प्रविधिको विकास नै समृद्धिको आधार हो : मुख्यमन्त्री राउत
मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले अहिलेको युगमा विज्ञान प्रविधिको विकास नै बिकासको मुल आधार रहेको बताउनुभएको छ । मधेस प्रदेशको राजधानी जनकपुरधाममा राष्ट्रिय युवा परिषद नेपालको आयोजनामा बिहीबारदेखि शुरु भएको दुई दिवसीय राष्ट्रिय युवा बैज्ञानिक सम्मेलनको उदघाटन गर्नुहुँदै मुख्यमन्त्री राउतले सो कुरा बताउनुभयो ।
सवारी दुर्घटनामा एकजनाको मृत्यु, ११ जना घाइते
सप्तरीमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने ११ जना यात्रु घाइते भएका छन् । पूर्व पश्चिम लोकमार्ग अन्तर्गत हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित कंकालिनी मन्दिर र कोशी व्यारेजको बीचमा बिहीबार विहान बस पल्टिएर दुर्घटना भएको सप्तरी प्रहरीले जनाएको छ ।
हेलिकप्टरसहित हेलिप्याड निर्माणको माग
मधेश प्रदेशमा बाढीजन्य विपत् आउने आँकलन गर्दै एउटा हेलिकप्टरसहित स्थानीय तहमा हेलीप्याड निर्माणको माग गर्ने निर्णय गरेको छ । मधेश प्रदेशका गृह तथा सञ्चार मन्त्रालय अन्तर्गतका प्रदेश विपत् व्यवस्थापन कार्यकारी समितिको बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको सो मन्त्रालयका मन्त्री भरतप्रसाद साहले जानकारी दिनुभयो ।
धनुषामा किसानलाई मल अभाव
धनुषाको औरही गाउँपालिका–३ का सोभित पण्डित मलका लागि नजिकैको डिलरमा धाउँदाधाउँदा थाकिसक्नुभयो । दुई तीन दिनसम्म डिलरमा धाउँदासमेत मल नपाएपछि उहाँ निरास भएर रित्तो हात घर फर्किनुभयो ।
प्रदेशस्तरीय युवा महोत्सव हुने
‘समुन्नत मधेश प्रदेशका लागि साझा अठोट’ भन्ने नाराका साथ मधेश प्रदेशले पहिलो पटक प्रदेशस्तरीय दुई दिवसीय युवा महोत्सव आयोजना गर्नेभएको छ । मधेश प्रदेश महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंहले बुधबार पत्रकार सम्मेलनमार्फत महोत्सवका बारेमा जानकारी दिनुभएको हो । युवा महोत्सव यही असार १५ र १६ गते आयोजना हुनेछ ।
आज पाँच सय भारतीय पर्यटक जनकपुरधाम आउँदै
भारतीय रेलबाट एकै पटक पाँच सय धार्मिक पर्यटक आज (बिहीबार) जनपुरधाम आउदै छ । निजी खर्चमा ४९९ धार्मिक पर्यटक बोकेको भारतीय रेल गत मङ्गलबार साँझ ७ बजे दिल्लीबाट प्रस्थान गरेसँगै आज जनकपुर आइपुग्ने भएको हो ।
महोत्तरीमा २२९ जनामा मोतिबिन्दु भेटियो
महोत्तरी जिल्लामा पाँच दिनसम्म गरिएको आँखा शिविरबाट धेरैमा मोतिबिन्दुको समस्या देखिएको छ ।
खोलामा अवैध उत्खनन बढ्दो
प्रतिबन्ध विपरीत सर्लाहीको लखन्देही खोलामा अवैध उत्खनन बढेको छ । असारदेखि भदौसम्म तीन महिना नदीजन्य पदार्थको उत्खनन् गर्न नपाइनेगरी प्रतिबन्ध लगाइएको थियो । तर लखन्देही खोलामा खुलेयाम रुपमा उत्खनन भइरहेको स्थानीयको भनाई छ ।
खानेपानी छैन, शौच गर्न खेतबारीतिर
सामुदायिक विद्यालयको व्यवस्थापन, निरीक्षण, मूल्याङ्कन, अनुगमनलगायत सम्पूर्ण उत्तरदायित्व स्थानीय तहमा रहे पनि चन्द्रपुर नगरपालिकाको आधारभूत तहका अधिकांश विद्यालय भौतिक संरचना अभावमै सञ्चालित छन् । सम्बन्धित विद्यालयका अभिभाव