देउडा हेर्न गएकी बालिका बलात्कृत
कैलालीको घोडाघोडी नगरपालिकामा एक बालिकामाथि सामूहिक बलात्कार भएको छ । बलात्कार आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सुखडले वडा १ को सुखड हेलिप्याडमा देउडा हेर्न गएकी १५ वर्षीया बालिकाको सामुहिक बलात्कारको जाहेरी परेपछि शुक्रबार उनीहरुलाई पक्राउ गरिएको प्रहरी प्रमुख लक्ष्मणबहादुर शाहीले बताउनुभयो ।
धनगढीमा भ्रष्टाचार विरुद्धको कार्टुन प्रदर्शनी
सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा शुक्रबारदेखि भ्रष्टाचार विरुद्धको कार्टुन प्रदर्शनी सुरु भएको छ।
प्रशासनिक पाटोमा बहस भएन : मुख्यमन्त्री भट्ट
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेपालमा राजनीतिक परिवर्तनसँगै गरिएका अपेक्षा पुरानै प्रशासनिक संरचनाका कारण सम्भव नभएको बताउनु भएको छ।
दुर्गालाई व्यवसायी बन्न छेकेन अपाङ्गताले
शुक्लाफाँटा नगरपालिका–२ लक्ष्मीपुरकी ३३ वर्षीया दुर्गा चौधरीलाई शारीरिक अपाङ्गता छ । उहाँको कम्मरमुनिको भाग चल्दैन । तीन वर्षको उमेरमै पक्षघात भएर चौधरीको कम्मरमुनिको भाग चल्न छाडेको हो ।
जटिल गर्भपतन गराउनेको संख्या वर्षेनि बढ्दै
पछिल्ला वर्षहरुमा जटिल गर्भपतन गराउनेको सङ्ख्या बढ्दैगएको छ । गत आर्थिक वर्ष २०७८–७९ मा डडेल्धुरामा २६ जनाले जटिल गर्भपतन गराएको स्वास्थ्य कार्यालय डडेल्धुराको तथ्यांक छ । आर्थिक वर्ष २०७७–७८ मा जटिल गर्भपतन गराउनेको संख्या १८ थियो ।
पुल बनाउन निरीक्षण
कैलालीको भजनी नगरपालिका –५ गुलरिया घाटस्थित मोहना नदीमा पुल निर्माणका लागि निरीक्षण गरिएको छ । गुलरिया घाटमा पुल निर्माण प्रक्रिया अगाडि बढाउन सङ्घीय सरकारले चालु आर्थिक वर्षमा बजेट विनियोजन गरेपछि एक टोलीले निर्माणस्थलको निरीक्षण गरेको हो ।
सम्बन्धविच्छेदका घटना बढ्दै
डोटी जिल्लामा सम्बन्धविच्छेदका घटना बढ्दै गएका छन्। डोटी जिल्ला अदालतबाट उपलब्ध तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको दुई महिना नपुग्दै सम्बन्धविच्छेदका सात मुद्दा दर्ता भइसकेका छन्। आर्थिक वर्ष २०७८/०७९ मा सम्बन्धबिच्छेदका लागि २५ वटा निवेदन दर्ता भएकोमा ०७७/०७८ मा १६ र ०७६/०७७ मा १३ वटा सम्बन्धविच्छेदका निवेदन दर्ता भएका थिए।
धूमधामसँग जाँत मनाइँदै
गौरा पर्व समापन भएपछि डडेल्धुरामा देवताका मन्दिर एवं थानमा धमाधम जाँत (देवीको शोभायात्रा) भइरहेका छन्। गौराघरमा गौरादेवी भित्र्याएपछि यहाँ विभिन्न मन्दिर एवं देवताका थानमा धार्मिक परम्पराअनुसार पूजाआजासहित जाँत मेला भइरहेका छन्। स्थानीयले आ–आफ्ना इष्ट कुलदेवताको पूजाआजा गरी जाँत मनाइरहेको पण्डित लोकराज भट्टले बताउनुभयो। गौरापर्वपछि भाद्र शुक्ल दशमीका दिन अजयमेरुको शिखरमा जाँत सम्पन्न भएको छ। अजयमेरु गाउँपालिका–१ को समैजी क्षेत्रको उच्च पहाडको घना जङ्गलमा रहेको भगवान् शङ्करको शिला रहेको मानिने शिखरमा पूजाआजा गरी मनाइएको छ। शिखरमा समजैजी क्षेत्रका भट्ट, भण्डारी, ऐर, बोहरा, साउद, महर, ताम्राकार जातिका एक दर्जनभन्दा बढी गाउँका स्थानीयले पूजाआजा गर्ने प्रचलन रहेको पण्डित भट्टले बताउनुभयो। यसै दिन अमरगढी नगरपालिका–७ को उच्च पहाड शिखरमा समेत पूजाआजा गरी शिखर जाँत मनाइन्छ।
बाढीपहिरोले बस्ती जोखिममा
बाजुराको बूढीगङ्गा र त्रिवेणी नगरपालिकाका अधिकांश बस्ती बाढीपहिरोको निकै जोखिममा छन्। गत साउनदेखि लगातार बर्सात्का कारण बूढीगङ्गा नगरपालिका वडा नं। १, २, ३, ४, ५ र त्रिवेणी नगरपालिकाका वडा नं। ८ र ९ का अधिकांश बस्ती बाढीपहिरोको जोखिममा परेका हुन्। बूढीगङ्गा नगरपालिका वडा नं. २ का बजेढीका पदम विकले भन्नुभयो, “लामो समयदेखि गुइवनको पहिरोले गाउँ तलबाट जमिन काट्दै र माथिबाट पहिरोले छाप्दै गएपछि अहिले बजेढी, निमनी, बसालीलगायतका बस्ती जोखिममा परेका छन्।
जनप्रतिनिधिद्वारा मनपरी खर्च
बैतडीका स्थानीय तहका जनप्रतिनिधिले बितेका पाँच वर्षमा करिब ४९ करोड रुपियाँ बेरुजु आउनेगरी मनपरी खर्च गरेका छन्। सुदूरपश्चिम प्रदेशको स्थानीय तहका पदाधिकारी र सदस्यको सेवा सुविधा ऐन २०७५ (पहिलो संशोधन)ले स्थानीय तहका प्रमुख र उपप्रमुखले स्वकीय सचिव/सल्लाहकार राख्न नपाउने व्यवस्थाविपरीत बैतडीको डिलासैनी गाउँपालिकाले गएको पाँच वर्षमा प्रमुख र उपप्रमुखले खरिदार स्तरको मासिक २६ हजार ६१० रुपियाँ तलब दिनेगरी स्वकीय सचिव/सल्लाहकार राखेर तलब खुवाएको पाइएको छ।
दार्चुलामा डेङ्गुका बिरामी बढे, अस्पतालका शय्या भरिभराउ
भदौ पहिलो साताबाट जिल्लामा डेङ्गुका बिरामी ह्वात्तै बढेका छन् । डेङ्गुका बिरामीका कारण अस्पतालका शय्या भरिभराउ भएका छन् । जिल्ला अस्पतालका डा. आदर्श लिम्बूका अनुसार भदौ पहिलो सातादेखि २२ गतेसम्म २८ डेङ्गुका बिरामी पुगेका छन् ।
अस्पताल निर्माणको काम अलपत्र
डोटीको जोरायल गाउँपालिकाको सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र परिसरमा निर्माण हुने भनिएको १५ शøयाको अस्पताल सम्झौता भएको एक वर्ष बितिसक्दासमेत निर्माण कार्यको सुरु गरिएको छैन। सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्रका इन्चार्ज नन्द देउवाले भन्नुभयो, “अस्पताल भवन निर्माणका लागि गत वर्ष नै सम्झौता भएको भन्ने त सुनेका हौँ तर निर्माणस्थलमा कुनै काम भएको छैन। पहिलै जमिन सम्याइएको थियो, सम्झौता भएपछि थप केही पनि भएको छैन।’
डुबान प्रभावित समस्यामा
कैलालीको डुबान प्रभावित स्थानीय समस्यामा परेका छन्। घरमा पानी पसेर अन्नबाली र लत्ताकपडा भिज्नुका साथै हिलो जमेपछि उनीहरू समस्यामा परेका हुन्। शुक्रबारसमेत डुबान भएका धेरैजसो घरबाट अझै पनि पानी पूर्ण रूपमा निस्केको छैन। डुबानका कारण अन्नबाली भिजेर नोक्सान भएको भजनी नगरपालिका–२, मोहनपुरका गङ्गा चौधरीले बताउनुभयो। “पल्टुपुरका धेरैजसो परिवारको अन्नपात भिजेर नोक्सान भएको छ,” उहाँले भन्नुभयो, “पानी पसेको सबैको घरमा हिलैहिलो भएको छ।” कैलालीमा आएको बाढीका कारण ३८० भन्दा बढी घर डुबानमा परेका हुन्। भजनी नगरपालिका, कैलारी गाउँपालिका र टीकापुर नगरपालिकामा घरमा पानी पसेको छ। सबैभन्दा बढी भजनी नगरपालिकाका घर डुबान परेका छन्। यहाँ ३२७ भन्दा बढी घर डुबानमा परेको नगरपालिकाले जानकारी दिएको छ।
‘न्यायपालिका सुधारको अभियानमा छौँ’
सर्वोच्च अदालतका कामयमुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायपालिकाप्रति आमजनताको भरोसा बढाउनका लागि सुधार अभियानमा लागिरहेको बताउनुभएको छ। बुधबार जिल्ला अदालत बझाङको नवनिर्मित भवनको उद्घाटन गर्न हेलिकोप्टरमार्फत बझाङ आइपुग्नुभएका प्रधानन्यायाधीश कार्कीले न्यायपालिकामा भएका विकृति र विसङ्गतिलाई हटाएर आमनागरिकले विश्वास गर्ने खालको वातावरण बनाउनका लागि आफू लागिपरेको बताउनुभएको हो।
न्यायालय सुधारको अभियानमा छौं : कावा प्रधानन्यायाधीश कार्की
सर्वाेच्च अदालतका कामय मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायालयप्रति आमजनताको भरोसा बढाउन आफूहरु सुधार अभियानमा लागिरहेको बताउनुभएको छ । बुधबार जिल्ला अदालत बझाङको नवनिर्मित भवनको यहाँ उदघाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
करिडोरसँगै पञ्चेश्वरमा पुलको माग
महाकाली करिडोरको स्थलगत अवलोकन गर्न बैतडीको पञ्चेश्वर आइपुग्नुभएका नेपाली काँग्रेसका नेता रमेश लेखकसँग पञ्चेश्वरका स्थानीयले करिडोरसँगै महाकाली नदीमा पुलको माग राखेका छन् ।
विद्यार्थीले पाएनन् खाजा
नेपाल सरकार र विश्व खाद्य कार्यक्रमको साझेदारीमा आधारभूत तहका विद्यार्थीलाई खुवाइँदै आएको दिवा खाजा ढुवानी हुन नसक्दा यहाँका तीनवटा स्थानीय तहका ८० वटा विद्यालयमा दुई महिनादेखि दिवा खाजाबाट विद्यार्थी वञ्चित भएका छन्। वर्षायाम लागेपछि बझाङ जिल्लाका खप्तडछान्ना गाउँपालिका, मष्टा गाउँपालिका र साइपाल गाउँपालिकाका विद्यालयमा साउनदेखि दिवा खाजा ढुवानी हुन सकेको छैन।
हलियामुक्तिको अवस्था उस्तै
हलिया प्रथाको सरकारीस्तरबाट अन्त्यको घोषणा भएको १४ वर्ष पूरा भए पनि अझैसम्म मुक्तहलियाको जीवनस्तरमा सुधार आउन सकेको छैन। मुक्तिको घोषणा भएको १४ वर्ष पूरा भए पनि हक अधिकारका लागि सङ्घर्ष गर्नु परिरहेको अधिकारकर्मीहरूले भनाइ रहेको छ। अधिकारकर्मी गोरखबहादुर सार्कीले भन्नुभयो, “मुक्तिको घोषणा भए पनि मुक्तहलियाको जीवनस्तरमा सुधार आउन सकेको छैन। मुक्तहलियाले हातमुख जोर्नकै लागि अझै सङ्घर्ष गर्नु परिहेको छ।”
कांग्रेस ८०, माओवादी ६० सिटमा थपघट हुने : अध्यक्ष प्रचण्ड
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गठबन्धनबीच भोलि सिट बाँडफाँटको टुङ्गो लाग्ने बताउनुभएको छ । प्रेस सेन्टर, नेपालले आज धनगढी विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा उहाँले शीर्ष नेताहरु बसेर भोलि सिट बाँडफाँटलाई अन्तिम टुङ्गोमा लगाउने बताउनुभएको हो ।
चौधौँ मुक्त हलिया दिवसः अझै पुनर्स्थापनाकाे पर्खाइमा मुक्त हलिया परिवार
मुक्तिको घोषणा भएको १४ वर्ष बिते पनि सुदूरपश्चिम र कर्णाली प्रदेशका प्रमाणीकरणमा परेकामध्ये २० प्रतिशत मुक्त हलिया परिवार पुनर्स्थापनाको पर्खाइमा छन् ।
अध्यक्षकी श्रीमतीद्वारा भान्छेबाट राजीनामा
रामारोशन गाउँपालिका अध्यक्षले आफ्नै श्रीमतीलाई थप अधिकारसहित भान्छे नियुक्ति गरेको समाचार बाहिरिएपछि भान्छेबाट राजीनामा दिनुभएको छ। जनस्तरमा व्यापक आलोचना भएको भन्दै गाउँपालिकाले अध्यक्षकी श्रीमती जयसरा साउदको राजीनामासँगै उहाँले बुझेको ३१ हजार ६३० रुपियाँ गाउँपालिकाको सञ्चित कोषमा जम्मा भएको प्रमुख प्रशासकीय अधिकृत रामबहादुर भण्डारीले जानकारी दिनुभयो। जेठको आधा र असार महिनाको गरेर डेढ महिनाको रकम फिर्ता गरिएको बताइएको छ।
मुक्तहलिया अझै समस्यामा
सरकारले उचित व्यवस्थापन नगर्दा आफूहरूले विभिन्न समस्या भोगिरहेको मुक्त हलियाले गुनासो गरेका छन्। १४औँ मुक्ति दिवसको पूर्वसन्ध्यामा सोमबार धनगढीमा आयोजित प्रदेशस्तरीय संवाद कार्यक्रममा आफूहरूको उचित पुनस्र्थापना हुन नसकेको बताउनुभएको हो। तत्कालीन सरकारले २०६५ भदौ २१ गते हलिया मुक्तिको घोषणा गरेको थियो। मुक्ति घोषणाको १४ वर्ष पुगे पनि धेरैजसो मुक्त हलियाको समस्या जस्ताको त्यस्तै रहेको छ। सरकारले मुक्ति घोषणा गरेको डेढ दशक पुगे पनि उचित पुनस्र्थापना नहुँदा आफूहरू बिचल्लीमा परेको बाजुराका हिक्मत भुलले बताउनुभयो। आफूहरू साहुको घरमा फेरि अँधिया हलियाका रूपमा काम गर्न बाध्य भएको उहाँको भनाइ छ।
डेउडामा रमाउँदै सुदूरपश्चिमेली
गौरा सकिएपछि सुदूरपश्चिम प्रदेशमा डेउडा खेलको रौनक छाएको छ। कोरोना महामारीका कारण केही वर्ष डेउडामा रमाउन नपाएका प्रदेशवासी यस वर्ष खुलेर डेउडामा रमाइरहेका छन्। गौरा सकिएको दिनदेखि धनगढीको वनदेवी मन्दिर परिसर र धनगढी उपमहानगरपालिका परिसर डेउडामय बनेको हो। कोरोना महामारीका कारण केही वर्ष डेउडा खेलमा रमाउन नपाएकाले यस वर्ष खुलेर रमाइरहेको डेउडा खेलमा सहभागीहरूको भनाइ छ। “वर्ष दिनको दुःखकष्ट बिर्सेर डेउडा खेलमा रमाइरहेका छौँ,” धनगढी उपमहानगरपालिका–५ का लीलाधार भण्डारी भन्नुहुन्छ, “यो खेलमा कसैलाई पनि भेद्भाव हुँदैन। सबै हातमा हात समातेर खेल्ने गर्दछौँ।” धनगढी वनदेवी मन्दिर परिसरमा महिला समूह र धनगढी उपमहानगरपालिका परिसरमा पुरुष, युवकयुवतीको समूह बनेका छन्। सबै काँधमा काँध र पैताला मिलाएर डेउडा खेलमा रमाइरहेका देखिन्छन्। उनीहरू सुखदुःख, मिलन विछोड, मायाप्रीतिका कुरा देउडा गीतमार्फत व्यक्त गर्ने र तालमा ताल मिलाएर डेउडा खेल्ने गर्दछन्।
गर्भपतनको औषधि मेडिकलमा
बैतडीमा रहेका मेडिकलले परिवार नियोजनको साधन कन्डम बिक्री गरेजस्तै गरी गर्भपतन जस्तो संवेदनशील औषधिसमेत खुलेआम बिक्री गर्ने गरेको रहस्य सार्वजनिक भएपछि त्यस्ता औषधि जफत गरेर सञ्चालकलाई कारबाही प्रक्रिया अघि बढाएको छ। जिल्ला प्रशासन कार्यालय बैतडीले यसरी नियमविपरीत औषधि बिक्री गर्ने र अनुमति नलिई पोलिक्लिनिक र ल्याब सञ्चालन गर्दै बिरामी भर्ना गरेर आफूखुसी उपचार गर्दै आइरहेका मेडिकल सिल गरेर कारबाही अघि बढाएको हो।