नौ प्रतिशत लाभांश वितरण गर्ने ग्लोबल आईएमई बैंकको घोषणा
ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकको पहुँच नपुगेका नागरिकहरुलाई सेवा पुर्याउने प्रमुख प्राथमिकता ग्लोबल आईएमई बैंकको रहेको बताउनुभएको छ ।
नेप्से परिसूचकमा ३६ दशमलव ८६ अङ्कको वृद्धि
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ३६ दशमलव ८६ अङ्कको वृद्धि देखिएको छ । आज परिसूचक एक दशमलव ८९ प्रतिशतले बढेर एक हजार नौ सय ८५ दशमलव ४४ को विन्दुमा कायम भएको हो ।
शेयरको ‘लक इन’ अवधि सकिनु एक महिना अगावै जानकारी गराउन निर्देशन
नेपाल धितोपत्र बोर्डले पुँजीबजारमा कारोबार हुने शेयर रोक्का अवधि (लक इन पिरियड) सकिनु एक महिना अगावै जानकारी गराउन निर्देशन दिएको छ ।
एनसेलको शेयर बिक्रीविरुद्धको रिटमा सुनुवाइ हुँदै
एनसेलको शेयर बिक्री रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर गएको रिट निवेदनमाथि आज सुनुवाइ हुँदै छ ।
सेयर बजारमा उछाल
नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि खुलेको सेयर बजार उछालिएको छ । लामो समयदेखि लगानीकर्तालाई निराश बनााउँदै आएको सेयर बजार आइतबार खुलेकै पाँच मिनेटमै सकारात्मक सर्किट ब्रेक लागेको हो । लगातार तीन पटक सर्किट ब्रेक लागेको बजार १११.२० अङ्कले उकालो लागेको छ भने कारोबार रकम भने कम समय कारोबार हुँदा ४८ करोड रुपियाँमै सीमित भएको छ ।
नेप्से परिसूचकमा छ प्रतिशतको वृद्धि
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा छ प्रतिशतको वृद्धि भएसँगै आजको कारोबार बन्द भएको छ । आजको कारोबारपछि परिसूचक एक सय ११ दशमलव २० अङ्कले बढेर एक हजार नौ सय ६३ दशमलव ९८ को विन्दुमा कायम भएको नेप्सेले जनाएको छ ।
समितिले एनसेल शेयर खरिद प्रकरणबारे प्रधानमन्त्रीसँग जानकारी लिने
राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बोलाएर एनसेलको शेयर खरिद बिक्री प्रकरणको सम्बन्धमा जानकारी लिने भएको छ ।
एनसेलको शेयर खरिदबिक्री प्रकरणको अनुसन्धान गर्नैपर्छ : सभामुख
सभामुख देवराज घिमिरेले एनसेलको शेयर खरिदबिक्री प्रकरण रहस्यमय बनेको बताउनुभएको छ ।
नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव ३३ अङ्कले बढेर एक हजार आठ सय ४१ दशमलव ०४ विन्दुमा कायम भएको हो ।