केसीले बनाए कोरियामा ब्याट्रीबाट चल्ने गाडी
रोजगारीका क्रममा दक्षिण कोरिया पुग्नुभएका म्याग्दीको बेनी नगरपालिका –६ का सुजन केसीले ब्याट्रीबाट गुड्ने गाडी बनाउनुभएको छ । पाँच महिनादेखि निरन्तर गरेको कोसिसपछि उहाँ चार पाङ्ग्रे गाडी बनाउन सफल हुनुभएको हो ।
अध्यक्ष ओलीसँग राजदूतहरूको भेट
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि अमेरिका र बेलायतका राजदूतहरू तथा अष्ट्रेलिया, स्वीट्जरल्याण्ड र युरोपेली संघका निमित्त राजदूतहरूले सामुहिक भेट गर्नुभएको छ । एमाले मुख्यालय च्यासलमा सामुहिक भेट भएको सो दलले जनाएको छ ।
प्रदिप गिरीलाई युरोपका लेखक–पत्रकारले सम्झिए
नेपाली कांग्रेसका नेता, सांसद तथा समाजवादी चिन्तक प्रदीप गिरीको निधन भएसँगै नेपाली राजनीतिले एक बौद्धिक राजनीतिज्ञ गुमाएको छ ।
अमेरिकाका नेपालीले सम्झे नेता गिरीलाई
नेपाली कांग्रेसका नेता एवं समाजवादी चिन्तक प्रदीप गिरीको निधनप्रति यहाँ एक श्रद्धान्जली कार्यक्रम गरिएको छ ।
परराष्ट्र सम्बन्धबारे नेपालले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने
नीति अनुसन्धान प्रतिष्ठान, नेपालले भदौ १० देखि १२ सम्म नेपालको परराष्ट्र सम्बन्धबारे अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ ।
अमेरिकी सरकारबाट नेपाललाई करिब दुई अर्बको सहयोग
संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) ले नेपाललाई रुस–युक्रेनको युद्धबाट बढ्दैगएको विश्वव्यापी संकटबाट जोखिममा परेका जनतालाई जोगाउन करिब दुई अर्ब रुपियाँ सहयोग उपलब्ध गराउने भएको छ । विश्वव्यापी खाद्य संकटलाई सम्बोधन गर्न अमेरिकी सरकारले हालै घोषणा गरेको दुई अर्ब ७६ करोड अमेरिकी डलर अनुदानको एक हिस्सा स्वरुप नेपाललाई एक करोड ५० लाख अमेरिकी डलर उपलब्ध गराउने भएको हो ।
बेलायतमा स्वास्थ्यकर्मी पठाउन बाटो खुल्यो
नेपाल र संयुक्त अधिराज्य बेलायत सरकारबीच त्यहाँको स्वास्थ्य क्षेत्रमा नेपाली स्वास्थ्यकर्मीलाई रोजगारी प्रदान गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
अमेरिकी सरकारबाट शेर्पालाई सम्मान
सोलुखुम्बु जिल्ला लिखुपिके गाउँपालिका वार्ड नं १ स्थाई घर भई अमेरिकाको न्युयोर्कमा बस्दै आउनु भएका आङ जाङबु शेर्पालाई अमेरिकी सरकारले सम्मान गरेको छ । नेपाल शेर्पा संघ अमेरिकाको निवर्तमान अध्यक्ष शेर्पालाई प्रेसिडेन्ट भोलुन्टर सर्भिस अवार्डबाट सम्मान गरेको छ ।
दिवेश पोखरेल विश्व सदभावना दूत नियुक्त
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अमेरिकन आइडलको उपविजेता बन्न सफल गायक दिवेश पोखरेललाई नेपालको पर्यटनका लागि विश्व सदभावना दूत नियुक्त गरेको छ । आइतवार मन्त्रालयमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पोखरेललाई विश्व सद्भावना दूत नियुक्त गर्नुभएको हो ।