समाज कल्याण ऐन संशोधन तयारी
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले समाज कल्याण परिषद् ऐन संशोधन गर्न लागेको जानकारी दिनुभएको छ ।
एसइई पूरकको काम सकियो
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरक (ग्रेडवृद्धि) को नतिजा प्रकाशनसम्बन्धी कार्य अन्तिम चरणमा पुर्याएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का अनुसार नतिजा प्रकाशनसँग सम्बन्धित सम्पूर्ण काम सकिएको छ । परीक्षा नियन्त्रक नन्दलाल पौडेलले भन्नुभयो, “हाम्रा तर्फबाट गर्नुपर्ने सबै काम सकेका छौँ । अब सोमबार बोर्डमा जानकारी गराउँछौँ । बोर्डले आफू अनुकूल निर्णय गरे नतिजा सार्वजनिक गर्ला ।”
आमाहरू बिदेसिँदा उजाडियो गाउँ
कावासोती नगरपालिका–११ का एक दम्पती दुई वर्षदेखि वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा हुनुहुन्छ । श्रीमान् साउदी अरब र श्रीमती कुवेतमा । उहाँहरूका दुई छोराछोरी जनता आधारभूत विद्यालय कावासोतीमा अध्ययनरत छन् । श्रीमान् श्रीमती नै विदेश गएपछि उहाँहरूले छोराछोरी र घर हेर्नका लागि विवाह गरेर चितवन गएकी बहिनीलाई आफ्नै घरमा ल्याएर राख्नुभएको छ । बहिनी सुनिता (नाम परिवर्तन) को उमेर भर्खर २३ वर्ष भएको छ । उहाँको एउटा तीनवर्षे छोरा हुनुहुन्छ । श्रीमान् रोजगारीका लागि भारतमा हुनुहुन्छ । दुई छोरा छोडेर जेठाजुका श्रीमान् श्रीमतीले नै अर्कै घरबार गरेपछि ती छोरासहित पाँच जना बालबालिकाको लालनपालन र शिक्षादीक्षाको जिम्मा पनि अहिले सुनिताकै काँधमा छ ।
नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल
नेपाल र भूटानबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि दुई प्रधानमन्त्रीबीच छलफल भएको छ ।
प्रधानमन्त्री ओली र भूटानका प्रधानमन्त्री तोग्बेबीच भेटवार्ता
संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओेली र भूटानका प्रधानमन्त्री दासो छिरिङ तोग्बेबीच आज भेटवार्ता भएको छ ।
प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता
संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओेली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री शेख सबाह अल खलेद अल हमाद अल मुबारक अल सबाहबीच आज भेटवार्ता भएको छ ।
कर्मचारी सरुवामा राष्ट्रिय कर्मचारी संगठनको ध्यानाकर्षण
नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीले कर्मचारी सरुवा सम्बन्धमा ध्यानाकर्षण गराएको छ।
कर्णाली नदीको महत्व बुझाउन चित्रकला
बिश्व नदी दिवसको अवसरमा आइतबार कैलालीको टिकापुरमा अन्तर विद्यालय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा कर्णाली नदी तटीय क्षेत्र वरपरका टिकापुर, राजापुर नगरपालिका तथा जानकी, जोशीपुर गाउँपालिकाका ११ वटा विद्यालयका ३६ जना विद्यार्थी सहभागी थिए ।
सलेना–राजपुर सडक खण्ड कालोपत्रेको काम हुँदै
धनगढी–खुटिया–बिपिनगर–दिपायल–चैनपुर उरैभञ्ज्याङ्ग सडक आयोजना अन्तर्गत डोटीको के.आइ.सिंह गाउँपालिकाको सलेनादेखि दिपायल सिलगढी नगरपालिका –४ राजपुरसम्मको १४ किलोमिटर ४३० मिटर सडक खण्डमा कालोपत्रेका लागि काम सुरु भएको छ ।
अठार लाख भेटी सङ्कलन
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा पछिल्लो दुई महिना अवधिमा १८ लाख रुपियाँभन्दा बढी भेटी रकम सङ्कलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिका अनुसार साउन र भदौ महिनामा सो भेटी रकम सङ्कलन भएको हो ।
ग्यास सिलिन्डर र चुल्हो वितरण
ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले पालिकावासीलाई ग्यास सिलिन्डर र चुल्हो वितरण गरेको छ । धुँवामुक्त क्षेत्र बनाउने अभियानको सुरुवात गरेको गाउँपालिकाले वडा –३ लिबाङका बासिन्दालाई ग्यास सिलिन्डर र चुल्हो वितरण गरेको हो ।
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
चौबिसे गाउँपालिका –६ धाराचोकमा मोटरसाइकल दुर्घटना हुँदा एक युवककोे मृत्यु भएको छ । मृत्यु हुनेमा चौबिसे गाउँपालिका –६ का ३८ वर्षीय बलबहादुर चेम्जोङ रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
गर्मी बढेपछि विद्यालयमा बिदा
असोज महिनामा पनि अत्याधिक गर्मी बढेपछि मनराशिसवा नगरपालिकाले पालिकाको सम्पूर्ण विद्यालयमा बिदा दिएको छ ।
अवरुद्ध ढल्केबर-जनकपुर सडकखण्ड सुचारु
आइतबार बिहानदेखि अवरुद्ध धनुषाको ढल्केबर–जनकपुर सडकखण्ड सुचारु भएको छ ।
गर्भवतीलाई पोषण भत्ता
तनहुँको व्यास नगरपालिकाले गर्भवती महिलालाई पोषण भत्ता सुविधा उपलब्ध गराउन थालेको छ ।
नाटक ‘घरजम’ प्रदर्शन हुने
राष्ट्रिय नाटक महोत्सव–२०८१ मा देशभरकै पहिलो भएको नाटक ‘घरजम’ लेखिएको भूमि इलाममै प्रदर्शन हुने भएको छ । इलामका साहित्यकार माधव भण्डारीद्वारा लिखित घरजमलाई इलाममे कलाकारले रङ्गमञ्चमा उतारेका थिए ।
पुस्तकालयमा पाठकको सङ्ख्या घट्दो
पुस्तकालयप्रति पाठकको आर्कषण घट्दो छ ।
रेडपान्डा ट्रेल म्याराथनका विजेता महिला धावकलाई सम्मान
नेपाल शेर्पा सङ्घ ताप्लेजुङले अन्तर्राष्ट्रिय रेडपान्डा ट्रेल म्याराथन (दौड) प्रतियोगिताका विजयी महिला धावकलाई सम्मान गरेको छ ।
‘पानी रङ्ग’को सहरमा ४७ कलाकारका ५५ कलाकृति प्रदर्शनमा
पानी धेरै पर्ने भएकाले पोखराले नेपालको चेरापूँजी भन्ने उपमा पाउने गरेको छ । क्षणभरमा पानी पर्ने र क्षणभरमा घाम लाग्ने पोखराको विशेषता भएकाले यसलाई नेपालको धेरै पानी पर्ने ठाउँका रुपमा चिनिन्छ । प्राकृतिक सोन्दर्यले भरिपूर्ण पोखरालाई कलाका क्षेत्रमा ‘पानी रङ्ग’को सहर पनि भनिन्छ ।
दुई महिनामा साढे २ अर्ब राजश्व सङ्कलन
चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा बागमती प्रदेश सरकारले साढे २ अर्ब राजस्व सङ्कलन गरेको छ ।
कर्मचारीलाई लुम्बिनीका मुख्यमन्त्रीको १४ बुँदे निर्देशन जारी
कर्मचारी तहमा १४ बुँदे निर्देशन जारी गर्दै नागरिकमैत्री सेवाका साथै आर्थिक अनुशासन र मितव्ययिताका लागी पहल लिनुभएको हो ।
दुई वर्षदेखि खेलमैदान अलपत्र
बागलुङ नगरपालिका–४ ओडारचौरमा नौ वर्ष अघि सुरु निर्माण भएको बहुउद्देश्यी खेलमैदान दुई वर्षदेखि अलपत्र परेको छ । दुई वर्षदेखि कुनै पनि निकायबाट बजेट नपर्दा खेलमैदान अलपत्र परेको हो ।
सर्पको टोकाइले महिलाको मृत्यु
सर्पको टोकाइबाट एक जना महिलाको ज्यान गएको छ । नौबहिनी गाउँपालिका –५ डामृ निवासी ४६ वर्षीया जलसरा के.सी.को सर्पको टोकाइबाट ज्यान गएको हो ।
मन्त्री खड्काद्वारा सुनसरी–मोरङ सिँचाइ आयोजनाको समस्या समाधान गर्न निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सुनसरी–मोरङ सिँचाइ आयोजनामा देखिएका समस्या समयमा समाधान गर्न सरोकार भएका निकायलाई निर्देशन दिनुभएको छ ।