मन रित्तो रित्तो छ यतिखेर (कविता)
जीवनको ओराली उकालीमा ससाना आवृतिले च्वास्स घोच्छ, ढुकढुकी बढ्छ भासिँदै र उक्लिँदै तीव्र आवेगमा
शान्तिमा जलिने हो कि ! (कविता)
जाडो भो भनेर मजाले टन्टलापुर घाम तापेको पोल्न पो थाल्यो ।
नारी (कविता)
सक्षम छन् नारी, मौका मिले बराबरी नारीको सम्मान गरी, हुँदैन कसैको अपमान । बढ्दै छन् नारी, शिखर चढ्न अघि सरी नारी हुन् सौन्दर्य, सहनशीला धैर्यको पुजारी ।
अर्थ सामाजिक व्यवस्थाको बदलिँदो चित्रण
समाजमा सबैले देखिरहेका कुरा देख्न किताब पढ्नु पर्दैन । अरूले देख्न नसकेका कुरा देख्न र देखाउन वा धेरैले देखेकै कुरामा पनि सिर्जनात्मक मत सञ्चार गर्न साहित्य रचना गर्नु र अध्ययन गर्नु जरुरी छ । परम्परागत समाजबाट आधुनिकतातिर गइरहँदा भत्किँदै गरेको जात व्यवस्थालगायत अर्थ सामाजिक प्रणालीका बहुविध आयाम देखाइएको ‘रूपिका’ उपन्यासमा प्रेमप्रति विश्वास व्यक्त गरिएको छ । यसमा मनोभाव र सामाजिक संरचनाको अन्तव्रिर्mया स्वरूप विकास भइरहेका नयाँ मान्यता तथा तोडिँदै गएका पुराना मूल्य बिचको फरकलाई घटना र पात्रको आलम्बनमा प्रस्तुत गरिएको छ ।
नाम्चेमा आधा दिन
हातको हातै भयो मोबाइल ! चलाउने मौकै परेन । ड्याम्म छोपिएको नाम्चेलाई खिच्छु भनेर कुरेको धेरै भयो । खोइ खुलेको होइन, नाम्चे बजार ! अलिअलि कुइरो पातलिन्छ । फेरि जस्ताको तस्तै । कतिखेर फाट्ला त ? दाउ हेरिरा’छु ।
सोह्रबुँदामा रुम्जाटार
चर्चा नम्बर–१ रुम्जाटार नेपाली जनजिब्रोले उच्चारण गरिरहने ठाउँ । रुम्जाटार नपुग्नेले समेत रुम्जाटारको उच्चारण गरिरहेकै हुन्छन् । ‘घुमिफिरी रुम्जाटार’ भन्ने नेपाली उखान त्यत्तिकै प्रचलित छ । प्रचलित उखानले रुम्जाटारलाई चिनाउन सघाएको छ । चर्चा नम्बर–२ “प्रचलित उखानले रुम्जाटारको निःशुल्क विज्ञापन गरिरहेको छ ।” त्यतिबेला पङ्क्तिकारले रुम्जाटारमा भेटेका साबिक रुम्जाटार गाउँ विकास समितिका पूर्वअध्यक्ष सीताराम गुरुङ
तिमी बोले चर्किने छ चट्टान...
काठमाडौँको खाल्डोमा धुलो र धुवाँको कोलाजभित्र रुमल्लिएका मान्छेका जीवन कुनै न कुनै दौडको यात्रामा छ । ती यात्रा कहा“ र कसरी अन्त्य हुने छ भन्ने हिसाबकिताब गर्न कसलाई फुर्सद छ र ? मान्छेहरू काठमाडौँभित्र कुनै कलाकारको क्यानभासमा पोतिएका अमूर्त रङहरू जस्तै असीमित अर्थ र गहिराइभित्र हराइरहेका छन् ।
कलाको कुम्भमेला
ओहो ! कला यस्तो पनि हुँदो रहेछ । होइन, कति धेरै होे कलाकारको ‘प्यासन’ । नेपाली मौलिक थाङ्का/पौभा कलाको अवलोकन गर्न पुग्नुभएकी बुटवलकी रीमा शर्माको आश्चर्यबोधक अभिव्यक्ति गुन्जियो । फोटोमा देखेकोभन्दा त प्रत्यक्ष हेर्नुको स्वाद नै बेग्लै हुने रहेछ । उहाँ पहिलोपल्ट कलामा यसरी रुमल्लिँदै हुनुहुँदो रहेछ । उहाँसँगै रहेका अन्य दिदीबहिनीको पनि अवस्था यस्तै थियो ।
हिमालमा ताल
यस वर्ष सगरमाथा आरोहणका लागि पहिलो सिजनमा इतिहासकै सबैभन्दा बढी व्यक्तिले आरोहण अनुमतिपत्र पाए । ६५ देशबाट ४६६ आरोहीले आरोहण गर्न अनुमति लिएको पर्यटन विभागको तथ्याङ्कले देखाउँछ, जसमा दुई जनादेखि सय जनासम्मका करिब ४३ टोली छन् । जब कि अघिल्लो वर्ष ४४ समूहका ३२३ जनाले आरोहण अनुमति पाएका थिए । सगरमाथा आरोहणको ७० वर्ष पूरा भएको छ । सन् १९५३ मे २९ मा सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले पहिलो पटक सफल