नेप्से परिसूचक ४२ दशमलव १४ अङ्कले घट्यो
यो साता कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ४२ दशमलव १४ अङ्कले घटेको छ । नेप्से परिसूचक दुई दशमलव ०९ प्रतिशतले घटेर एक हजार नौ सय ६४ दशमलव ९१ अङ्कमा कायम भएको हो ।
साताको शेयर बजार : चार दिनको कारोबारमा एक दिन घट्यो तीन दिन बढ्यो नेप्से
यो साता धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकको उतारचढाव सामान्य रह्यो । कूल चार दिनको कारोबारमा तीन दिन बढेको बजार एक दिन घटेको थियो ।
नेप्से परिसूचक ४४ दशमलव ३० अङ्कले बढ्यो
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४४ दशमलव ३० अङ्कले बढेको छ । आजको कारोबारमा परिसूचक दुई दशमलव २८ प्रतिशतले बढेर एक हजार नौ सय ८६ दशमलव ९९ अङ्कमा कायम भएको हो ।
नेप्से परिसूचक छ दशमलव ४५ अङ्कले घट्यो
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक छ दशमलव ४५ अङ्कले ओरालो लागेर एक हजार नौ सय ६१ दशमलव ३७ मा सीमित भएको छ ।
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आइतबार उच्च अङ्कले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २९ दशमलव ८१ अङ्कले ओरालो लागेर एक हजार नौ सय ६० दशमलव ७८ मा सीमित भएको छ।
श्रीनगर एग्रिटेकले आइपिओ निष्कासन गर्ने
श्रीनगर एग्रिटेक इन्डस्ट्रिज लिमिटेडले आइपिओ (सेयर) निष्कासनका लागि प्रक्रिया अगाडि बढाउन आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैङ्किङ लिमिटेडलाई नियुक्त गरेको छ । श्रीनगर एग्रिटेक इन्डस्ट्रिज लिमिटेडका तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक सतीशचन्द श्रेष्ठ र निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैङ्किङ लिमिटेडका तर्फबाट अख्तियारप्राप्त प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशीबिच मङ्गलबार सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । सम्झौतामा नबिल इन्भेस्टमेन्ट बैङ्किङ लिमिटेडले श्रीनगर एग्रिटेक इन्डस्ट्रिज लिमिटेडको सेयर सार्वजनिक निष्कासनसम्बन्धी कार्य सम्पन्न गर्नका लागि आवश्यक पूर्वतयारी गर्ने जनाइएको छ ।
सामान्य अङ्कले घट्यो नेप्से परिसूचक
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज (मङ्गलबार) नेप्से परिसूचक पाँच दशमलव ०५ अङ्कले घटेर एक हजार नौ सय ९३ दशमलव ४२ अङ्कमा कायम भएको छ ।
संस्थापकद्वारा अप्पर तामाकोशीको हकप्रदमा लगानी
अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडका संस्थापक सेयरधनीले हकप्रद सेयरबापतको रकम बुझाएका छन् । ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका संस्थापक सेयरधनीहरू नेपाल विद्युत् प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी लि. (नेपाल टेलिकम), नागरिक लगानी कोष र राष्ट्रिय बिमा संस्थानले आफ्नो सेयर अनुपातमा हकप्रद सेयरबापतको कुल पाँच अर्ब ४० करोड नौ लाख रुपियाँ चुक्ता गरेका छन् ।
नेप्से परिसूचकको ओरालो यात्रा जारी
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आइतबार पनि २० दशमलव ५४ अङ्कले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार परिसूचक २० दशमलव ५४ अङ्कले ओरालो लागेर एक हजार नौ सय ९३ दशमलव ३८ कायम भएको छ।