चीरोत्थानसँगै होली सुरु (फोटो फिचर)
आजबाट रङ्गहरूको पर्वले चिनिने होली सुरु भएको छ । यसै अवसरमा शुक्रवार बिहान काठमाडौँको वसन्तपुरमा चीर ठड्याइएको छ । फागुन शुक्ल अष्टमीका दिन काठमाडौँको वसन्तपुरस्थित हनुमान ढाेका दरबार अगाडि चीर ठड्याएपछि देशभर फागु (होली) पर्व सुरु भएको मान्ने प्रचलन छ ।
किरा खाँदै मुरली चरा
कञ्चनपुर, फागुन २२ गते । शुक्लाफाँँटा नगरपालिका ४ स्थित खेतमा किरा खाँदै गरेको मुरली चरा । रैथाने प्रजातिको यस चराले किरा फट्याङ्ग्रा, पुतलीलगायत खाने गर्दछ । यो चरा किसान मैत्री चराका रुपमा परिचित छ । तस्बिर : रासस
बुफोन दशरथ रङ्गशालामा (फोटो फिचर)
इटालीका विश्वप्रख्यात गोलरक्षक जियानलुइजी बुफोन दशरथ रङ्गशालामा पुग्नुभएको छ ।
हिउँ परेपछि खोप्रालेकको मनमोहक दृश्य (फोटो फिचर)
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ स्थित पर्यटकीय स्थल खोप्रालेक हिजोआज भने मनमोहक देखिन थालेको छ । लामो समयको खडेरी र हिमपात नभएका कारण खोप्रालेक उजाड थियो भने हिजोआज हिमपात हुन थालेपछि यहाँ खोप्रालेकको दृश्य मनोमहक देखिन थालेको छ ।
टुँडिखेलमा मनाइयो २६२ औँ सेना दिवस (फोटो फिचर)
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आफ्नो स्थापनाको २६२ औँ वार्षिकोत्सव बुधबार काठमाडौंको टुँडिखेलमा विभिन्न कार्यक्रम गरी मनाएको छ ।
पशुपतिनाथमा साधुसन्त (फोटो फिचर)
महाशिवरात्रिको अघिल्लो दिन पशुपतिनाथमा साधुसन्तको चहलपहल बढेको छ ।
म्याग्दीको कृषि फार्म
म्याग्दी, फागुन १३ गते । म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गामा जग्गा चक्लाबन्दी गरेर गरिएको व्यवसायिक आलुखेती । हरियाली ग्रुप प्रालिले सिङ्गा र आगेबगरमा ५५ रोपनी जग्गा चक्लाबन्दी गरेर कृषि फार्मु सञ्चालन गरेको छ । तस्बिरः रासस
मुस्ताङको पुटाक गाउँ
मुस्ताङ, फागुन १२ गते । बौद्ध धर्मावलम्बी र गुरुङ जातिको बसोबास रहेको मुस्ताङको वारागुँ मुक्तिक्षेत्र गाउँपालिका–२ स्थित पुटाक गाउँ । सडक सञ्जालको पहुँच नपुगेको पुटाकवासीको जीवनस्तर पछिल्लो समय स्थानीय उत्पादन स्याउ, आलु र बाख्रापालनबाट राम्रो बन्दै गएको छ । तस्बिरः रासस
त्रिविमा स्वतः स्थायीको बाटो बन्द
सर्वोच्च अदालतले आन्तरिक प्रतिस्पर्धाका आधारमा कर्मचारी स्थायी गर्ने त्रिभुवन विश्वविद्यालयको शिक्षक तथा कर्मचारी सेवासम्बन्धी नियमावलीको व्यवस्था खारेज गरेको छ ।
लमजुङको घले गाऊँ (फोटो फिचर)
लमजुङ, फागुन १० गते । पर्यटकको रोजाइमा पर्ने लमजुङको घले गाऊँ । समुद्र सतहबाट दुई हजार एक सय मिटर उचाइमा अवस्थित यो गाउँ पृथ्वी राजमार्गमा पर्ने तनहुँको डुम्रेबाट ४२ किलोमिटरको दूरीस्थित लमजुङको सदरमुकाम बेंसीशहरबाट २७ किलोमिटर पश्चिम–उत्तर दूरीमा अवस्थित छ । यहाँ एक सय २५ घर परिवार बसोबास गर्छन् । विसं २०५७ देखि १२ वटा घरबाट घरवास कार्यक्रम सुरु गरिएको यस गाउँलाई ग्रामीण पर्यटकीय होमस्टे (घरबास) गाउँका रूपमा विकास गरिएकामा हाल ४० वटा घरमा घरबास कार्यक्रम सञ्चालनमा छन् । यहाँबाट घले गाउँ प्रकृति र संस्कृतिले पर्यटक लोभ्याउँदै , अन्नपूर्ण, हिमालचुली, मनास्लु, लमजुङ, बौद्ध लगायतका हिमशृङ्खलाको मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।
घोडा दौड प्रतियोगिता : हिरा बुढाको घोडा प्रथम
डोल्पाको सदरमुकाम दुनैमा ७५औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा घोडा दौड प्रतियोगिता ।
माटोको छानो हट्दै जुम्लाको चैर गाउँ
जुम्लाको पातारासी गाउँपालिका–३ स्थित चैर गाउँ । यो गाउँमा रहेका अधिकांश घर माटोको छानोले छाएकामा पछिल्लो समय छाउन जस्तापाताको प्रयोग समेत बढ्दै गएको छ ।
बारीमा आलु सङ्कलन गर्दै किसान
नवलपरासी, फागुन ८ गते । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यबिन्दु नगरपालिका–२ सेहरीमा व्यावसायिकरुपमा समूहमार्फत गरिएको खेतीमा आलु सङ्कलन गर्दै किसान । आलु चिप्स कम्पनीलाई बिक्री गर्ने गरी जिल्लामा ३८ वटा समूहमार्फत एक सय ११ हेक्टर क्षेत्रमा व्यावसायिक आलुखेती गरिएको छ । तस्बिरः रासस
थानीमाई मन्दिर र बन्दीपुर बजार
बन्दीपुर, फागुन ७ गते । तनहुँको बन्दीपुर गाउँपालिका २ मा रहेको थानीमाई मन्दिर र बन्दीपुर बजार । बन्दीपुर प्राकृतिक मनोरम दृश्य, यहाँको संस्कृति र रहनसहनले पर्यटकमाझ याे ठाउँ चर्चित छ। तस्बिरः रासस
मुस्ताङको कैह्योलोङ गुफा ओझेलमा
म्याग्दी, फागुन ६ गते । मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्थित कैह्योलोङ गुफा ओझेलमा परेको छ । जोमसोमको प्रवेशद्वारमा रहेको स्याङ खोलाको किनारमा पर्ने कैह्योलोङ गुफा पूर्वाधार र प्रचारप्रसारको अभावमा सुनसान बनेको हो । स्याङखोलाको पुल भएर वार्षिक तीन लाखभन्दा बढी पर्यटक आवतजावत गर्ने मुस्ताङको कैह्योलोङ गुफा पुग्नेको सङ्ख्या नगन्यमात्रामा रहेको स्याङका बासिन्दा देवेन्द्र थकालीले बताउनुभयो । “जोमसोमको प्रवेशद्वारमा भए पनि कैह्योलोङ गुफाको महत्व र विशेषताका बारेमा प्रचारप्रसारका साथै यहाँसम्म पुग्ने व्यवस्थित पदमार्ग नहुँदा ओझेलमा परेको हो”, उहाँले भन्नुभयो, “कैह्योलोङ गुफासम्म पुग्ने व्यवस्थित पदमार्ग र पर्यटन प्रवर्द्धनका कार्यक्रम गर्नसकेमा मुस्ताङमा आउने पर्यटकको बसाई लम्बाउन सकिने थियो ।”थकाली भाषामा कैह्योलोको अर्थ बिहे नगरेको र ङलाई ओडार भन्ने गरिन्छ । बिहे नगरेका लामा ध्यान र तपस्या बस्ने ठाउँ भएकाले कैह्योलोङ गुफा नामकरण गरिएको थकालीले बताउनुभयो । गुफाभित्र तीन वटा कोठा छन् । परापूर्वकालमा लामाहरूले खाना पकाउन र ध्यान बस्नका लागि प्रयोग गरेका सामग्रीहरू गुफामा अवलोकन गर्न पाइन्छ । स्याङखोलाको किनारमा रहेको पहाडको भित्तामा गुफा रहेको छ । स्याङखोलाको मोटरेबल पुलदेखि १० मिनेट पैदलयात्रा गरेपछि गुफामा पुगिन्छ । स्याङका पूर्ववडासचिव किरन सापकोटाले कैह्योलोङ गुफा मानव सभ्यताको विकाससम्बन्धी अध्ययन गर्नेका लागि खोजीको विषय बन्नसक्ने बताउनुभयो । गुफाको बनोट र अवस्थिति देखेर अनौठो लागेको उहाँले अनुभव सुनाउनुभयो । बाहिरबाट पहाडको बीचमा सानो प्वाल देखिए पनि भित्र पस्दा घरमै बसेको जस्तो महसुस हुने सापकोटाले प्रतिक्रिया दिनुभयो । जनकल्याण युवा क्लबले स्याङ खोलाको किनारबाट गुफासम्म पुग्ने करिब २० मिटर रेलिङसहितको पदमार्ग बनाइएको छ । स्याङखोलाको मोटरेबल पुलबाट गुफाको फेदीसम्म करिब पाँच सय मिटर पदमार्ग बनाउन आवश्यक छ । हाल खोलाको किनारै किनार हिडेर गुफामा पुग्नुपर्छ । घरपझोङ गाउँपालिका–३ का वडा सदस्य वीरप्रसाद थकालीले जोमसोमको पुथाङ विमानस्थल, शिन्तामणि होटल, कैह्योलोङ गुफा, किचिथाङ झोलुङ पुल हुँदै स्याङ गाउँ जोड्ने छोटो दूरीको पदमार्गको परिकल्पना गरिएको जानकारी दिनुभयो । उक्त परिकल्पनाअनुसार गाउँपालिकाले किचिथाङमा एक सय २० मिटर लामो झोलुङ्गे पुल, स्याङमा मनशान्ती पार्क निर्माण र स्याङखोलामा साउना बाथ सञ्चालन गरिएको उहाँले बताउनुभयो । जोमसोमबाट शिन्तामणि होटल, किचिथाङको झोलुङ्गे पुल हुँदै स्याङ जोड्ने छोटो दूरीको पदमार्गले पर्यटकको बसाई लम्ब्याउने र पर्यटकलाई प्रकृतिमा रमाउन सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
सांस्कृतिक महोत्सव र फोटो प्रदर्शनी
पाँचथरको फिदिममा पर्यटन प्रवर्धनका लागि सांस्कृतिक महोत्सव र फोटो प्रदर्शनीको आयोजना गरिएको छ । जिल्लाको सदरमुकाम समेत रहेको फिदिम नगरपालिका क्षेत्रमा रहेका पर्यटकीय स्थलसँगै यहाँको कला संस्कृति र रैथाने उत्पादनको प्रवर्द्धन गर्न सामाजिक संस्था हेल्प टुगेदर फाउण्डेसनले फोटो प्रदर्शनी गरिएको हो ।
अन्नपूर्ण आधार शिविर जाँदै पर्यटक
म्याग्दी, फागुन ५ गते । अन्नपूर्ण आधार शिविर जाँदै पर्यटक । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ स्थित अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्गोज पदमार्ग अन्तर्गत भुसकेत नजिकैको झोलुङ्गे पुल तर्दै गरेका पदयात्री र पृष्ठभूमिको नीलगिरि हिमालको दृश्य । तस्बिरः रासस
आहाराको प्रतीक्षामा भद्राई
दाङ, फागुन ४ गते । दाङको घोराही उपमहानगरपालिका–१६ स्थित मघै गाउँको तोरी बारीमा आहाराको प्रतीक्षामा बसेको भद्राई चरा । तस्बिरः रासस
पुनः निर्माण पछिको मङ्गलसेन दरबार
शिवराज ढुङ्गाना अछाम, फागुन ४ गते । मङ्गलसेन दरबारले ध्वस्त भएको २२ वर्षपछि रूप पाएको छ । विसं. २०५८ साल फागुन ४ गते राती माओवादी र सेनाबिच भएको भिडन्तका क्रममा ध्वस्त भएको मङ्गलसेन दरबार पुनः निर्माणको अन्तिम चरणमा पुगेको छ । दरबार पुनः निर्माण २०६७ साल जेठमा सम्पन्न गर्नुपर्ने भए पनि चार वर्ष बित्दा समेत अझै पूर्ण निर्माण हुन सकेको छैन ।
रङ्गशालामा मैत्रीपूर्ण खेलसँगै सांस्कृतिक रौनक (फोटो फिचर)
नेपालको यु–२० टोली मैत्रीपूर्ण फुटबल खेलमा चीनको युवान प्रान्तको युवा टोलीबिच शनिबार दशरथ रङ्गशालामा मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ ।
मैत्रीपूर्ण भेट्रान्स महिला फुटबल
किरात धर्मगुरुआमा पवित्रहाङमा साँबा लिङदेनको ६९ औँ जन्मोत्सवको अवसरमा इलामको माङसेबुङ गाउँपालिका ५ स्थित लारुम्बामा शुक्रबार भएको मैत्रीपूर्ण भेट्रान्स महिला फुटबल खेलमा प्रतिस्पर्धा गर्दै स्थानीय धार्मिक संस्था९रातो० र राजनीतिक दल (पहेँलो) का महिला खेलाडी।
पहिचानको पर्खाइमा ‘धान्द्रुके बाजे’
जिल्लाको भकुण्डेमा बाँसबाट सामग्री बनाउँदै आउनुभएका एक वृद्धको जीवनको उत्तरार्द्धमा पुग्दा पहिचानविहीन हुनुभएको छ । बागलुङ नगरपालिका–१० भकुण्डेमा बस्दै आउनुभएका शारीरिक तथा मानसिक रूपमा कमजोर वृद्ध अहिलेसम्म पहिचानविहीन हुनुहुन्छ ।
दरबारमार्गको सडक पेटीमा ग्रेनाइड (फोटो फिचर)
काठमाडौँ महानगरले नारायणहिटी सङ्ग्रहालय अगाडि महानगर प्रहरी वृत्त दरबारमार्गदेखि महेन्द्र शालिकसम्म दुवैतर्फको सडकमा ग्रेनाइड लगाइँदैछ। सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्यका अनुसार पैदल मार्गको चौडाइ कम्तीमा तीनदेखि बढीमा ६ मिटरसम्म छ।
आहारा खाेज्दै हुटिट्याउँ
दाङको घोराही उपमहानगरपालिका १६ स्थित मघै गाउँको खेतमा आहारा कुरेर बसेको हुटिट्याउँ चरा ।