धुनीबेसीका वडाध्यक्षसहित ७ जनाविरुद्ध पक्राउ पुर्जी जारी
जिल्ला प्रहरी कार्यालय धादिङको अनुरोधमा धादिङको धुनीबेसी नगरपालिका–४ का वडाध्यक्ष र सचिवसहित जिल्ला अदालत धादिङबाट ७ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
राजस्व हिनामिनाको उजुरी बढ्दो
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडामा राजस्व हिनामिनाको उजुरी धेरै परेको छ ।
भ्रष्टाचारविरुद्ध ऐक्यबद्धता जाहेर गर्दै माइतीघरमा प्रदर्शन
भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित भएको २१ वर्ष पूरा भएको अवसरमा आज देशभर ‘भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस’ विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ ।
काँग्रेस कोषाध्यक्षमा श्रेष्ठको नाम अनुमोदन
सत्तारुढ दल नेपाली काँग्रेसले पार्टी केन्द्रीय सदस्य उमेश श्रेष्ठलाई पार्टीको कोषाध्यक्षमा अनुमोदन गरेको छ । सोमवार बसेको काँग्रेस केन्द्रिय कार्यासम्पादन समितिको बैठकले सभापति शेरबहादुर देउवाद्वारा मनोनित श्रेष्ठलाई कोषाध्यक्षमा बहुमतले अनुमोदन गरेको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो ।
उपप्रधानमन्त्री पौडेल र लुबिच भेटवार्ता
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबिच भेटवार्ता भएको छ ।
सबै मिलेर भ्रष्टाचार नियन्त्रण गर्नुपर्छ : मुख्यमन्त्री लामा
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) ले सबै मिलेर भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने बताउनुभएको छ ।
दाबीखोलामा पुल बनेपछि स्थानीय हर्षित
सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाका ३ नम्बर वडा र ६ नम्बर वडा जोड्ने मोटरेबल पुल सञ्चालनमा आएको छ । उक्त पुलको पूर्वमन्त्री मोहनबहादुर बस्नेतले उद्घाटन गर्नुभयो ।
मेलम्चीमा सुविधासम्पन्न स्वास्थ्य चौकी
मेलम्ची नगरपालिका–१३ फटकशिलामा एक करोड ९९ लाख ५६ हजार ३६५ रुपियाँ लागतमा सुविधासम्पन्न स्वास्थ्य चौकी निर्माण भएको छ । नगरपालिकाको आफ्नै बजेटमा निर्माण सम्पन्न उक्त स्वास्थ्य चौकीको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले उद्घाटन गर्नुभएको छ ।
‘एडीबीको सहयोग निरन्तर हुनेमा आशावादी’
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेपालको ऊर्जा क्षेत्रमा सहयोग पु¥याएका एसियाली विकास बैंक (एडीबी) लाई धन्यवाद दिँदै आगामी दिनमा सहयोग निरन्तर हुनेमा आशावादी रहेको बताउनुभएको छ ।
मानव–वन्यजन्तुबिचको द्वन्द्व घटाउने प्रयास भइरहेको छः वनमन्त्री शाही
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले मानव र वन्यजन्तुबिचको द्वन्द्व घटाउने प्रयास भइरहेको बताउनुभएको छ ।
भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस : नेपालको अवस्था झन् खस्कँदै
भ्रष्टाचार नियन्त्रणका लागि गरिएका प्रयासहरू परिणाममुखी हुन नसक्दा देशमा सुशासनको अवस्था थप चुनौतीपूर्ण बन्दै गएको छ ।
व्यक्तित्व विकासबारे प्रशिक्षण
ग्लोरी टिन एन्ड किड्स ट्यालेन्ट, २०२४ प्रतियोगिताका सहभागीले व्यक्तित्व विकास र टेबल म्यानरको प्रशिक्षण प्राप्त गर्नुभएको छ ।
सहरको किनाराको कथा ‘कोठा’
सहर सपना देख्नेहरूको भिडले घेरिएको छ । काठमाडौँ छिर्ने गाडीमा कोचिएर दैनिक कैयन ‘सपना’ सहर छिर्छन् । यही सपनाको भिडको एउटा कोठामा गुम्सिएका एक युवा ।
केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ ।
चुहावटका पाटा खोजिने
आन्तरिक राजस्व विभाग, भन्सार विभाग र राजस्व अनुसन्धान विभागले राजस्व चुहावटका जोखिमका क्षेत्र, वस्तु, नाका र समूह पहिचान गरी सूचना सङ्कलन गर्ने, विश्लेषण गर्ने तथा सोको कार्यान्वयनका लागि एकआपसमा सूचना आदानप्रदान गर्ने भएका छन् ।
पन्ध्र प्रतिशत जनता करमा दर्ता
मुलुकको कुल जनसङ्ख्याको १५ प्रतिशत कर प्रयोजनका दर्ता भएको पाइएको छ ।
नेपाल अन्तर्राष्ट्रिय आर्थिक सम्मेलन हुने
नेपाल उद्योग वाणिज्य महासङ्घले आगामी फेब्रुअरी पहिलो साता नेपाल अन्तर्राष्ट्रिय आर्थिक सम्मेलन आयोजना गर्ने भएको छ ।
मानव अधिकार सबैको दायित्व
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले मानव अधिकारको पालना गर्नू गराउनू सबैको दायित्व रहेको बताउनुभएको छ ।
शिक्षा समितिको बैठकप्रति सांसदको बेवास्ता
लामो समयदेखि चर्चामा रहेको विद्यालय शिक्षासम्बन्धी विधेयकमाथि छलफल गर्न सांसदहरूको अरुचि देखिएको छ ।
सार्कको निरन्तर सक्रियता आह्वान
प्रधानमन्त्री केपी शर्मा ओलीले सार्क राष्ट्रबिच पारस्परिक विश्वास, साझेदारी र सहयोगलाई बढावा दिनु सार्कको प्रमुख भूमिका रहेको बताउनुभएको छ ।
आयोगका प्रमुख आयुक्त र आयुक्तहरुलाई नियुक्तिपत्र प्रदान
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त र आयुक्तलाई नियुक्तिपत्र प्रदान गर्नुभएको छ । नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका गुरुङले आज मन्त्रालयमा प्रमुख आयुक्तमा डा. सुरेश आचार्य, आयुक्तहरूमा गगन विष्ट र दुर्गा भण्डारीलाई नियुक्तिपत्र प्रदान गर्नुभएको हो ।
काभा पुरुष भलिबल : हेल्प नेपालको लगातार दोस्रो जित
काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपमा हेल्प नेपाल स्पोर्टस क्लबले लगातार दोस्रो जित हात पारेको छ।
दुई बच्चासहित आमा मृत फेला
नुवाकोटको किस्पाङमा आमासहित दुई नाबालक बच्चा एकै स्थानमा मृत फेला परेका छन् । डोरीमा पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
नेप्से परिसूचकमा एक दशमलव ६७ प्रतिशतको गिरावट
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ४५ दशमलव ९३ अङ्कले घटेर दुई हजार छ सय ८९ को बिन्दुमा कायम भएको हो ।