एनसेल प्रकरणबारे सरकारले प्रष्ट पार्नुपर्छ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एनसेल शेयर खरिद बिक्री प्रकरणमा धेरैको संलग्नता रहेको बताउनुभएको छ । बिहीबार तेह्रथुममा महाकाली–मेची अभियानअन्तर्गत आयोजित सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
ओहोदाको प्रमाणपत्र प्रस्तुत
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष श्रीलङ्का, पनामा र बेल्जियमका राजदूतहरूले ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ । राष्ट्रपति भवनमा आज बेग्ला-बेग्लै आयोजित विशेष समारोहमा उहाँहरूले आ-आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको हो ।
परराष्ट्रको विशिष्ट श्रेणीमा लम्साल बढुवा
सरकारले नेपाल परराष्ट्र सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त पदमा सहसचिव सेवा लम्साललाई बढुवा गर्ने निर्णय गरेको छ ।
एमाले अध्यक्ष ओलीद्वारा चार वर्ष पुरानो पार्क उद्घाटन
सङ्कल्प यात्राको क्रममा एमाले अध्यक्ष के पी शर्मा ओलीले धनकुटाको हिलेमा ४ वर्ष पुरानो पार्क उद्घाटन गर्नुभएको छ । प्रदेश सरकार वन, वातावरण तथा पर्यटन मन्त्रालय विराटनगरको लगानीमा धनकुटा नगरपालिका १ हिले बिच बजारमा करिब १ रोपनी भन्दा बढी क्षेत्रफलमा निर्माण भएको हिलेपार्क जोन उद्घाटन गर्नुभएको हो ।
कांग्रेसको प्रथम सम्मेलनको तयारी पूरा
नेपाली कांग्रेस पाल्पाले प्रथम जिल्ला सम्मेलनको तयारी पूरा गरेको जनाएको छ । यही मङ्सिर ३० गते हुन लागेको प्रथम जिल्ला सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको कांग्रेस पाल्पाले जनाएको छ ।
राष्ट्रपतिसमक्ष तीन राजदूतद्वारा ओहदाको प्रमाणपत्र पेस
काठमाडौँ, मङ्सिर २८ गते । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका राजदूतले आ–आफ्नो ओहदाको प्रमाणपत्र पेस गर्नुभएको छ । उहाँहरूले छुट्टाछुट्टै कार्यक्रममा प्रमाणपत्र पेस गर्नुभएको हो ।
संविधानले उपलब्ध गराएका अधिकार जनताले महसुस गर्न पाउनुपर्छ : उपसभामुख
उपसभामुख इन्दिरा रानाले संविधानले दिएको अधिकारहरू जनताले महसुस गर्न पाउनुपर्ने बताउनुभएको छ ।
सङ्घीय संसद्लाई माग गरेजति नै बजेट दिनुपर्छ : अध्यक्ष तिमिल्सिना
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आगामी दिनमा सङ्घीय संसद्ले माग गरे बमोजिमको बजेट विनियोजन हुनुपर्ने बताउनुभएको छ ।
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा भर्खरै बैठक सुरु भएको हो ।
सङ्घीय संसद्को भूमिकालाई प्रभावकारी बनाउनुपर्छ : सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले संसद्को भूमिकालाई प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ । बिहीबार सङ्घीय संसद् सचिवालयद्वारा १७ औँ सङ्घीय संसद् सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सभामुख घिमिरेले संसद्को भूमिकालाई प्रभावकारी बनाउनुपर्ने बताउनुभएको हो ।
करुवा व्यवसायीका समस्या बुझ्दै एमाले अध्यक्ष ओली
भोजपुर नगरपालिकाका उपप्रमुख निर्मला शेर्पाले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई जिल्ला सदरमुकाममा आयोजित जनभेटघाट कार्यक्रममा भोजपुरको टक्सारमा बनेको करुवा उपहार दिनुभएको छ ।
नीति तथा कार्यक्रम कार्यान्वयनबारे चौमासिक समीक्षा सुरु
बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्षतामा आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयनको चौमासिक समीक्षा सुरु भएको हो ।
महेन्द्रनगरमा सात दिने निषेधाज्ञा जारी
कञ्चनपुरको महेन्द्रनगरमा निषेधाज्ञा जारी भएको छ । भीमदत्त नगरपालिका–४ मा रहेको संविधान चोकको आसपास क्षेत्रमा मूर्ति स्थापना गर्न दिने वा नदिने विषयमा राजनीतिक दलबिच मतभिन्नता देखिएपछि शान्ति सुव्यवस्थालाई कायम राख्न जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले निषेधाज्ञा जारी गरेको हो ।
अभद्र व्यवहार गर्ने एकजना पक्राउ
नेकपा (एमाले) को सङ्कल्प यात्रा धनकुटा आइपुगेको छ । बुधबार भोजपुर आएर बसेको टोली बिहीबार धनकुटा आइपुगेको हो । बिहीवार करिब ११ बजे अध्यक्ष केपी शर्मा ओलीसहितको टोली यहाँ आइपुगेको हो ।
कृषि क्षेत्रको विकास प्रदेश सरकारको प्राथमिकतामा : मन्त्री श्रेष्ठ
बागमती प्रदेशका कृषि तथा पशुपन्क्षी विकास मन्त्री डा. राजेन्द्रमान श्रेष्ठले कृषि क्षेत्रको विकासमा प्रदेश सरकारले प्राथमिकताका साथ अगाडि बढाएको बताउनुभएको छ ।
हस्तकला विदेशी मुद्रा आर्जन गर्ने प्रमुख क्षेत्र : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले हस्तकला नेपालमा विदेशी मुद्रा आर्जन गर्ने प्रमुख क्षेत्र भएकाले सरकारबाट यसको प्रवर्द्धनका लागि हस्तकला उद्योग व्यवसायमैत्री आवश्यक नीति नियम, ऐन, कानुन बनाउन आवश्यक रहेको बताउनुभएको छ ।
पूर्वगृहमन्त्री खाणको निवेदनमाथि उच्च अदालत पाटनमा सुनुवाइ जारी
उच्च अदालत पाटनमा नक्कली शरणार्थी प्रकरणमा पक्राउ पर्नुभएको पूर्वगृहमन्त्री बालकृष्ण खाणले दिनुभएको निवेदनमाथि सुनुवाइ जारी रहेको छ ।
अर्थतन्त्रका सूचकमा सुधार हुँदै गएको छ : अर्थमन्त्री डा महत
नेपाल ट्रेड युनियन कांग्रेसद्वारा आज ललितपुरमा आयोजित ओैद्योगिक नीति तथा श्रम सम्बन्ध विषयक कार्यक्रममा उहाँले पर्यटकहरुको वृद्धि हुँदै गएको, बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर घट्दै गएको, रेमिट्यान्स बढ्दै गएको जानकारी गराउँदै अहिले अर्थतन्त्रका सबै सुचकहरुमा सुधार हुँदै गएको बताउनुभएको हो ।
मिसन ८४ नेपाली जनताको हो : अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीका लागि सुरु गरिएको मिसन ८४ अभियान नेपाली जनताको भएको बताउनुभएको छ ।
भोजपुरमा एमाले अभियानविरुद्ध विरोध प्रदर्शन
भोजपुरको सदरमुकाम बजार स्थित नेकपा एमाले अभियान कार्यक्रमविरुद्ध प्रदर्शन भएको छ । पहिचान पक्षधरहरूले एमाले पार्टी कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन् ।
श्रम बजारका समस्या समाधानका लागि मन्त्री भण्डारीद्वारा सामुहिक प्रयासमा जोड
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सामूहिक प्रयासबाट कार्यबल तयार गर्दै श्रम बजार व्यवस्थित गरेर उत्पादकत्व अभिवृद्धि गर्नुपर्ने र सामाजिक सुरक्षा प्रदान गर्नुपर्ने बताउनुभएको छ ।
एकीकृत समाजवादीको सचिवालय बैठक आज
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले राष्ट्रिय सभा निर्वाचनबारे छलफल गर्न बिहीबार सचिवालय बैठक बोलाएको छ । प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले राष्ट्रिय सभाको निर्वाचन, सङ्गठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजनाबारे छलफल गर्न बैठक बोलाएको जानकारी दिनुभयो । बिहीबारबाट सुरु हुने बैठकले राष्ट्रिय सभाको आसन्न निर्वाचनमा पार्टीतर्फबाट उम्मेदवार बन्न मापदण्ड तय गर्ने बताइएको छ । साथै बैठकमा इलाममा हुने प्रतिनिधि सभाको उपनिर्वाचनबारेमा समेत छलफल हुने छ ।
हवाई सुरक्षा व्यवस्थित बनाएर कालोसूची हटाउने प्रयासमा छौँ: प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको हवाई सुरक्षालाई व्यवस्थित तुल्याएर युरोपेली युनियनको कालोसूचीबाट नेपालको हवाई क्षेत्र हटाउन सरकार निरन्तर प्रयत्नशील रहेको बताउनुभएको छ।
मन्त्रीपरिषद् बैठक बस्दै
आज मन्त्रीपरिषद्को बैठक बस्दै छ । बैठक आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बस्ने प्रधानमन्त्री सचिवालयले जनाएको छ ।