विकास त्यसै हुँदैन; हिलो छुनु पर्छ; धुलै, फुस्रै हुनु पर्छ
पूर्वी नेपालको पुरानो बजार धरान अहिले चर्चामा छ। यो चर्चाको कारण धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ राई र उहाँले चलाउनुभएको श्रमदान अभियान हो। न कुनै सङ्गठन, न सेलेब्रिटी, न धनाढ्य नै तर पनि एक दशकदेखि सामाजिक अभियन्ताका रूपमा धरानका जनताको समस्या उठाउँदै आउनुभएका राई अहिले पनि जनतासँगै श्रममा जुट्नुभएको छ। उहाँले विमान स्थल, सर्दु जलाधार क्षेत्रको संरक्षण, बसपार्क, खानेपानीलगायतका पूर्वाधार विकासलाई अहिले पनि प्राथमिकताका साथ उठाइरहनुभएको छ। सरकारको लगानी बिना नै श्रमदानबाट र जनताको आर्थिक सहयोगबाट नै धरानको खानेपानी समस्याको समाधानमा अकल्पनीय काम गर्नुभएको छ। प्रस्तुत छ, धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ राईसँग गोरखापत्रका निशा राईले गर्नुभएको कुराकानीको सम्पादित अंश :
किसानमुखी कार्यक्रम बनाएका छौँ
सिन्धुली जिल्लाको तीनपाटन गाउँपालिकाको क्षेत्रफल २८०.२६ वर्ग किलोमिटर र जनसङ्ख्या ३६ हजार ६२ रहेको छ। यसमा ११ वटा वडा छन्। महाभारत पहाडका अग्ला डाँडा र भिरालो भूबनोटका कारण विकासमा समस्या छन्। यो गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कर्णबहादुर थापामगर निर्वाचित हुनुभएको छ। यो उहाँको दोस्रो कार्यकाल हो। उहाँसँग गोरखापत्रका बाबुराम देवकोटाले गर्नुभएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ।
‘पूर्ण खोप’ नगर बनाउने योजना छ
रौतहट जिल्लामा रहेको गढीमाई नगरपालिका ऐतिहासिक र धार्मिक महत्त्वको नगरपालिका हो तर पनि यो नगरपालिका विकासमा पछाडि परेको छ। गढीमाई मन्दिरको नामबाट नगरपालिकाको नामकरण गरिएको हो। यस नगरपालिकामा पर्ने समनपुर भन्ने स्थानमा नेपाल र अङ्ग्रेजबिच युद्ध भएको थियो। उक्त स्थानलाई लडैया समनपुर पनि भनिन्छ। बागमती नदीको किनारमा अवस्थित यो नगरपालिकालाई बागमतीको दुःख पनि भनिन्छ। गढीमाई नगरपालिकामा भइरहेको पूर्वाधार विकास, आर्थिक तथा सामाजिक गतिविधिलगायतका विषयमा गढीमाई नगरपालिकाका प्रमुख श्यामप्रसाद यादवसँग गोरखापत्रका यादवराज पुरीले गर्नुभएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ।
दिगो रूपमा पानी पठाउन इन्टेक बनाउनु जरुरी
मेलम्ची खानेपानी आयोजनाबाट राजधानीमा पानी पठाउने दीर्घकालीन अवस्था अहिलेसम्म बन्न सकेको छैन। स्थायी रूपमा पानी पठाउन चार सय मिटरमाथि स्थायी इन्टेक र बालुवा थिग्य्राउने प्रणालीको विकास गर्न आवश्यक छ । अहिले जुन प्वाइन्टबाट पानी ल्याइएको छ, त्यहीँबाट दिगो रूपमा पानी लैजान नसकिने सुझाव विज्ञले दिएका छन् । दुई वर्षअघिको जस्तो बाढी आयो भने फेरि पनि क्षति पुर्याउन सक्छ भन्ने अनुमान गरिएको छ । राजधानीमा मेलम्चीको पानी निरन्तर ल्याउन के कस्तो काम भइरहेको छ, फेरि नयाँ पूर्वाधार वा संरचना निर्माण गर्नुपर्ने त होइन, अब राजधानीवासीले कहिलेदेखि निरन्तर मेलम्चीको पानी खान पाउने छन् भन्ने विषयमा केन्द्रित रहेर मेलम्ची खानेपानी विकास समितिका निर्देशक कमलराज श्रेष्ठसँग गोरखापत्रका लागि सपना थामी र इन्दिरा अर्यालले गरेको कुराकानीको सम्पादित अंश :
‘जनजीविकालाई प्राथमिकता दिएको छु’
बेनी नगरपालिका म्याग्दी जिल्लाको सदरमुकाम हो। बेनी जिल्लाका छ वटा स्थानीय तहमध्येको एक मात्र नगरपालिका हो। यो नगरपालिका साबिकका रत्नेचौर, ज्यामरुककोट, भकिम्ली, सिँगा, पुलाचौर, अर्थुङ्गे, घतान र पात्लेखेत गाविसलाई समेटेर निर्माण गरिएको हो । यो नगरपालिकाको म्याग्दीका मङ्गला र रघुगङ्गा गाउँपालिका, बागलुङ र पर्वत जिल्लासँग सिमाना जोडिएको छ। बेनीको क्षेत्रफल ७६.५७ वर्ग किलोमिटर छ। २०७८ को जनगणना अनुसार यहाँको जनसङ्ख्या ३२ हजार ६९७ रहेको छ । २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट नगर प्रमुखमा सुरत केसी निर्वाचित हुनुभएको हो । बेनी नगर प्रमुख सुरत केसीसँग गोरखापत्रकर्मी अमृतप्रसाद पौडेलले गर्नुभएको कुराकानी :
बजेटले अर्थतन्त्र सुधारको बाटो समातेको छ : अर्थमन्त्री डा महत
सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको विनियोजन विधेयक (बजेट) प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभामा छलफल चलिरहेको छ ।
स्रोत जुटाउनुपर्ने चुनौती छ
नेपाली भाषा र संस्कृतिको उद्गम स्थल, खस सभ्यता केन्द्र र खस राज्यको राजधानी मानिन्छ, जुम्लाको सिँजा । ऐतिहासिक महत्वको सिँजा क्षेत्रमा पर्ने हिमा गाउँपालिका भाषिक, सांस्कृतिक र पर्यटकीय हिसाबले धनी छ । १३२.३२ वर्ग किलोमिटर क्षेत्रफल रहेको यो गाउँपालिकाको जनसङ्ख्या १२ हजार ६१२ र जनघनत्व प्रतिवर्गकिलोमिटर ८३ जना मात्रै छ । दुर्गम तर प्राकृतिक रूपमा धनी यो गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर शाही राष्ट्रिय गाउँपालिका महासङ्घको केन्द्रीय उपाध्यक्षसमेत हुनुहुन्छ । अध्यक्ष शाहीसँग गोरखापत्रका नेत्र शाहीले गर्नुभएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ :
पूर्ण अर्गानिक क्षेत्र घोषणा गर्ने योजना छ
ताप्लेजुङ जिल्लाको फक्ताङ्लुङ गाउँपालिका क्षेत्रफलको हिसाबले नेपालकै तेस्रो ठुलो स्थानीय तह हो। विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घा यही गाउँपालिकामा पर्दछ। चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको फक्ताङ्लुङ गाउँपालिकामा जलस्रोतका रूपमा तमोर नदी, घुन्सा खोलालगायत छन्। धेरै पर्यटकीय
‘नागरिकले अनुभव गर्ने गरी काम गरेका छौँ’
पाल्पाको रिब्दीकोट गाउँपालिकाको कुल जनसङ्ख्या १८ हजार ७७० रहेको छ। यसको क्षेत्रफल १२४.५५ वर्ग किलोमिटर रहेको छ। जिल्लाको मध्यभागमा पर्ने यस गाउँपालिकावासीको आम्दानीमा कृषि व्यवसायको ठुलो हिस्सा रहेको छ। स्थानीय बासिन्दाको आम्दानीको स्रोत वैदेशिक रोजगारी पनि हो। अध्ययनका लागि बिदेसिने र बसाइँसराइ गर्ने क्रम पनि बढिरहेको छ। दोस्रो स्थानीय तहको निर्वाचन भएको पनि एक वर्ष बितिसकेको छ। यहाँको विकासका लागि जनप्रतिनिधि लागिपरेका छन्। गाउँपालिकाका अध्यक्ष नारायण कार्कीसँग गोरखापत्रकर्मी बिन्दु थापाले गरेको कुराकानी :