विपद् घटनामाथि छलफल गर्न सार्वजनिक महत्वको प्रस्ताव दर्ता
वर्षायाम सुरु भएसँगै सम्भावित विपद्का घटनामाथि छलफल गर्न सांसदहरुले प्रतिनिधीसभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराउनुभएको छ ।
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिबारे जवाफ दिन सरकारलाई निर्देश
प्रतिनिधिसभाले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिबारे जवाफ दिन सरकारलाई निर्देश गरेको छ ।
प्रधान न्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव अगाडि नबढ्नुको कारण माग
नेकपा (एमाले)का सांसद लालबाबु पण्डितले प्रधानन्याधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाअभियोग प्रस्ताव अगाडि नबढ्नुको कारण दिनुपर्ने बताउनुभएको छ ।
प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)
प्रतिनिधिसभा बैठक सुरु भएको छ । नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा सोमबार दिउँसो १ बजेबाट बैठक सुरु भएको छ ।
राष्ट्रियसभा बैठक सुरु
नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा राष्ट्रिय सभा बैठक सुरु भएको छ । सोमबार दिउँसो १ बजेबाट बैठक सुरु भएको छ ।
चालु अधिवेशनमै नागरिकता ऐन (संशोधन) विधेयक पारित गर्न माग
नागरिकता ऐन (संशोधन) विधेयक पारित नहुँदा लाखौँ मानिस अनागरिक भएर आएको समस्या समाधानका लागि चालु संसद् अधिवेशनमै विधेयक पारित गर्ने वातावरण मिलाउन सांसदले शीर्ष नेतृत्वसँग माग गर्नुभएको छ ।
सांसदले शून्य समयमा उठाएका समस्याको कार्यान्वयन नभएको गुनासो
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसदले शून्य समयमा उठाएका समस्याको कार्यान्वयन नभएको गुनासो गर्नुभएको छ ।
माओवादीका नेता क्षेत्रीको हत्यामा संलग्न दोषीलाई कारवाही गर्न माग
सांसद एकवाल मियाले बारा जिल्लामा नेकपा (माओवादी)का चित्रबहादुर क्षेत्रीको हत्याको कारण पत्ता लगाउन उच्चस्तरीय छानबिन आयोग गठन गरी सत्यतथ्य पत्ता लगाउन आग्रह गर्नुभएको छ ।
पहिरोपीडितलाई उद्धार गरी राहत दिन सांसद भट्टराईको माग
प्रतिनिधिसभाको बैठकमा सांसद योगेश भट्टराईले अविरल वर्षका कारण ताप्लेजुङ जिल्लाको सिरिजङ्गा गाउँपालिका वडा नम्बर ७ खेवाङमा गएको पहिरोमा परी घाइते भएकालाई उद्धार र राहत प्रदान गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।