परराष्ट्रमन्त्री साउद र भारतीय समकक्षी जयशङ्करबीच भेटवार्ता
परराष्ट्रमन्त्री एनपी साउद र उहाँका भारतीय समकक्षी डा एस जयशङ्करबीच भेटवार्ता भएको छ ।
बेल्जियममा मनाइयो साकेला उँभौली पर्व
प्रकृति पूजक किरात राई समुदायले बेल्जियममा साकेला उँभौली पर्व र संवत् ५०८३ भव्य रुपमा मनाएका छन् ।
अध्यक्ष तिमिल्सिनासँग राजदूत सुकको बिदाइ भेट
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि गणतन्त्र दक्षिण कोरियाका राजदूत पार्क चोंग सुकले बिदाइ भेट गर्नुभएको छ ।
साउदीबाट पुनः श्रम स्वीकृति
साउदीको रियादमा रहेको नेपाली दूतावासले साउदीको दुई ठाउँबाट अनलाइनबाट पुनः श्रम स्वीकृति (नवीकरण) दिन थालेको छ । दूतावासका अनुसार गएको आइतबार २४ गतेदेखि दूतावास रियाद र साउदीकै जेद्दामा रहेको नेपाली महावाणिज्य दूतावासबाट पुनः श्रम स्वीकृति दिन थालेको हो ।
थप एउटा मोबाइल ल्याउन पाइने
सरकारले विदेशबाट आउँदा थप एउटा मोबाइल ल्याउन पाउने व्यवस्था गरेको छ । त्यसका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा मङ्गलबार बसेको मन्त्रीपरिषद् बैठकले झिटीगुन्टा नियमावली संशोधन गरेर वैदेशिक रोजगारीमा गएका नेपालीलाई मोबाइल ल्याउने बाटो खोल्ने निर्णय गरेको हो ।
विदेशबाट आउनेले थप एक मोबाइल ल्याउन पाउने
नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले वैदेशिक रोजगारीमा जानेहरुले पहिला पाइरहेको सुविधा बाहेकको थप एक थान मोबाइल ल्याउन पाउने निर्णय गरेको छ ।
अवैध रुपमा वैदेशिक रोजागारीमा गएकालाई वैधता दिने सरकारको तयारी
सरकारले अवैधानिक रुपबाट वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा पुगेका नेपाली नागरिकलाई एक पटकका लागि वैधता दिने तयारी थालेको छ ।
प्रधान सेनापति शर्मा र बेलायती लेफ्टिनेन्ट नोर्टोनबीच भेट
नेपाली सेनाका प्रधान सेनापति महारथी प्रभुराम शर्मासँग संयुक्त अधिराज्य बेलायतको रोयल कलेज अफ डिफेन्स स्टडिजका सेनापति लेफ्टिनेन्ट जेनेरल सर जर्ज नोर्टोनले भेटवार्ता गर्नुभएको छ ।
पर्यटन सम्मेलनमा भाग लिन उपप्रमुख डङ्गोल चीन प्रस्थान
काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोल छाङ्सा फ्राग्रान्ट टुरिजम समिटमा भाग लिन आज (सोमबार) चीन प्रस्थान गर्नुभएको छ ।
उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ राजदूत सङबीच भेटवार्ता
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र चिनियाँ राजदूत चेन सङबीच शिष्टाचार भेटवार्ता भएको छ । सोमबार गृह मन्त्रालयमा श्रेष्ठ र सङबीच भेटवार्ता भएको हो ।
अष्ट्रेलियामा कार्यरत नेपाली पत्रकारद्वय काफ्ले र आचार्य सम्मानित
अष्ट्रेलियामा कार्यरत नेपालीमूलका पत्रकारहरूको साझा संस्था अष्ट्रेलियन नेप्लीज जर्नलिष्ट एसोसिएसन (एन्जा) सिड्नीमा विश्व प्रेस स्वतन्त्रता दिवस मनाएको छ ।
अध्यक्ष तिमिल्सिना र भियतनामीका पूर्व गृहमन्त्रीबिच भेटवार्ता
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र भियतनामका पुर्वगृहमन्त्री एवम् नेपाल भियतनाम मैत्री सङ्घका अध्यक्ष एचआर ट्रान आन तुआन बिच शिष्टाचार भेटघाट भएको छ ।
अमेरिकाद्वारा सञ्चालित योजनाले परिणाम दिएकोमा खुसी छु : राजदूत थम्पसन
नेपालस्थित अमेरिकी दूतावासका राजदूत डीन आर. थम्पसनले अमेरिकाको सहयोगद्वारा सञ्चालित योजनाबाट सकरात्मक परिणाम निस्केकोमा आफू खुसी भएको बताउनुभएको छ ।
मन्त्री साउद राज्याभिषेक समारोहमा सहभागी हुन बेलायत प्रस्थान
परराष्ट्रमन्त्री एनपी साउद संयुक्त अधिराज्य बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेकमा सहभागी हुन आज (बिहीबार) बिहान त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।
अध्यक्ष तिमिल्सिना र कम्बोडियाका प्रधानमन्त्री हुनसेनबीच भेटवार्ता
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र कम्बोडियाका प्रधानमन्त्री सम्देक टोको हुनसेनबीच भेटवार्ता भएको छ।
विदेशमा मृत्युको कारण व्यवसायजन्य असुरक्षा
वैदेशिक रोजगारीका लागि विदेश गएर मृत्यु हुनुको कारण विदेशमा कार्यवातावरण र व्यवसायजन्य सुरक्षा कमजोर भएर मुख्य कारण भएको एक अध्ययन प्रतिवेदनले देखाएको छ । राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको ‘नेपाली श्रमिकको मानव अधिकार अवस्था प्रतिवेदन २०७९’ मा वैदेशिक रोजगारीमा गएका नेपालीको ज्यान जानुमा घातक रोगका कारणभन्दा पनि काम गर्ने वातावरण र व्यवसायजन्य सुरक्षा कमजोर भएकाले बढी हुने गरेको देखिएको हो ।
मलेसियाबाट पुनः श्रम स्वीकृति सुरु
मलेसियामा रहेको नेपाली दूतावासले मलेसियामा रहेर काम गरिरहेका आफ्ना नागरिकलाई अनलाइनमार्फत पुनः श्रम स्वीकृति सेवा दिन थालेको छ । मलेसियामा रहेको दूतावासले वैशाख १५ गतेदेखि पुनः श्रम स्वीकृति दिन थालेको हो । वैदेशिक रोजगार विभागअन्तर्गतको वैदेशिक रोजगार सूचना व्यवस्था प्रणाली (फेमिस)मा जोडिएर ती देशबाट श्रम स्वीकृति दिने व्यवस्था भएको सम्बन्धित दूतावासले जानकारी गराएका छन् । अनलाइनबाट सबै प्रक्रिया अघि बढाए अन्तिममा गएर श्रम स्वीकृति दिने ठाउँमा
सुडानबाट नेपालीको उद्धार जारी
नेपाल सरकारले सुडानमा रहेका नेपाली नागरिकको सुरक्षा र उद्धारमा अधिकतम प्रयास गरिरहेको जनाएको छ । पछिल्लो समय सुडानमा उत्पन्न युद्धको अवस्थाले त्यहाँ रहेका नेपाली नागरिकको जीवनमा बढेको असुरक्षालाई ध्यानमा राख्दै सबै तरहको कूटनीतिक संयन्त्रलाई सक्रिय बनाएर उद्धारको पहल गरिरहेको परराष्ट्र मन्त्रालयले स्पष्ट गरेको छ ।
अध्यक्ष तिमिल्सिना र कम्बोडियाका सिनेट अध्यक्षबीच भेटवार्ता
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कम्बोडियाका समकक्षी सिनेटका अध्यक्ष समदेक विभोलेस्ना फेकदेक चे सुमसँग भेटघाट गर्नुभएको छ । सोमवार दिउँसो सिनेट कार्यालय, रातोघरमा भएको भेटमा अध्यक्ष तिमिल्सिनाले दुइ देशबीचको पाँच दशक लामो दौत्यसम्बन्धको चर्चा गर्दै कम्बोडिया र नेपालले संयुक्त राष्ट्रसंघ, आइपियुलगायतका निकायमा हुने प्रतिनिधित्व र मुद्दामा समेत सहयोग र सहकार्य भैरहेको चर्चा गर्नुभयो ।
आविष्कारका क्षेत्रमा लगानी गर्ने सहमति भयो : उपप्रधानमन्त्री खड्का
नेपाल सरकार र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीच सात बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
प्रतिकूल मौसमले हवाई उडान प्रभावित
प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान प्रभावित भएको छ ।
ईपीएस भाषा परीक्षाको नतिजा सार्वजनिक
रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत दक्षिण कोरियाका लागि कृषि तथा पशुपालनतर्फ दोस्रो चरणमा लिइएको भाषा परीक्षामा आठ हजार ३८० जनाको नतिजा सार्वजनिक भएको छ । सन् २०२३ मा कृषि तथा पशुपालनतर्फ ईपीएसमार्फत रोजगारीका लागि दक्षिण कोरिया जानका लागि २०७९ फागुन २३ देखि २०८० वैशाख १३ सम्म सञ्चालन भएको भाषा परीक्षाको नतिजा शनिबार सार्वजनिक भएको हो । वैदेशिक रोजगार विभागअन्र्तगतको रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाका
‘सिकलसेल एनिमिया’का बारेमा राष्ट्र सङ्घले सोच्नुपर्छ : अध्यक्ष मगर
आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले नेपालका आदिवासी थारु समुदायमा देखिएको ‘सिकलसेल एनिमिया’ रोगका बारेमा संयुक्त राष्ट्रसङ्घको ध्यान जानुपर्ने बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घका महानिर्देशक डा. बरमेजो नेपाल आउनुहुँदै
अन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घको महानिर्देशक डा अल्भेरो बरमेजोले यही वैशाख १७ गतेदेखि २१ सम्म नेपाल भ्रमण गर्नुहुने भएको छ ।