खेलाडीलाई शुभकामना दिन प्रधानमन्त्री ओली रङ्गशालामा
साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा शुभकामना दिन प्रधानमन्त्री केपी शर्मा ओली दशरथ रङ्गशाला पुग्नुभएको छ ।
साफ महिला च्याम्पियनसिप फाइनल : बङ्गलादेशविरुद्ध नेपाली ११ खेलाडी सार्वजनिक
साफ महिला च्याम्पियनसिप २४ को फाइनल खेल्ने ११ खेलाडीको नाम सार्वजनिक भएको छ।
प्रहरीद्वारा चाडपर्व लक्षित विशेष निगरानी
गृह मन्त्रालयले चाडपर्वलाई शान्तिपूर्ण बनाउन आवश्यक सुरक्षा योजना लागू गरी उच्च सुरक्षा प्रदान गर्न निर्देशन गरेको छ ।
दाङमा कार दुर्घटना : एक जनाको मृत्यु
दाङमा भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दाङको राप्ती राजमार्गअन्तर्गत तुलसीपुरबाट अमेलिया जाँदै गरेको बा १६ च ७६४३ नम्बरको कार भन्ज्याङको भिरबाट खस्दा एक जनाको मृत्यु भएको हो ।
लुम्बिनी प्रदेश सरकारको सय दिनमा एकसय एक उपलब्धि
लुम्बिनी प्रदेश सरकारले एकसय दिनको अवधिमा सम्पादन गरेका १०१ उपलब्धि सार्वजनिक गरेको छ ।
तिहारमा दाजुभाइलाई स्वस्थ उपहार
नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा आएको छ । यस पर्वलाई दाजुभाइ र दिदीबहिनीबिच विभिन्न उपहार पनि लिनेदिने पर्वका रूपमा पनि लिने गरिन्छ ।
बेल्जियमको राजदूतमा लम्सालको नाम अनुमोदन
संसदीय सुनुवाइ समितिले बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्सालको नाम अनुमोदन गरेको छ ।
तेह्र उद्योगले तिरे बक्यौता
डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवादमा रहेका उद्योगको सूची घट्दै गएको छ ।
राजस्थानमा बस दुर्घटना, १२ को मृत्यु, ३० घाइते
भारतको राजस्थान राज्यमा मङ्गलबार बस एउटा कल्भर्टमा ठोक्किएर दुर्घटना हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ । ३० जना घाइते भएका छन् । यसमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
गर्भवती बनाएको आरोपमा पक्राउ
ताप्लेजुङका एक बालिकालाई जबरजस्ती करणी गरी गर्भवती बनाएको आरोपमा पाँचथरका एक युवक पक्राउ परेका छन् । प्रहरीका अनुसार १६ वर्षीया बालिकालाई करणी गरी गर्भवती बनाएको आरोपमा २८ वर्षीय युवक पक्राउ परेका हुन् ।
टेलिकमका सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउन प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल दूर सञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउन निर्देशन दिनुभएको छ ।
स्कुल बसले ठक्कर दिँदा दुई जनाको मृत्यु
नगरपालिकाको वडा नम्बर २ पुरेनामा मंगलबार दिउँसो भएको दुर्घटनामा सोही नगरपालिका वडा नम्बर ३ घन्चौराका पवन थापा र वडा नम्बर ४ मनिस थारुको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक वीरबहादुर सुनारले जानकारी दिनुभयो।
विकास र वातावरण संरक्षणका काम सँगसँगै अगाडि बढाउनुपर्छ : सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विकास र वातावरण संरक्षणका काम सँगसँगै अगाडि बढाउनुपर्ने बताउनुभएको छ।
खरिपाटी बस दुर्घटना : १० घाइते, दुईकाे अवस्था गम्भीर
चाँगुनारायण नगरपालिकाको तेलकोटबाट यात्रु बोकेर आएको यात्रुवाहक बस आज खरिपाटीस्थित घुमाउनेमा दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन् ।
पूजाको प्रसाद खाँदा ३५ बिरामी
सन्धिखर्क नगरपालिका १ तारा मार्गमा आइतबार देउराली पूजाको प्रसादका रूपमा मासु खाएर बिरामी हुनेको सङ्ख्या ३५ पुगेको हो ।
मृतकको सङ्ख्या चार पुग्यो, घाइते ७ जनाको उपचार हुँदै
यहाँ भएको मिनी ट्रक दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ । कपुर कोटको सिनबाङमा सोमबार भएको ट्रक दुर्घटनाका घाइते चालक २६ वर्षीय मान बहादुर भण्डारीको पनि मृत्यु भएको हो ।
जुवातास खेल्ने ३२ जना कर्यापझ्याप
तिहार नजिकिँदै गर्दा जुवा तासको खालबाट प्रहरीले ३२ जना तासजुवा खेलाडीलाई पक्राउ गरेको छ ।
सल्यानमा मिनी ट्रक दुर्घटना : तीनको मृत्यु, आठ जना घाइते
सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।
भाइटीकाको साइत ११:३७ बजे
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ ।
तिहारका लागि दुई लाख मखमली माला निर्यात हुने
यस वर्षको तिहारका लागि दुई लाख वटा मखमली फूलको माला निर्यात हुने भएको छ । फ्लोरिकल्चर एसोसिएसन (फ्यान) का अनुसार यस वर्ष गत वर्षको भन्दा ५० हजार बढी माला निर्यात हुन लागेको हो ।
वडाध्यक्षविरुद्ध ८० हजारको भ्रष्टाचार मुद्दा
झापाको बुद्धशान्ति गाउँपालिका–२ का अध्यक्ष डिल्लीप्रसाद ओलीविरुद्ध ८० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
नेपाल एयरलाइन्सको टीकापुरमा परीक्षण उडान
टीकापुर हवाइमैदानको पुनः परीक्षण गरिएको छ । परीक्षण उडानमा नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भूल, क्याप्टेन महेश विष्ट, उज्जवल सिलवाल, इन्जिनियर सम्राट प्रधान लगायतका प्राविधिक टीम आएको छ ।
‘तिलिचो पुग्दा चाडपर्व बिर्सन्छन् पर्यटक’
शरद् ऋतुमा चक्रीय अन्नपूर्ण क्षेत्र पर्यटकका लागि घुमफिर गर्ने उत्तम समय हो । दसैँ सकिएको र तिहार आउनै लागेको बेला धेरैको रोजाइमा उत्कृष्ट गन्तव्यका रूपमा मनाङलाई लिने गरेको छ ।
बझाङमा जीप दुर्घटना, चारजना घाइते
तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुरतर्फ आउँदै गरेको बा१८च ५१४९ नम्बरको जीप भोपूरमा दुर्घटना भएको हो ।