राजधानीका नगरको दायित्वभित्र पक्कै पर्छ तर यसको समाधान फेरि पनि अस्थायी ढङ्गमा गरिएको छ । कुनै पनि दिन ल्यान्डफिल्ड क्षेत्रका नागरिक फोहोर रोक्न उठे भने महानगरपालिकाको टाउको दुख्ने निश्चित छ । आज स्थानीयको एउटा माग सम्बोधन ग¥यो, केही समयपछि अर्को नयाँ माग जन्मन्छ । वर्षौंदेखि यो उपव्रmम चल्दै आएको छ । जहिलेसम्म फोहोरलाई मोहरमा बदल्ने अभियान सुरु गरिँदैन, यसको स्थायी समाधान सम्भव छैन । कुहिने, नकुहिने र सिसाजन्य फोहोर छुट्याएर सङ्कलन गर्न महानगरले नागरिकलाई सचेत गराउन अहिले पनि बाँकी नै छ । फोहोर व्यवस्थापनका लागि धेरै पटक मल कारखाना र बिजुली उत्पादनका कथा राजधानीका नागरिकले सुन्दै आएका छन् । पछिल्लो समय आर्थिक रूपमा यी योजना निकै महँगो पर्ने तर्क पनि सुनिएका हुन् । सत्य के हो र गर्न के खोजिँदै छ ? यसको जवाफ नागरिकले पाएको छैन । प्रश्न सस्तो वा महँगोको होइन, नागरिक स्वास्थ्य र सहरको स्वच्छताको हो । आज बञ्चरे डाँडामा पु¥याएको फोहोरबाट राज्यले के प्रतिफल पाएको छ ? त्यहाँसम्म फोहोर पु¥याउन राज्यले निरन्तर लगानी त गर्दै आएको छ । त्यसैले राजधानी उपत्यकालाई नै स्वस्थ र स्वच्छ सहर बनाउन एक पटक गरिने ठुलो लगानीका लागि राज्य पछाडि हट्न मिल्दैन । सहरको सफाइ स्थानीय सरकारको दायित्व हो भने पनि ठुला लगानीका आयोजनामा सङ्घीय सरकारसँग हातेमालो गर्ने वातावरण तयार गर्नु पर्छ । महानगरले फुटपाथ व्यापारीलाई सडकबाट उठाउँदै गर्दा होस् वा घरटहरा भत्काएर विस्थापित गराउँदा उनीहरूको वैकल्पिक व्यवस्था के गरियो ? आमनागरिकको मनमा यो प्रश्न जीवितै छ । महानगरले दुई तीन हजार मानिसलाई सिपमूलक तालिम दिलाएका खबर आएका छन् । केही सय रोजगारदाताले उनीहरूको प्रशिक्षण अवलोकन पनि गरेका रहेछन् । विस्थापित र बेरोजगारको सङ्ख्या केही हजार वा सयमा सीमित पक्कै थिएन । काठमाडौँवासी नहुनु उनीहरूको रोजीरोटी गुम्नुका कारण हो र महानगरको दायित्व नहुने हो भने त्यस्ता लाखौँ मानिस काठमाडौँमा पेसा व्यवसाय गरेर जीविकोपार्जन गरिरहेका छन् । के व्यवस्थित व्यवसाय गर्ने हैसियत नहुनु उनीहरूको अपराध मान्ने ? के उनीहरूका प्रति स्थानीय सरकार मानिएको महानगरको कुनै दायित्व रहँदैन ? स्थानीय सरकार आफैँमा स्वायत्त सरकार हो । यसको अर्थ माथिल्ला सरकारसँग उसको कुनै सम्बन्ध वा सरोकार हुँदैन भन्ने होइन । महानगरले गरेका कामको जस स्वाभाविक रूपमा मेयरले पाउने हो । सिंहदरबारको फोहोर नउठाउने र सिंहदरबारमा आगो लगाइदिन्छु भन्ने जस्ता अराजक प्रस्तुति र अभिव्यक्तिले मेयरको मर्यादा बढाउँदैन । सडक विभाग अगाडि फोहोर थुपारेर गरिएको प्रतिरोधले मेयरको मर्यादामाथि नै प्रश्न उठायो । नागरिक तहबाट गरिने प्रतिकात्मक विरोध स्वाभाविक मानिन्छ तर सरकार आफैँ अराजक भयो भने त्यो अस्वाभाविक मात्र हुँदैन, अराजनीतिक पनि हुन्छ । महानगरले गरेका राम्रा कामको नागरिक तहमा प्रशंसा भइरहँदा यस पटकको महानगरको साधारण सभामा मेयरले आफ्नै सदस्यबाट विरोधको सामना गर्नु प¥यो । महानगरमा वडाध्यक्ष वा सदस्यका रूपमा राजनीतिक दलका प्रतिनिधित्व गरेका सबैले दुई वर्षसम्म मेयरलाई सहयोग नै गरे । सद्भाव नै राखे । यस पटक नगरसभामा विरोधका लागि दलहरू एक ठाउँमा उभिए । यसको एउटै कारण हो, मेयरबाट राजनीतिक संयमको अपेक्षा । मेयरलाई मत दिने र वडा अध्यक्ष वा सदस्यलाई मत दिने उनै नागरिक हुन् । मतको परिमाणमा मात्रै अन्तर हो । मैले पाएको मतको मात्र मूल्य छ, अरूले पाएको केही अर्थ छैन भन्ने होइन । लोकतन्त्रमा राजनीतिक संस्कार भएन भने त्यो दिगो हुन सक्दैन । त्यसैले मेयरप्रतिको प्रतिवाद लोकतन्त्रप्रतिको सम्मान र पदीय मर्यादाको अपेक्षास्वरूप अभिव्यक्त भएको हो । विरोधका लागि विरोध होइन भन्ने भावना बुझेर नेतृत्वले सबैलाई समेट्ने र अन्य पदाधिकारीले पनि स्वतन्त्र, निर्भीक, महानगरको विकासको भिजन भएको नेतृत्वलाई निःस्वार्थ सहयोग गरी सबै जना मिलेर कार्य गर्दा महानगरको मुहार फेरिन्थ्यो कि ?
धर्म, ईश्वर र राजनीति
धर्म कुनै वस्तु वा पदार्थमा रहने प्राकृतिक तथा स्वाभाविक गुण हो । हामी भन्छौँ आगोको धर्म पोल्नु, ताप दिनु हो । पानीको धर्म शीतलता दिनु र बग्नु हो । यो भन्दा हामी यिनीहरूमा रहेको प्राकृतिक गुणलाई धर्म भन्दछौँ । त्यस्तै असल आचरणलाई पनि धर्म भनिन्छ । जस्तै, मानव धर्म, पुरुष धर्म,नारी धर्म आदि । निर्जीव वस्तुको प्राकृतिक गुणमा प्राय स्थिरता हुन्छ । सजीव वस्तु त्यसमा पनि मानिसको प्राकृतिक गुण यही हो भन्न गाह्रो छ । किनकि हामी आजको मानिस बन्न धेरै आनुवंशिक परिवर्तन र सभ्यता परिवर्तन गरेर आएको छौँ । प्रथम मानव बनेपछि हामी कस्ता थियौँ र हाम्रो प्राकृतिक स्वभाव र व्यवहार कस्तो थियो, यकिनका साथ कसैले बताउन सक्दैन । उपनिषद्. बाइबल, कुरानहरूले गर्ने व्याख्या ब्रह्म वा ईश्वरमा आधारित छ । समाजशास्त्री तथा विज्ञानवादीले गर्ने व्याख्या फरक फरक छन् । थोमस हब्सले मानिस व्रmुर, हिंस्रक, झगडालु रहेको मान्छन् । जोन लक, जिन ज्याक रुसोले मानिस चेतना प्रधान र सम्झौतावादी भएको बताउँछन् । डार्बिनले मानिस धेरै आनुवंशिक परिवर्तनबाट वर्तमान अवस्थामा आएकाले मानिसको चेतना, स्वभाव र गुणमा पनि व्रmमिक विकास हँुदै आएको बताउँछन् । आदिम युगमा मानव अति आव्रmामक थियो होला । चेतनाको विकास सँगै र कृषिको आरम्भसँगै मानवको हिंस्रक र आव्रmामक स्वभावमा परिवर्तन हुँदै आजको अवस्थामा आइपुगेको छ । तापनि मानिसभित्र विरोधाभाषी स्वभाव अहिले पनि देखिन्छ । अहिले मानिस हिंस्रक पनि हो र अहिंस्रक पनि हो । मानिस असल पनि हो र खराब पनि हो । प्रत्येक मानिसको आनुवंशिक जिन, बाल्यकाल, पारिवारिक संस्कार, सामाजिक अवस्था, व्यक्तिले प्राप्त गरेको शिक्षा र प्रत्येक मानिसभित्रको फरक संवेद्यतालगायतले मानिसको स्वभाव र व्यक्तित्वको निर्माण हुन्छ ।आधुनिक युगमा हामीले सामान्यत बुझ्ने धर्मको उत्पत्ति कसरी भयो होला ? ईश्वरवादीको मत अनुसार बुझ्ने हो भने सजिलो छ । ईश्वरले आफ्ना अवतार या दूतमार्फत धर्मको व्याख्या र पालनको नियम बनाएको माने पुगिहाल्छ । प्राचीन हिन्दु ग्रन्थ मानिएका उपनिषद्को अध्ययन गर्दा उपनिषद्ले पनि ईश्वरीय सत्ताको अकाट्य पुष्ट्याइँ गर्दैनन् । ईशावास्योपनिषद्को प्रथम मन्त्रमा “ईशावास्यमिदं सर्वं यत्किञ्च्च जगत्याम् जगत्’’ अर्थात् संसारका सजीव निर्जीव सबै वस्तुमा ईश्वरको अंश छ भन्छ । यसैको चतुर्थ मन्त्रमा “अनेजदेकं मनसो जवियो नैनद्देवा आप्नुवन पूर्वमर्षत ।” ती सर्वात्मयामि परमेश्वर अचल हुँदाहँुदै पनी मन भन्दा पनि तीव्र वेगयुक्त छन् । ती परमेश्वरलाई देवता ऋषि कसैले पनि प्राप्त गर्न सक्दैनन् भनिएको छ । गीता दसौँ अध्यायको दोस्रो श्लोकमा पनि “न मे विदु सुरगणा प्रभवं न महर्षय ।” अर्थात् मलाई देवता ऋषिहरूले पनि जान्न सक्दैनन् भनिएको छ । अर्थात् ईश्वर दृश्य छैनन्, कल्पनातीत, अज्ञेय हुन् । बृहदारण्योकपनिषद्ले ब्रह्मको व्याख्या गर्छ । “अहं ब्रह्मास्मि” जस्ले ब्रह्म जान्दछ उसले सबैमा ब्रह्मरूप देख्छ र आफूलाई त्यसैको एक अंश मान्छ । छान्दोग्योपनिषद्मा ऋषि उद्दालकले पुत्र श्वेतकेतुलाई ज्ञान दिने व्रmममा भन्दछन् “तत्वमसि” त्यो तिमी नै हौ । अर्थात् ब्रह्म वा ईश्वर जे भने पनि त्यो तिमीभित्रै छ । ब्रह्म, ईश्वर, परमात्मा, परमेश्वर जे भने पनि त्यो सर्वत्र उपस्थित छ । इन्द्रियद्वारा जान्न सकिँदैन । अगम अपार छ । इन्द्रियद्वारा जान्न नसकिने ईश्वरको रचना मानिसको कल्पना हो कि मानिस ईश्वरको सिर्जना हो यो रहस्य नै छ र सायद रहस्य नै रहने छ । किनकि विज्ञानका खोजका पनि सीमा छन् । रूप, रङ्गहीन अदृश्य, अस्पर्श सत्ताको खोज र प्रामाणिकता विज्ञानद्वारा पुष्ट्याइँ हुन सक्दैन ।भौतिकवादी दृष्टिकोणबाट पनि धर्म तथा ईश्वरको उत्पत्तिलाई कोरा कल्पना मानेर उपेक्षा गर्नु अनुपयुक्त हुन्छ । मानिसको चेतनाको विकास हँुदै गएपछि यो ब्रह्माण्डको विराटता र यसको सृष्टिको बारेमा जागेको कौतूहलताको विमर्शबाट कुनै अदृश्य सत्ताको पुनित कार्य भएको निष्कर्षमा मानिस पुगे होला । मानव समाजको विकास हँुदै गएपछि समाजलाई अनुशासनमा राख्न र खराब कर्मबाट रोक्न ईश्वर वा परमात्माको इच्छा र सन्देशको रूपमा नियम बनाए होलान् । नियमलाई पुष्ट्याइँ गरी बलशाली बनाउन विभिन्न साहित्य रचना भए जसलाई आज हामी धर्म, धार्मिक कार्य, पुण्यकार्य भन्दछौँ । यसरी हेर्दा पनि तत्कालीन समयमा ईश्वरीय सत्ता र धार्मिक नियम मानव कल्याणका लागि आवश्यक रहेको पाइन्छ । ईश्वर मानिसको रचना हो कि सृष्टि ईश्वरको रचना हो, यसमा बहस हँुदै जाला । भौतिकवादमा विश्वास गर्ने कतिपय विद्वान्को यो मत कि ईश्वरको अस्तित्व छैन भने पनि मानव कल्याणका लागि हामीले ईश्वरको सिर्जना गर्नु पर्छ भन्ने विचार सबैका लागि ग्रहणीय हुनु पर्छ । धर्म के हो भन्ने सन्दर्भमा गीताको पाँचाँै अध्यायको दसाँै श्लोक मननीय छ ।” ब्रह्मण्याधाय कर्माणि सङ्गं त्यक्तवा करोति य । लिप्यते न स पापेन पद्मपत्रमिवाम्भसा ।।” कर्मको फल ब्रह्ममा समर्पित गरेर आसक्तिरहित हुँदै कर्म गर्नाले पापले छुन सक्दैन । आसक्तिरहित कर्म गर्दा गलत काम हुँदैनन् । ब्रह्ममा समर्पित गर्नु भनेका लोक कल्याणको कार्य हो । यस्तो काम गर्नु नै धर्म हो ।ईश्वरको उत्पत्ति जगत् कल्याणको निमित्त हो । हरेक धर्मले ईश्वर एउटै छ भन्छ । धर्मका अभ्यास मात्र फरक छन् । प्रथम मानवको उत्पत्ति दक्षिण वा दक्षिणपूर्वी अफ्रिका भएको मानिए पनि त्यसपछि घुम्दै डुल्दै मानिस यो संसारका विभिन्न कुनामा पुग्यो । सिकारी अवस्थाबाट कृषि युगमा प्रवेश गरेपछि अलग अलग स्थानमा बस्ने मानिसले अलग अलग सभ्यता र संस्कृतिको विकास ग¥यो । संस्कृतिको विकासमा फरक फरक देश समुदायका भिन्न भिन्न चिन्तनशील आत्मज्ञानी व्यक्तिले समाजलाई ज्ञान सन्देश प्रवाहित गरे । हिन्दु वा सनातनधर्मीमा ब्यास, शङ्कराचार्य, मुस्लिममा मोहम्मद, यहुदीमा मोसेज, बौद्धमा बुद्ध, इसाईमा जेसस व्रmाइस्ट तथा पोप फ्र्यान्किस आदि व्यक्तिले समाजलाई ज्ञान बाँडे । यिनै व्यक्तिले बाँडेको ज्ञान सन्देशको आधार तथा भौगोलिक भिन्नता अनुसार गरिने व्यावहारिक संस्कारबाट फरक फरक धर्मको विकास भयो ।सनातन धर्मको रूपमा विकास भएकाले हिन्दु धर्मले सुरुमा विरोधको सामना गर्नु परेन । विगतमा हिन्दु धर्म सबै धर्मप्रति सहिष्णु रहेको पाइन्छ । हिन्दु धर्मपछि यहुदी धर्मको विकास भयो । यसले पनि स्थापना हँुदा विरोधको सामना गर्नु परेन । इस्लाम धर्म सुरु गर्दा मोहम्मदलाई मक्काबाट खेदिएर मेदिना जानु प¥यो । पछि मक्कामा आव्रmमण गरी विजय भएपछि इस्लाम धर्म अरब जगत्मा विस्तारित भयो । इसाई धर्मका संस्थापक जेसस व्रmाइस्टलाई व्रmसमा झुन्डिएर मारिनु प¥यो । उपनिषद्, कुरान बाइबिलमा आध्यात्म ज्ञान आत्म चिन्तनका सन्देश छन् । रामायण महाभारत तथा पुराणहरूमा ईश्वरका अवतारले दुष्टहरूलाई संहार गरेको भनेर हिंसालाई स्थान दिइएको छ । इस्लाम र इसाई धर्मावलम्बीमा त धर्म स्थापना नै हिंसा तथा बल प्रयोगबाट भएको छ । यसले जे जस्तो रूपमा भए पनि शक्तिसँग धर्मको सम्बन्ध देखिन्छ । के यो मानिसको सुरुवातको हिंसात्मक स्वभावको प्रतिविम्ब हो कि असल कामको आरम्भ गर्दा खराबको दमन गर्नु पर्छ भन्ने सन्देश हो ?धर्माचरणलाई ईश्वरीय आज्ञाको अनुपालन मानिन्छ । ईश्वरवादीका लागि ईश्वर नै सार्वभौम सत्ता हो । उसैको इच्छाअनुसार यो ब्रह्माण्डको निर्माण भयो र जीव उत्पत्ति भए । ईश्वरीय शक्तिले नै यो जगत् चलायमान छ । मध्ययुगमा यही सिद्धान्त अनुसार राजाहरूले शासन गरे । राजाहरूलाई ईश्वरीय शक्ति प्राप्त वा ईश्वरको प्रतिनिधि मानियो । सुरुमा धर्माधिकारी र राजाको सहकार्य भए पनि पछि राजा र धर्माधिकारी बिच विवाद सुरु भयो । युरोप र अमेरिकामा चर्च तथा पोप पादरीहरू र राज्यको बिचमा अधिकार क्षेत्रको विषयमा विवाद बढ्यो । शासनको जनतान्त्रिकरणको सुरुवातसँगै धर्म र राज्यलाई अलग राख्ने विचार विकसित हुँदै गयो । सन् १६४४ मा सर्वप्रथम धर्मशास्त्री रोजर विलियमले धर्म र राज्यलाई अलग नगराएको खण्डमा राज्य र धार्मिक संस्था दुवै भ्रष्ट हुने तसर्थ राज्य धर्म निरपेक्ष रहनु पर्ने विचार राखे । अमेरिकी संविधानको प्रथम संशोधनको समयमा डेनवरी बापिस्ट एसोसिएसनलाई लेखेको चिठीमा राष्ट्रपति थोमस जेफर्सनले धर्म मानिसको विशुद्ध व्यक्तिगत आस्थाको विषय भएकाले आस्था तथा विचारमा राज्यको वैधानिक अधिकार तथा नियन्त्रण न रहने, मानिसको कर्मको बारेमा मात्र सरकारले कानुन बनाउन सक्ने भन्दै धर्म निरपेक्ष राज्यको अवधारणा विकसित गरे । अहिले संसारका अधिकांश लोकतान्त्रिक देशले धर्म निरपेक्ष संविधान बनाएका छन् ।राजनीतिमा धर्मको प्रयोग गर्न छाडिएको छैन । विशेष गरी पाखण्डी प्रियतावादीहरू धर्म र राष्ट्रियतालाई सत्ता प्राप्तिको साधन बनाउँछन् । स्वस्थ जनतन्त्रमा धर्म व्यक्तिको आस्था र विश्वासको विषय हुन्छ । राष्ट्रियता स्वतःस्फूर्त साझा हुन्छ । पाखण्डी राजनीतिज्ञले बहुमत धर्मावलम्बीको आस्थाको शोषण गर्दै काल्पनिक भय सिर्जना गर्छ । एकताबद्ध समाजलाई विभाजन गरी जनतन्त्रलाई विकृत बनाउँछ । धर्म र राज्यलाई अलग न गर्ने हो भने दुवै भ्रष्ट हुन्छन् भन्ने रोजर विलियमको भनाइ धूर्त राजनीतिज्ञको कृत्य र परिणामले प्रमाणित गरेको छ । धर्मको अर्थ मानव कल्याण, जगत् कल्याण हो । राज्य र सरकारको काम सर्वजन हित हो । अल्पमत बहुमतको कुरा मात्र होइन शासकले एउटा व्यक्तिको आवाजको पनि कदर गर्नु पर्छ भन्ने सन्देश रामायणले दिएको छ । पाखण्डी रामको मूर्ति त स्थापना गर्छन् तर आधुनिक धर्मसभामा आफ्नो विरोध गर्नेलाई सभाबाट नै निष्कासन गर्छन् । कुनै पनि धार्मिक मतले अर्को धार्मिक मतप्रति घृणा फैलाउँदैन । महाभारतमा भनिएको छ, त्यही धर्म अपनाउनु पर्छ, जसको अन्य धर्मसँग विरोध नहोस् । पाखण्डी राजनीतिज्ञको कारणले इसाई मुस्लिमको जुन द्वन्द्वमा आज युरोपियन समाज बाँडिएको छ र विगतमा मुस्लिम तथा इसाई आव्रmमणको पीडा हिन्दु सभ्यताले सहनु प¥यो, त्यही गल्ती हिन्दुहरूले दोहो¥याउनु इतिहासबाट शिक्षा न लिनु हो । साथै हिन्दु धर्मलाई नबुझ्नु पनि हो ।
जनसरोकारप्रति उदासीनता
संसदीय व्यवस्थामा जनप्रतिनिधिहरूको सर्वोच्च निकाय संसद् नै सर्वोपरि मानिन्छ । संविधानले प्रतिनिधि सभा र राष्ट्रिय सभा नामका दुई सदनसहितको एक सङ्घीय व्यवस्थापिकाको परिकल्पना गरे अनुरूपको सङ्घीय संसद् हामीकहाँ विद्यमान छ । जनताद्वारा बालिग मताधिकारका आधारमा प्रत्यक्ष निर्वाचित जनप्रतिनिधिको थलो प्रतिनिधि सभा प्रत्यक्षतः विधि निर्माण र जनसरोकारका विषयमा केन्द्रित हुने थलो हो । कार्यकारीको निर्माण र नियन्त्रण पनि विधायिकाले गर्छ । संविधानद्वारा निर्देशित विषय तथा आफैँले निर्माण गरेका कानुन र नियमावली अनुसार सञ्चालन हुने संसदीय कामकारबाहीलाई प्रभावकारी बनाउन स्वयम् प्रतिनिधि सभा सदस्यहरूकै भूमिका महìवपूर्ण हुन्छ । सरकारले प्रतिनिधि सभालाई काम (बिजनेस) दिने हो । पर्याप्त काम नपाउँदा संसद् सुस्ताउने थलो बन्ने गरेको समेत छ तर यस्तो अवस्थामा जनसरोकारका विषयमा संसद्मा घनीभूत रूपमा छलफल हुन सके सरकारका लागि संसदीय दबाबसहितको कार्यदिशा बन्न सक्छ । संसद्को अहिलेको कामकारबाहीलाई हेर्दा सरकारको नीति तथा कार्यव्रmम, वार्षिक बजेट, विनियोजन विधेयक एवं सरकारी विधेयकहरूमा गरिने बाध्यात्मक छलफलभन्दा पर कमै मात्र ध्यान जान सकेको देखिन्छ । संसद्मा दर्ता भएका गैरसरकारी विधेयक, जनसरोकारका विषयसम्बद्ध प्रश्न र प्रस्ताव उपर छलफल गर्नेतर्फ संसद् उदासीन रहेको पाइएको छ । प्रतिनिधि सभाको पछिल्लो कार्यकालमा त प्रस्तावउपरको छलफल शून्य रहनुलाई विडम्बनापूर्ण मानिएको छ । संसद्मा उठाइने प्रश्न र दर्ता गरिने विभिन्न प्रस्तावलाई सरकारमाथिको संसदीय निगरानी बढाउने माध्यमका रूपमा लिइने गरिएको छ । जनप्रतिनिधिले संसद्लाई दिने कामका रूपमा पनि यसलाई हेरिन्छ । संसद्मा दर्ता गरिएका यी विषयमा आवश्यक छलफलपछि संसदीय नियम अनुसारको प्रव्रिmयाबाट टुङ्ग्याउने परम्परा कायम गर्नुपर्नेमा प्रव्रिmयामा प्रवेश नै नगराइ निष्व्रिmय बनाइनु संसदीय मर्यादाविपरीत भएको जानकारहरूको अभिमत छ । प्र्रतिनिधि सभामा उठाइने प्रश्न र प्रस्ताव दर्ता गर्ने सदस्यले सभामुखलाई ध्यानाकर्षण गराउँदासमेत छलफल नगराइएको गुनासो सांसदहरूले गरेको समाचार प्रकाशित हुँदै आएको छ । दर्ता भएका प्रस्ताव विभागीय मन्त्रीसँग परामर्श गरेर छलफलमा लैजाने दायित्व स्वयम् सभामुखको हो । सङ्घीय संसद् सचिवालयका अनुसार, प्रतिनिधि सभामा जरुरी सार्वजनिक महìव, ध्यानाकर्षण र सङ्कल्पसमेत गरी १६ वटा प्रस्ताव दर्ता भएका थिए । चालु अधिवेशनमा दर्ता भएका चार वटाबाहेक अन्य १२ वटा प्रस्ताव स्वतः निष्व्रिmय भइसकेका छन् । कतिसम्म भने मौजुदा प्रतिनिधि सभाले अहिलेसम्म एउटा प्रस्तावमा पनि छलफल गरेको अभिलेख छैन । चालु अधिवेशनमा तीन वटा प्रस्ताव दर्ता गराउनुभएका प्रतिनिधि सभा सदस्य प्रदीप पौडेल र डेङ्गु सङ्व्रmमणसम्बन्धी जरुरी सार्वजनिक महìवको प्रस्ताव दर्ता गराउनु हुने प्रतिमा गौतम आफूहरूले आमसरोकारका विषयमा संसद्मा छलफल होस् भन्ने चाहेको तर प्रस्तावले छलफलमै प्रवेश नपाएकोमा निरासा व्यक्त गर्नुभएको छ । सभामुख र महासचिवको ध्यानाकर्षण गराउँदासमेत महìव नपाउनुले संसदीय कामकारबाही परिपक्व हुन नसकेको स्वयम् सांसदहरूकै बुझाइ छ ।जनप्रतिनिधिले उठाउने जनसरोकारका प्रश्न र प्रस्तावहरूले सार्वजनिक महìव राख्छन् । यसैका लागि नै उनीहरू जनताद्वारा चुनिएर आएका हुन् । प्राकृतिक विपत्ति, सार्वजनिक सम्पत्तिको संरक्षण, वैदेशिक सम्बन्ध, सीमा सुरक्षा, राज्यकोष परिचालन, विकास निर्माण, विषय अनेक हुन सक्छन् । दर्ता गरिएका प्रस्तावहरू यिनै विषयको सेरोफेरोमा हुँदाहुँदै पनि छलफलमै प्रवेश नपाएर स्वतः निष्व्रिmय हुनु आफैँमा विडम्बनापूर्ण ठहर्छ । यस मामिलामा राष्ट्रिय सभामा भने अगाडि देखिएको छ । राष्ट्रिय सभामा २१ वटा प्रस्ताव दर्ता भएकामा अधिकांश प्रस्तावमा छलफल भएको पाइएको हो । प्रतिनिधि सभामा चालु अधिवेशनमा प्रस्तावबारे छलफलको विषय कार्यतालिकामा समावेश गरेर पनि राजनीतिक घटनाव्रmमले पछि धकेलिएको सङ्घीय संसद्का प्रवक्ताको भनाइले पुष्टि हुन्छ । प्रतिनिधि सभामा कुनै एक दलको मात्र स्पष्ट बहुमत कायम नहुँदा सरकार बनाउने र ढाल्ने खेलले निरन्तरता पाउँदाको दुष्परिणाम प्रतिनिधि सभामा देखिएको अनुभूत हुन्छ । आजको प्रतिपक्ष भोलि सत्तापक्ष हुने र सरकार गठनमै विशेष ध्यान जाने हुँदा संसदीय कामकारबाही अगाडि बढ्न नसकेको राजनीतिक टिप्पणीकारको बुझाइ मननीय देखिन्छ । जनसरोकारका प्रश्न र प्रस्तावहरू मात्र नभएर कतिपय अत्यावश्यक विधेयकसमेत थन्किएका छन् । संसद्मा स्वयम् विधायकहरूको उपस्थिति न्यून देखिने गरेको छ । छलफलद्वारा निष्कर्षमा पुग्नु सकिने कतिपय विषयमा महिनौँसम्म संसद् अवरोध गरिएका उदाहरण पनि छन् । संसदीय गरिमा वृद्धि गर्नेतर्फ व्यवस्थापिका संसद् मात्र नभएर सरकारको समेत उत्तिकै भूमिका रहन्छ । जनप्रतिनिधिको थलोमा सार्वजनिक महìव तथा जनसरोकारका विषयमा विचार मन्थन गर्न कन्जुस्याइँ गरिनु युक्तिसङ्गत देखिँदैन ।
मेलम्चीको पानी बाह्रै महिना ल्याउने उपाय सुझाउन निर्देशन
राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले मेलम्ची खानेपानी आयोजनाबाट बाह्रै महिना काठमाडौँ उपत्यकामा खानेपानी आपूर्ति र वितरण गर्न देखिएका मूलभूत समस्याको समाधानका लागि ठोस सुझावसहितको प्रस्ताव समितिसमक्ष पेस गर्न खानेपानी मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ ।
भारतमा सवारी दुर्घटना : तीन नेपालीको मृत्यु
बाँकेको नरैनापुरसँग सिमाना जोडिएको भारतको बघौडा तालदेखि पाँच किलोमिटर पूर्व राजपुर मोडमा भएको सडक दुर्घटनामा तीन जना नेपालीको मृत्यु भएको छ ।
बाढीमा फसेका स्वास्थ्यकर्मीको सकुशल उद्धार
सर्रे खोलामा आएको बाढीमा फसेका लहान नगरपालिका-२४ झुट्कीका ४० वर्षीय स्वास्थ्यकर्मी अरुण चौधरीलाई प्रहरीले आज सकुशल उद्धार गरेको छ । चौधरी लहान-९ खुट्टीपारि स्वास्थ्य चौकीमा कार्यरत हुनुहुन्छ ।
चीनमा १०४ जिउँदो सर्प ट्राउजरमा राखी तस्करी गर्दै गरेको अवस्थामा पक्राउ
चीनको मुख्य भूमिमा १०० भन्दा बढी जिउँदो सर्पलाई ट्राउजरमा हालेर तस्करी गर्न खोज्ने एक व्यक्तिलाई पक्राउ गरिएको चीनको भन्सार प्रशासनले जनाएको छ ।
भासिएको सडक छोपिँदै
पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत भोजपुरको पश्चिम टेम्केमैयुङ गाउँपालिका वडा नं ३ मेस्पाङमा भासिएको सडक प्लाष्टिकले छोपिँदै ।
कांग्रेससँग संविधान संशोधनका लागि आयोग बनाउने सहमति भएको छैन : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली काङ्ग्रेस-एमालेबिच संविधान संशोधनका लागि आयोग बनाउने सहमति नभएको बताउनुभएको छ ।
वर्षाले जनजीवन प्रभावित, विद्यालय बन्द
सुनसरीमा चार दिनदेखिको अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ ।
वर्षातमा उर्लेको त्रिशूली नदी
मनसुन सक्रिय भएपछि तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–२९ गाईघाटस्थित मादी, सेती र त्रिशुलीनदीको सङ्गमस्थलमा बढेको पानीको सतह र आसपासका डाँडाकाँडाको हरियाली ।
युद्ध अन्त्य गर्न भारतको आग्रह
रूससँगको भारतको सम्बन्धले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमा द्वन्द्व अन्त्य गर्न आग्रह गर्ने क्षमता दिएको ह्वाइट हाउसले मङ्गलबार जनाएको छ ।