जलविद्युत्, विकास र सम्पर्क सञ्जाल विस्तारमा केन्द्रित हुने
प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज मध्याह्न यहाँ हुने द्विपक्षीय वार्ता जलविद्युत् आयोजना निर्माण, नेपालको भौतिक पूर्वाधार विकास र सम्पर्क सञ्जाल विस्तारका विषयमा केन्द्रित हुने भएको छ । दुई देशका प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलबीच हुने वार्तामा आपसी हित र चासोका समग्र पक्षमा विचारविमर्श हुनाका साथै व्यापार, पर्यटन, लगानी, जनस्तरको सम्पर्क एवं सम्बन्ध अभिवृद्धिबारे पनि छलफल हुनेछ ।
दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरिँदै
नेपालमा अन्तर्राष्ट्रिय विमानस्थल बनेको सात दशकपछि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सोेमबार भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन गर्दै हुनुहुन्छ ।
सम्बन्धविच्छेदका कानुन
संसारमा धेरै नाम चलेका व्यापारी, खेलाडी, कलाकार, राजनीतिज्ञहरूको सम्बन्धविच्छेद भएको समाचार पढ्दै र सुन्दै आएका छौँ । एकथरी मानिस विवाहपछि हुने विभिन्न झन्झट तथा जिम्मेदारीबाट परै बस्न विवाह नै गर्दैनन् । विवाहपछि पनि सम्बन्धविच्छेदमा लाग्ने खर्च, बालबच्चाको हेरचाहमा लाग्ने खर्च यावत् कारणले बाँकी जीवन जसोतसो सँगै बिताउन बाध्य हुनेहरू पनि छन् । केही त सबैखाले सम्पर्क माध्यम बन्द गरेर कसैले थाहा नपाउने ठाउँमा एक्लो जीवन बिताउनेहरू पनि भेटिन्छन् ।
दोस्रो स्थानीय तह निर्वाचनको मतदान सुरु
सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछिको स्थानीय तहको दोस्रो आवधिक निर्वाचन उत्साहजनक रूपमा बिहान ७ बजेबाट सुरु भएको छ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले शुक्रबार बिहान नै मतदाताहरूका मोबाइलमा मतदानमा सरिक हुन सन्देश पठाएर उत्प्रेरित गरिसक्नु भएको छ ।
नेपालमा नर्स परिचालन र व्यवस्थापनमा ठूलो विविधता
काठमाडौं, वैशाख २९ गते। नेपालमा करीब ९५ हजारभन्दा बढी नर्सहरु र अनमीहरु नेपाल नर्सिङ परिषद्को अभिलेखमा दर्ता भएका छन्। स्वदेश तथा विदेशबाट अध्ययन गरी वार्षिक करीब आठ हजार नयाँ नर्सिङ तथा दक्ष प्रसूतिकर्मी (मिडवाईफ्री) जनशक्ति थपिने गरेको परिषद्को तथ्याङ्कले देखाउँछ । नेपालमा उत्पादित नर्सहरुको पनि सहि सदुपयोग नभएको सरोकारवाला निकायहरुले गुनासो गर्दै आएका छन्। नेपालमा नै यति ठुलो सङ्ख्यामा नर्सिङ जनशक्ति उत्पादन हुने भए पनि विभिन्न अस्पतालहरुमा नर्सिङ जनशक्तिको परिचालन र व्यवस्थापनमा ठूलो विविधता देखिएको नेपाल नर्सिङ संघकी पूर्वअध्यक्ष तथा प्राध्यापक तारा पोखरेल बताउनुहुन्छ। सरकारसँग अहिलेसम्म निजी र सरकारी अस्पतालमा कति नर्सिङ जनशक्ति कार्यरत छन् भन्ने यकिन तथ्याङ्क छैन। नेपालमा सरकारी अस्पतालमा १२ हजार नर्स र मिडवाईफ्रीको दरबन्दी कायम छ। सरकारी दरबन्दी अनुसार नर्सहरु कार्यरत नभएको पोखरेलले जानकारी दिनुभयो। उहाँका अनुसार निजी अस्पतालमा २२ हजार नर्सहरु कार्यरत रहेको अनुमान छ। अन्तर्राष्ट्रिय मापदण्ड र विश्व स्वास्थ्य सङ्गठन अनुसार नर्सिङ जनशक्तिको विकासको लागि योजना र रणनीति अद्यावधिक रुपमा तय गर्नुपर्ने हुन्छ। तर नेपालका सरकारी र निजी एव्म विश्वविद्यालय प्रतिष्ठान र शिक्षण संस्थाहरुमा नर्सिङ जनशक्ति विकासका योजना उपलब्ध छैनन्। स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका र न्यूनतम सेवा मापदण्ड अनुसार जनरल कक्षमा प्रति चार देखि छ शय्यामा एकजना नर्स, ईमर्जेन्सी तथा पोष्ट अपरेटिभ कक्षमा प्रति दुई शय्यामा एक जना नर्स, सघन उपचार कक्ष (आइसियुमा, एन आई सी यू, सीसी यू)आदि मा प्रति शय्या एक जना नर्स र प्रसूति कक्षको लेवर वेडमा प्रति महिला दुई नर्सको आवश्यकता पर्छ। एस वी ए तालिम प्राप्त नर्स वा मिडवाईफ्रीको हिसाबले नर्सिङ जनशक्ति व्यवस्था गरिनु पर्ने पूर्वअध्यक्ष पोखरेल बताउनुहुन्छ। नर्सहरु बिदामा बस्दा कुल जनशक्तिको थप ३० प्रतिशत नर्सिङ जनशक्तिको आवश्यक पर्ने अध्ययनले देखाएको छ। तर सरकारी तथा निजी दुवै स्वास्थ्य संस्थाहरुमा तोकिएका नर्स र बिरामीको अनुपातमा नर्सिङ जनशक्ति परिचालन गरेको पाइएको छैन। प्राध्यापक पोखरेलका अनुसार धेरै जसो सरकारी अस्पतालमा विशिष्टिकृत नर्सको दरबन्दी छैन। त्यसैले दक्ष नर्सहरु सरुवा हुँदा आफ्नो सीपको प्रयोग गर्न नपाएको अवस्था छ। यसले गर्दा दक्ष जनशक्तिको सदुपयोग हुन नसकेकाले सेवाको गुणस्तर पनि प्रभावित हुने अवस्था रहेको प्राध्यापक पोखरेलको भनाइ छ। नर्सिङ तथा मिडवाइफ्री सम्बन्धी १० वर्षे रणनीति सरकारले नर्सिङ तथा मिडवाइफ्री क्षेत्रको विकास र विस्तारका लागि १० वर्षे रणनीति ल्याएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले २०७७/७८ देखि २०८७/८८ सालसम्मका लागि १० वर्षे रणनीति ल्याएको हो। गुणस्तरीय नर्सिङ मिडवाइफ्री सेवाको सर्वव्यापी पहुँच भन्ने भावी सोचका साथ उक्त रणनीति ल्याएको महाशाखाले जनाएको छ। रणनीतिमा स्वास्थ्य सेवामा सबै नागरिकको समतामूलक पहुँचका लागि नर्सिङ तथा मिडवाईफ्री सेवाको गुणस्तरमा अभिवृद्धि गरी जनशक्तिको व्यवस्थापन गर्ने उल्लेख छ। अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नर्सिङ तथा मिडवाइफ्री शिक्षा प्रणालीको सुदृढीकरण गर्दै गुणस्तर अभिवृद्धि गर्ने। नर्सिङ तथा मिडवाइफ्री शिक्षा र सेवाको नियमन,अनुगमन र सुपरिवेक्षण प्रणालीको विकास र विस्तार गरी नर्सिङ तथा मिडवाइफ्री क्षेत्रको सुदृढीकरण गर्ने उद्देश्य रहेको छ। नेपालमा कति नर्सिङ तथा मिडवाइफ्री आवश्यक स्वास्थ्य मन्त्रालयको न्यूनतम सेवा मापदण्ड,२०७५ अनुसार नर्सिङ तथा मिडवाइफ्री जनशक्तिको अनुमानित तथ्याङ्क सार्वजनिक गरेको छ। आधारभूत स्वास्थ्य केन्द्र अनुसार आवश्यक नर्सिङ तथा मिडवाइफ्री जनशक्ति २० हजार २१४ जना आवश्यक रहेको देखिएको छ। जसमा स्टाफ नर्स १७ हजार ८१४ र मिडवाइफ दुई हजार चार सय आवश्यक देखिएको छ। बर्थिङ सेन्टर कति आवश्यक नेपाल भरका बर्थिङ सेन्टरसहितका आधारभूत स्वास्थ्य केन्द्र एक हजार दुई सय छन्। जसमा प्रति केन्द्रमा स्टाफ नर्स र मिडवाइफ गरी पाँच जना जनशक्ति आवश्यक देखिएको छ। मापदण्ड अनुसार स्टाफ नर्स प्रति केन्द्रमा तीन जनाको दरले तीन हजार छ सय आवश्यक पर्छ। त्यसैगरी, मिडवाईफ प्रति केन्द्रमा दुई जना गरी दुई हजार चार सय चाहिने देखिएको छ। बर्थिङ सेन्टर बाहेकका आधारभूत स्वास्थ्य केन्द्रनेपाल भरका बर्थिङ सेन्टर बाहेकका आधारभूत स्वास्थ्य केन्द्र मा चार हजार ७३८ रहेका छन्। प्रति केन्द्र तीन जना स्टाफ नर्स आवश्यक भएको देखिएको छ। जसअनुसार,चार हजार ७३८ केन्द्रमा १४ हजार २१४ जना स्टाफ नर्स आवश्यक देखिएको छ। विशिष्टिकृत अस्पतालका कति जनशक्ति आवश्यकविशिष्टिकृत अस्पतालको शय्या अनुसार छ हजार ६५० जना नर्सिङ तथा मिडवाईफ्री जनशक्ति आवश्यक पर्छ। पाँच सय शय्याको कान्ति बाल अस्पतालमा ९३२ जना नर्सिङ जनशक्ति आवश्यक पर्छ। पाँच सय शय्याको प्रसूति तथा स्त्री रोग अस्पतालमा एक हजार ८२ जना नर्सिङ तथा मिडवाईफ्री जनशक्ति आवश्यक भएको देखिएको छ। त्यस्तै,तीन सय शय्याको मानसिक अस्पतालमा ४३७ जना नर्सिङ जनशक्ति आवश्यक भएको देखिएको छ। दुई सय शय्याको भक्तपुर क्यान्सर अस्पतालमा ४४५ जना नर्स आवश्यक पर्छ भने दुई सय शय्याको सुशील कोइराला क्यान्सर अस्पतालमा ४४५ जना नर्स आवश्यक देखिएको छ। दुई सय शैय्याको जी पि कोइराला श्वासप्रश्वास अस्पतालमा ४४५ जना नर्स आवश्यक पर्छ भने दुई सय शय्याको नरदेवी आयुर्वेदिक अस्पतालमा २२३ जना नर्स आवश्यक देखिएको छ। ५० शैय्याका सात वटा प्रदेशिक सरुवा रोग अस्पतालमा ५७४ जना नर्स आवश्यक रहेको अध्ययनले देखाएको छ। तीन सय शय्याको राष्ट्रिय सरुवा रोग अस्पतालमा ४३५ जना नर्स, सातवटा ५० शय्याका प्रादेशिक ट्रमा सेन्टरमा सात सय जना नर्स आवश्यक देखिएको छ। पाँच सय शय्याका राष्ट्रिय ट्रमा सेन्टरमा ९३२ जना नर्सको आवश्यकता छ। अस्पतालको शैय्या अनुसार जम्मा २६ हजार ९१० जना आवश्यक नर्सिङ तथा मिडवाइफ्री जनशक्ति आवश्यक भएको अध्ययनले देखाएको छ।‘नर्सहरु नेतृत्व गर्ने एउटा आवाज, नर्सिङमा लगानी गरी विश्व स्वास्थ्य सुनिश्रित गर्न अधिकारहरुको सम्मान गरौँ’ भन्ने मूल नाराका साथ बिहीबार विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइएको छ। फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिन पारेर हरेक वर्ष मे १२ का दिन अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाउने गरिन्छ।
भारतका प्रधानमन्त्रीको लुम्बिनी भ्रमण तयारी तीव्र
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आउनुहुने भएपछि यहाँ तयारी तीव्र पारिएको छ । २५६६औँ बुद्धजयन्तीको अवसर पारेर जेठ २ गते उहाँ लुम्बिनी आउन लाग्नुुभएको हो । भारतका प्रधानमन्त्री मोदीको भ्रमणको सुरक्षा व्यवस्था मिलाउन बुुधबार मात्रै भारतीय सुरक्षाकर्मी एसपीजी (स्पेसल प्रोटेक्सन गार्ड) लुुम्बिनी आइपुुगेको छ । भारतीय वायुसेनाको विमानमार्फत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा सुरक्षाकर्मी र मोदीले प्रयोग गर्ने गाडी ल्याइएको हो । टोली लुुम्बिनी पुुगेको र नेपाली सुरक्षाकर्मीको समन्वयमा सुरक्षा रणनीति बनाइरहेको रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुुभयो ।
नयाँ परिचयपत्र लिन आउनेलाई मतदाता शिक्षा अनिवार्य
स्थानीय तह निर्वाचनमा मतदान गर्नका लागि १८ वर्ष उमेर पूरा भएको नेपाली नागरिक हुनुपर्ने व्यवस्था छ। त्यसका लागि नयाँ मतदाता परिचय पत्र लिन आउने नागरिकलाई अनिवार्य मतदानसम्बन्धी शिक्षा दिएर पठाउने गरेको निर्वाचन आयोगले जनाएको छ।
उमेर भन्छ ‘बसी खा’, मन भने ...
उमेरले भन्छ ‘बसी खा’ तर मनले भन्छ ‘अझै सक्रिय राजनीति गर्’ । यही दोधारमा ८० वर्ष पुुग्दा पनि सक्रिय राजनीति गरी जनसेवा गर्ने धुनमा हुनुहुन्छ उहाँ । ५० वर्षभन्दा बढी जनप्रतिनिधि रहिसकेका नरसिंह व्यञ्जनकार अहिले पनि ललितपुर महानगरपालिका वडा नं. १० मा वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार हुनुहुन्छ । कतिपय मानिस आफू नेता बन्छु भन्दै टिकटका लागि ठूला नेताको ढोका चाहर्छन् । तर उहाँलाई नेताले होइन, वडाबासीले नै तपाईं हाम्रो नेता बनिदिनुु प¥यो भनेर कर गर्छन् । अनि छरछिमेकीको मनोभाव बुझेर उहाँ पार्टीको होइन, जहिले पनि स्वतन्त्र रूपमा उम्मेदवारी दिनुहुन्छ । जहिले पनि उहाँकै पोल्टामा परिणाम आउने गरेको छ ।
युक्रेनमा युद्ध, सगरमाथामा मित्रता
अहिले रुस–युक्रेनबीच युद्ध चलिरहेको छ तर सगरमाथा आरोहणका लागि क्याम्प १ र २ मा भने दुई देशका नागरिक मित्रवत् सगरमाथा आरोहणको अभ्यासमा छन् ।सगरमाथा आरोहण गर्न एक जना रुसी र अर्की युक्रेनकी महिला आरोहीले पनि सगरमाथा आरोहणको एकसाथ तयारी गरिरहेका छन् ।