पाँच जनामा सङ्क्रमण पुष्टि
पछिल्लो २४ घण्टामा पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार ५५३ जनाको पीसीआर परीक्षण गर्दा पाँच जनामा सङ्क्रमण पुष्टि भएको हो ।
सूचीकृत स्वास्थ्य संस्था बढेसँगै सुरक्षित गर्भपतन गराउने बढे
पुष्कर भण्डारीडडेल्धुरा, जेठ १६ गते । सूचिकृत स्वास्थ्य संस्थाहरुको संख्या बढ्दै गएसँगै सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्यामा समेत वृद्धि भएको छ । चालू आर्थिक वर्षको अहिलेसम्म मात्रै डडेल्धुरामा ८५४ जना महिलाहरुले सुरक्षित गर्भपतन गरेको स्वास्थ्य कार्यालयले जनाएको छ । सात वटा स्थानीय तह रहेको डडेल्धुरामा सात वटै स्थानीय तहमा गरी २० वटा सूचिकृत स्वास्थ्य संस्थाहरुले सुरक्षित गर्भपतन गराउँछन् । औषधि र शल्यक्रिया गरी दुई वटा विधिमार्फत सुरक्षित गर्भपतन गरिन्छ । ८१५ जनाले औषधि र ३९ जनाले शल्यक्रियामार्फत् सुरक्षित गर्भपतन गरेको स्वास्थ्य कार्यालय परिवार नियोजन संयोजक भवानी कुँवरले बताउनुभयो । डडेल्धुरा अस्पतालमा मात्रै यस वर्ष १५७ जनाले सुरक्षित गर्भपतन गराउनुभएको छ । यी मध्ये १३१ जनाले औषधिको प्रयोग र २६ जनाले अप्रेसन गरेर सुरक्षित गर्भपतन गराउनुभएको उहाँले बताउनुभयो । सोमबार जिल्ला सदरमुकाममा सामुदायिक विकास मञ्चले आयोजना गरेको स्थानीय सञ्चारकर्मीहरुसँग यौन तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी छलफल कार्यक्रममा आयोजना गरिएको थियो । सूचिकृत स्वास्थ्य संस्थाहरुमा सुरक्षित गर्भपतन भए पनि अनेच्छिक गर्भ तथा गोपनीयता नरहने र लिङ्ग पहिचान गरी गर्भपतन गराउनेहरु अवैधानिक रुपमा निजी स्वास्थ्य संस्थाहरुमा असुरक्षित गर्भपतन गराउने गरेको बताइएको छ । सोमबार सञ्चारकर्मीहरुसँग गरिएको छलफल कार्यक्रमका सहभागी । तस्बिरः पुष्कर भण्डारी ।
जटिल रोगका बिरामीलाई मासिक पाँच हजार
सरकारले जटिल प्रकृतिका बिरामीका लागि मासिक पाँच हजार भत्ता उपलब्ध गराउने भएको छ । त्यसका लागि सरकारले एक अर्ब ५० करोड रुपियाँ बजेट छुट्याएको छ । अर्थमन्त्री जनार्दन शर्माद्वारा प्रस्तुत बजेटमा मिर्गौला प्रत्यारोपण तथा डायलासिस गराएका व्यक्ति, निको भएका क्यान्सरका बिरामी र मेरुदण्डको पक्षघात भएका बिरामीका लागि मासिक भत्ताको व्यवस्था गरिएको बताउनुभयो ।
स्वास्थ्यमा एक खर्ब तीन अर्ब १८ करोड बजेट
सिर्जना खत्रीकाठमाडौं, जेठ १५ गते। सरकारले आर्थिक वर्ष २०७९/८० को लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि एक खर्ब तीन अर्ब १८ करोड बजेट विनियोजन गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले आइतबार बजेट प्रस्तुत गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि संघको ६९ अर्ब ३८ करोड बजेट विनियोजन गर्नुभएको हो। त्यसैगरी प्रदेशको लागि ६ अर्ब ३६ करोड र स्थानीय तहमा २७ अर्ब ४४ करोड विनियोजन भएको छ। बजेटमा आधारभूत स्वास्थ्य सेवामा आम नागरिकको पहुँच विस्तार गरी सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन निर्णय गरेको छ। कोभिड–१९ महामारीको व्यवस्थापनबाट प्राप्त अनुभवका आधारमा स्वास्थ्य प्रणाली आवश्यक सुधार गरेर भविष्यमा यस्ता महामारीको सामान गर्न सक्षम र प्रभावकारी आधारभूत स्वास्थ्य प्रणालीको स्थापना गर्ने जनाएको छ। दिगो विकास लक्ष्य हासिल गर्न स्वास्थ्य क्षेत्र २०७९/२०८७ कार्यान्ययन गरिने। आगामी आर्थिक वर्षमा ६५५ स्थानीय तहमा निर्माणधीन आधाभूत अस्पतालको निमार्ण सम्पन्न गरिने त्यसको लागि सरकाले १० अर्ब विनियोजन गरेको छ। पुराना निमार्र्ण अवस्थामा रहेका अस्पताल एवम् स्वास्थ्य संस्थाका भवन नयाँ मापदण्ड अनुसार पुनःनिर्माणका लागि आवश्यक रकम विनियोजन गरेको छ। ज्येष्ठ नागरिकलाई विशिष्टीकृत स्वास्थ्य सेवा सुनिश्चित गर्न थप २० वटा केन्द्रीय र प्रदेशिक अस्पतालमा ज्येष्ठ नागरिक वार्ड स्थापन गरेर संचालनमा ल्याउने व्यवस्था मिलाएको छ। सरकारी स्वास्थ्य संस्थाबाट ९८ प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने बजेटमा उल्लेख गरिएको छ। त्यसैगरी, मिर्गौला प्रत्यारोपण गरेका तथा डायलासिस गराइरहेका व्यक्ति सबै किसिमका क्यान्सर रोग निदान भएका व्यक्ति र मेरुदण्ड, पक्षघातका बिरामीलाई औषधि उपचार खर्चबापत पाँच हजारका दरले उपलब्ध गराउन एक अर्ब ५० करोड छुट्याएको छ। मातृ मुत्युदर घटाउन, गर्भवती पोषण कार्यक्रम, स्वास्थ्य जाँच र सुरक्षित सुत्केरी उपलब्ध गराउने। पाँच वर्ष मुनिका बालबालिकाको मृत्युदर घटाउन सुरक्षित मातृत्व सुरक्षा स्याहार पोषण र खोप कार्यक्रमका लागि थप प्रभावकारी बनाउने जनाएको छ। स्वास्थ्य संस्थानबाट प्रसूति सेवा उपलब्ध गराई मातृशिशु मृत्युदर घटाउन आमा सुरक्षा कार्यक्रमको रकम वृद्धि गरेको छ। मानव विकास सूचांकमा पछि परेका २५ जिल्लाका बिपन्न परिवारका सुत्केरीलाई एकमुष्ठ पाँच हजार पोषणखर्च उपलब्ध गराइनेछ।गुणतस्तरी स्वास्थ्य सेवा उपलब्ध गराउन र स्वास्थ्य प्रर्यटन प्रवद्र्धन गर्न लुम्बिनी प्रदेशको राजापुरमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान मार्फत र मधेष सप्तरीको चिकित्सक विज्ञान राष्ट्रिय प्रतिष्ठानमार्फत् सेवाहरु सहितको स्वास्थ्य सेवा प्रदान उपलब्ध गराउन स्वास्थ्य शिक्षण अस्पताल निमार्ण कार्य अगाडि बढाइनेछ।सिकल सेल एनिमिया अनुसन्धन तथा उपचार केन्द्र निमार्ण गरिने। रुपन्देहीको सैनामैना नपलपसासी पूर्वको देवचुली, कैलालीको लम्की, कर्णलीको राकम र धार्दिङको बेल्खुमा ट्रमा सेन्टर स्थापना गर्ने। दुर्गम जिल्लाका अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई उतप्रेरित गर्न एक चिकित्सक एक अस्पताल कार्यक्रम संचालनमा ल्याइनेछ। क्यान्सर रोगको निदानका लागि स्वादेशमै उपचार दिन आवश्यक पर्ने पेट स्क्यिान मेसिन तथा साइकोलोटोन उत्पादन गर्ने मेसिन खरिद गर्न ५० करोड बजेट विनियोजन गरेको छ। पाठेघरको मुखको क्यान्सर विरुद्धको खोपको सुरुवात गरिने।मिर्गौला रोगीहरुका लागि निःशुल्क मिर्गौला प्रत्यारोपणको व्यवस्था गर्ने सबै प्रदेशिक अस्पतालमा डायलासिल निःशुल्क गर्न डायलासिस मेसिन खरिद गर्न २० करोड बजेट विनियोजन गरेको छ। स्थानीय तहसँगको सहकार्य र समन्वय गर्न स्वास्थ्य प्रविधि अनुभवसमेत आदन प्रदान गर्न स्वास्थ्य विज्ञान प्रतिष्ठान र मेडिकल कलेजलाई वार्षिक कम्तीमा दुई पटक अनिवार्य रुपमा स्थानीय तहका आधारभूत अस्पतालमा ग्रमीण तथा दुर्गम क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर संचालन गर्ने व्यवस्था मिलाएको छ। पूर्ण अपाङ्गता भएका व्यक्तिहरुलाई स्वास्थ्य सेवासहितको पुनस्थापन केन्द्र स्थापन गर्ने। बालबालिका सम्बन्धी विशिष्टिकृत स्वास्थ्य संस्थाको क्षमता विकास गर्न बजेट विनियोजन गरेको छ। स्वास्थ्य बीमा कार्यक्रम दिगो बनाउन बीमा कम्पनीमार्फत् संचालन गर्न आवश्यक तयारी गरिनेछ। आम नागरिकको सहभागीतामा नागरिक आरोग्य अभियान संचालन गरिनेछ। आयुर्वेद होमियोप्याथी तथा वैकल्पिक चिकित्सा पद्धतिको संरक्षण प्रवधान गर्ने। ४० वर्षमाथिका नागरिकलाई स्थानीय तहका स्वास्थ्य संस्थामा वर्षमा एक पटक नसर्ने रोग निःशुल्क स्क्रिनिङ सेवा संचालन गर्ने।शारीरीक तथा मानसिक अपांगता भएका व्यक्तिलाई प्रत्येक प्रदेशमा एक एक वटा पुनस्थापना परामर्श केन्द्र स्थापना गर्ने। व्यसायिक तथा रोग नियन्त्रण योजना तर्जुमा गरी कार्यन्ययनमा ल्याइनेछ।
२४ घण्टामा नौ जनामा कोरोना पुष्टि
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार ३३६ जनाको पीसीआर परीक्षण गर्दा नौ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप कार्यक्रम ल्याइने
अर्थमन्त्री जर्नादन शर्माले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप कार्यक्रम ल्याइने बताउनुभएको छ । संयुक्त सदनको बैठकलाई सम्बोधन गर्दै अथर्मन्त्रीले यस्तो जानकारी दिनुभएको हो ।
स्वास्थ्य क्षेत्रको सूचकमा सुधार
काठमाडौँ, जेठ १५ गते । नेपालमा स्वास्थ्य क्षेत्रको सूचकमा उल्लेखनीय सुधार भएको पाइएको छ । आर्थिक वर्ष २०७८÷७९ को आर्थिक सर्वेक्षणमा स्वास्थ्य क्षेत्रको सूचकमा उल्लेख सुधार हुँदै गएको पाइएको हो । दिगो विकासको लक्ष्य अनुसार सन् २०३० मा प्रजनन दर २ दशमलव १ पु¥याउने लक्ष्य भए पनि अहिले नै २ प्रतिशत रहेको आर्थिक सर्वेक्षणमा जनाइएको छ । यस्तै पाँच वर्षमुनिका बाल मृत्युदर र नवजात शिशु मृत्युदर पनि दिगो विकास लक्ष्य अनुसार घटाउन सफल भएको देखिएको छ । मातृ स्वास्थ्यसम्बन्धी अन्य सूचकको चालु आवको फागुनसम्मको उपलब्धिको अनुपातले यस आवको अन्त्यसम्म दिगो विकास लक्ष्यले तोकेको लक्ष्य पूरा हुने प्रारम्भिक अनुमान देखिएको सर्वेक्षणमा जनाइएको छ । पूर्णरुपमा सबै प्रकारका खोप लगाएका बालबालिका ५९ दशमलव ७ प्रतिशत रहेका छन् । यस्तै स्वास्थ्य संस्थामा प्रसूति गराउने गर्भवती महिला ५२ दशमलव ७ प्रतिशत रहेको छ । नवजात शिशु मृत्युदर (प्रति एक हजार जीवित जन्ममा, जन्मेको २८ दिनभित्र) १६, शिशु मत्युदर (प्रति एक हजार जीवित जन्ममा, जन्मेको एक वर्षभित्र)मा २५, पाँच वर्षमुनिको बाल मृत्युदर (प्रति एक हजारमा) २८ जना तथा कम्तीमा चार पटक गर्भ जाँच गराउने महिला ५० प्रतिशत, दक्ष प्रसूतिकर्मीबाट प्रसूति गराउने गर्भवती महिला ४९ दमशलव ५ प्रतिशत रहेका छन् । चालु आर्थिक वर्षमा कूल ग्राहस्थ्य उत्पादनमा स्वास्थ्य तथा सामाजिक क्षेत्रको योगदान १ दशमलव ७९ प्रतिशत रहने प्रारम्भिक अनुमान छ । आव २०७७÷७८ को तुलनामा यस आवमा स्वास्थ्य क्षेत्रको कूल मूल्य अभिवृद्धि ६ दशमलव ९१ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान रहेको सर्वेक्षणमा जनाइएको छ । स्वास्थ्य क्षेत्रको सूचकमा सुधार काठमाडौँ, १५ जेठ (रासस) : नेपालमा स्वास्थ्य क्षेत्रको सूचकमा उल्लेखनीय सुधार भएको पाइएको छ । आर्थिक वर्ष २०७८÷७९ को आर्थिक सर्वेक्षणमा स्वास्थ्य क्षेत्रको सूचकमा उल्लेख सुधार हुँदै गएको पाइएको हो । दिगो विकासको लक्ष्य अनुसार सन् २०३० मा प्रजनन दर २ दशमलव १ पु¥याउने लक्ष्य भए पनि अहिले नै २ प्रतिशत रहेको आर्थिक सर्वेक्षणमा जनाइएको छ । यस्तै पाँच वर्षमुनिका बाल मृत्युदर र नवजात शिशु मृत्युदर पनि दिगो विकास लक्ष्य अनुसार घटाउन सफल भएको देखिएको छ । मातृ स्वास्थ्यसम्बन्धी अन्य सूचकको चालु आवको फागुनसम्मको उपलब्धिको अनुपातले यस आवको अन्त्यसम्म दिगो विकास लक्ष्यले तोकेको लक्ष्य पूरा हुने प्रारम्भिक अनुमान देखिएको सर्वेक्षणमा जनाइएको छ । पूर्णरुपमा सबै प्रकारका खोप लगाएका बालबालिका ५९ दशमलव ७ प्रतिशत रहेका छन् । यस्तै स्वास्थ्य संस्थामा प्रसूति गराउने गर्भवती महिला ५२ दशमलव ७ प्रतिशत रहेको छ । नवजात शिशु मृत्युदर (प्रति एक हजार जीवित जन्ममा, जन्मेको २८ दिनभित्र) १६, शिशु मत्युदर (प्रति एक हजार जीवित जन्ममा, जन्मेको एक वर्षभित्र)मा २५, पाँच वर्षमुनिको बाल मृत्युदर (प्रति एक हजारमा) २८ जना तथा कम्तीमा चार पटक गर्भ जाँच गराउने महिला ५० प्रतिशत, दक्ष प्रसूतिकर्मीबाट प्रसूति गराउने गर्भवती महिला ४९ दमशलव ५ प्रतिशत रहेका छन् । चालु आर्थिक वर्षमा कूल ग्राहस्थ्य उत्पादनमा स्वास्थ्य तथा सामाजिक क्षेत्रको योगदान १ दशमलव ७९ प्रतिशत रहने प्रारम्भिक अनुमान छ । आव २०७७÷७८ को तुलनामा यस आवमा स्वास्थ्य क्षेत्रको कूल मूल्य अभिवृद्धि ६ दशमलव ९१ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान रहेको सर्वेक्षणमा जनाइएको छ ।
चित्रकला प्रतियोगिताका विजयीलाई नगदसहित पुरस्कार वितरण
गोरखापत्र अनलाइनकाठमाडौं, जेठ १५ गते । कोभिड –१९ र बालबालिका शीर्षकमा देशव्यापी भएको चित्रकला प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई नगदसहित पुरस्कृत गरिएको छ ।यहाँस्थित राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रमा भएको कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री भवानीप्रसाद खापुङले विजयी विद्यार्थीहरुलाई पुरस्कृत गर्नुभएको हो ।माध्यमिक तहमा गौरव सुनार, आयुष घिमिेर र कृष राना क्रमशः प्रथम, द्वितीय र तृतीय हुनुभयो भने प्रभात घिमिरे र कृतिमा महत्रालाई सान्त्वना पुरस्कार दिइएको छ ।यस्तै आधारभूत तहमा तुलसी थापामगर, सिजन श्रेष्ठ, मनिकाकुमारी कुशवाहा क्रमशः प्रथम, द्वितीय र तृतीय हुनुभयो भने अनिशा थापा र कशिश सुनुवारलाई सान्त्वना पुरस्कार दिइएकाे छ ।प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यार्थीहरुलाई क्रमशः जनही १५, १०, ५ र दुईहजार पाँचसय रुपियाँसहित पदक र प्रमाणपत्र प्रदान गरिएको थियो ।नेपाल स्वास्थ्य शिक्षा सङ्घ, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, त्रिभुवन विश्वविद्यालय रूपान्तरण परियोजना र शिक्षा तथा मानव स्रोत विकास केन्द्रकाे संयुक्त आयोजनामा कार्यक्रममा सञ्चालन भएको थियो ।
शिविरमा आठ सय जनाकाे निःशुल्क उपचार
मुगुको जिल्ला अस्पतालमा आयोजना भएको दुई दिने मुटु रोग सम्बन्धि स्वास्थ्य शिविरमा आठ सय जनाले सेवा लिएका छन् । शुक्रबार र शनिबार सञ्चालन भएको शिविरमा मुगु जिल्लाभरबाट आठ सय जनाले सेवा लिएका हुन् ।