नेप्से परिसूचक दाहोरो अङ्कले ओरालो, एक अर्ब ८० करोडको कारोबार
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६.६० अङ्कले ओरालो लागेर दुई हजार २७.३२ मा ओर्लेको छ ।
नेप्से परिसूचक १३.३३ अंकले बढ्यो
बुधवार नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ। मंगलबार ९ अंकले गिरावट आएको नेप्से परिसूचक बुधबार १३.३३ अंक बढेर २०४३.९२ बिन्दुमा पुगेको छ।
शेयर निष्काशन ६ महिनापछि गर्न सुझाव
रसुवामा निर्माणाधीन साञ्जेन जलविद्युत् कम्पनीद्वारा स्थानीयका लागि छुट्याएको शेयर तत्काल बिक्री खुला नगर्न आग्रह गरिएको छ । एक सय ११ मेगावाट क्षमताको रसुवागढी हाइड्रोपावर कम्पनीले यही १३ गतेदेखि ६८ लाख ४२ हजार १०० कित्ता शेयर बिक्री खुला गरेको थियो । आर्थिक समस्याका कारण जिल्लावासीले पाउने सञ्जेन कम्पनीको शेयर हाललाई बिक्री खुला नगर्न स्थानीयले माग गरेका हुन् ।
नेप्से कारोबार रकममा गिरावट
मंगलबार नेप्से परिसूचकसँग कारोबार रकममा गिरावट आएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज ४६.०८ अङ्कले घटेर २०३०.५९ बिन्दुमा झरेको हो ।
नेप्से परिसूचक ९.७५ अंकले गिरावट
साताको पहिलो कारोबारको दिन उच्च अंकले बढेको नेप्से साताको दोस्रो कारोबारमा सामान्य गिरावट आएको छ । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक ९.७५ अंक घटेर २०७६.६७बिन्दुमा झरेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.६८ अंक, फ्लोट इण्डेक्स ०.४७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६८ अंक घटेको छ ।
नेप्से परिसूचक ओरालो लाग्दा कारोबार रकम बढ्यो
अघिल्लो केही दिन उकालो लागेको नेप्से परिसूचक आज भने ९.७५ अङ्कले ओरालो लागेर दुई हजार ७६.६७ मा ओर्लेको हो ।
नेप्सेमा सुधार
सेयर बजारले २१ सयको बिन्दु पछ्याएको छ । अघिल्लो साता सामान्य गिरावट भएर बन्द भएको बजार यो साताको पहिलो दिन झन्डै ६० अङ्कले सुधारिएको छ भने कारोबार रकममा पनि उच्च वृद्धि देखिएको छ ।आइतबार सेयर बजार मापक नेप्से परिसूचक ५७.६५ अङ्कले उकालो लाग्दा नेप्से परिसूचक २०८६.४२ को बिन्दुमा पुगेर रोकिएको छ ।
नेप्सेमा पहिरो, दुई कम्पनीको शेयरमा सर्किट
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ८.८७ अङ्कले ओरालो लागेर दुई हजार २८.७७ अङ्कमा पुगेको छ । त्यस्तै ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ३.१७ अङ्कले ओरालो लागेर ३८८.६२ मा ओर्लेको छ ।
नेप्से परिसूचक ७४.९३ अङ्कले वृद्धि
शेयर बजार मापक नेप्से परिसूचक बिहीवार उच्च अङ्कले वृद्धि भएको छ । साताको आइतवार उच्च अङ्कले बढेको नेप्से पछिल्लो तीन दिन भारी अङ्कले गिरावट भएको थियो । तर, बिहीवार भने नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएर परिसूचक दुई हजार बिन्दुमाथि पुगेको छ ।