सहकारीका सदस्यद्वारा सामूहिक तरकारी खेती
खार्पुनाथ गाउँपालिका–४ को छिप्रा गाउँको दुधकण्ठ कृषि सहकारी संस्थाका अध्यक्ष रंगमित शाहीले आय आर्जनमा वृद्धि गर्न सहकारीका ३५ जना सदस्यहरु मिलेर सामूहिक तरकारी खेती गरिएको बताउनुुभयो ।
किवीले पराई देश विर्सायो मान्मबासीलाई
विशाल सुनारदैलेख (दुल्लू) वैशाख, ८ गते । भैरवीगाउँपालिका–७ मान्म गाउँका बासिन्दा जीवनयापनको लागि गाउँ नै खाली गरेर मान्मबासी भारत जान्थे । भारतमै ६ महिना मजदुरी गरेर परिवारलाई जिउ ढाक्ने एकसरो कपडा र केही रकम ल्याएर गाउँ फर्किन्थे । त्यतिबेला गाउँ पुरुषविहिन हुन्थ्यो । न्वारन, व्रतबन्ध, विवाह, मलामी एवं सामाजिक काम महिलाले गर्नु पर्ने बाध्यता थियो । तीन बर्ष यता मान्मगाउँको दिनचार्य सँगै पहिचान समेत बदलिएको छ । दोलखाको नासो ल्याएको किवीको बोटले मान्मबासीलाई किवी खेतीतिर तानेको छ । जीवनयापनका लागि मुग्लान जाने मान्मबासी आजभोली गाउमै बसी आम्दानी गर्न थालेका छन् । गाउँमा आम्दानी हुन थालेपछि पुरुषले मुग्लान जान छोडेका हुन् । गाउँमै तरकारी र किवी खेतीबाट आम्दानी गर्न थालेका छन् । गहुँबारीले गराहराभरा भएपनि भन्ने जसो उत्पादन हुदैन थियो । जीवनयापनका लागि मान्म बासी मजदुरीका लागि मुग्लान जानु बाहेक अर्को विकल्प थिएन ।चार बर्षअघि मान्म गाउँका विष्णुप्रसाद कँडेल किवीखेतीको तालिम लिन दोलखा पग्नु भयो । पाँच दिनको तालिम सकाएर किवीका ९ बोट सँगै लिएर गाउँ फर्किनु भयो । त्यही किवीको बोटबाट सुरु गरिएको किवी खेती आजभोली गाँउ भरि फैलिएको छ । गहुँबाली लगाउने ठाउँमा किवीखेती गर्न थालेका छन् । किवी खेतीले आम्दानी बढाउनुका साथै मुग्लान जाने मान्मबासीलाई गाउँमै बस्न बाध्यता बनाएको विष्णुप्रसाद कँडेलले बताउनुभयो ।‘पहिले आम्दानी हुदैन भनेर गाउँका पुरुष देश जाने गर्थे । किवीले राम्रो उत्पादन दिएर आम्दानी दिएपछि पराई देश विरानो बन्दै गएको छ’, उहाँले भन्नुभयो । मजदुरीका लागि पराईदेश जाने मात्र होइनन् किवी खेतीले राम्रो उत्पादन दिएपछि शिक्षक पेशा छोडेर सोही ठाउँका राजेश कँडेलले पनि किवी खेती सुरु गर्नुभएको छ । ‘शिक्षक पेशाभन्दा किवी खेती नै राम्रो लागेर मैले जागिर छोडेर फर्ममा किविको वेर्ना बनाएर आम्दानी गरेको छु । सबै किसान सँग भेटघाट हुन्छ,शिक्षक पेशा भन्दा मलाई कृषि पेशा नै राम्रो लागेको छ,’ उहाँले भन्नुभयो । मान्मबासीका लागि नौलो फल बनेको किवी आजभोली आर्कषण मात्र नभएर आम्दानीको राम्रो स्रोत वन्न पुगेको छ । मान्म गाउँमा किवी नलगाएको घर भेट्टाउन अहिले मुस्किल पर्छ । एक जना किसानले बारीमा ५० देखि ६ सय किवीका विरुवा रोपेका छन् । गाँउका २२ घरधुरीहरुले करिव ३ सय रोपनी क्षेत्रफलमा किवी खेती सुरु गरेका छन् । किवी सँगै ओखर, एभोगाडो, कटुस, अलैचीका नर्सरी समेत राखेर व्यवसायमा होमिएका छन् । कृषि विकास कार्यालय दैलेखले दिएको जानकारी अनुसार संघीय सरकारको सशर्त अनुदान कार्यक्रम अन्र्तगत दैलेखका ९ वटा स्थानीय तहका १३ वटा स्थानमा १८ हेक्टर क्षेत्रफलमा किवी खेतीलाई प्रवद्र्धन गरिएको छ । कृषि कार्यालय मार्फत थप अनुदानको कार्यक्रम समेत लागू गरिएको कृषि कार्यालय दैलेखका नरेन्द्रबहादुर थापाले जानकारी दिनुभयो । दैलेखको हावापानी किवी उत्पादनको लागि उपयुक्त मानिन्छ । बजारीकरणको लागि दैलेख बजार, सुर्खेत, नेपालगन्ज हुँदै भारतको लखनाउसम्म किवीको बजार छ । उपयूक्त हावापानी र बजारको सम्भावना भएको किवी खेती गर्ने किसानहरुलाई क्षमताअभिवृद्धिको तालिम सहित स्रोत साधन सम्पन्न गराउन सके आम्दानी र जीवनयापनका लागि थप सहयोग पुग्ने देखिन्छ ।
कटहर मिठाे नेपाली, बजारमा बिक्छ भारतीय
काठमाडाैं, वैशाख ७ गते । काठमाडौँ उपत्यकाका ठूला तरकारी बजारमध्येकाे एक बल्खु तरकारी बजारले काठमाडाैं महानगरकाे दक्षिण भेग, ललितपुर महानगरकाे पश्चिम, उत्तर र मध्य भाग, कीर्तिपुर र चाेभार भेगका स्थानीय जनता लाभान्वित भएका छन् । चाेभार र कीर्तिपुर, ललितपुरका ग्रामिण इलाका, चन्द्रागिरि र दक्षिणकाली नगरपालिकाका कृषककाे उत्पादन पनि साे बजारमा पुग्ने गरेका छन् । बढ्दाे जनसंख्याका कारण साे क्षेत्रका उत्पादन मात्र हाेइन आसपासका जिल्लाका तरकारी उत्पादनले पनि पुग्ने अवस्था छैन । त्यसैले बाहिरबाट नै आयात गर्नुपर्ने अवस्था विद्यमान छ । मौसमी तथा बेमौसमी दुवै तरकारी तथा फलफूल बाहिरबाट आउने गरेको पाइन्छ ।छिमेकी मुलुक भारतबाट आयात गरिएका कटहरले नेपाली भान्छामा एक महिनादेखि छाइसकेको छ ।बल्खु तरकारी बजारमा विगत ६ वर्षदेखि व्यवसाय गर्दै आएका व्यवसायी राजकुमार केशरीले भारतीय कटहर एक महिना पहिलेदेखि बजारमा आइसकेको बताउनुभयो । भारतीय कटहर भन्दा नेपाली कटहरको स्वाद मिठो हुने भएकाले नेपाली कटहरको बढी खोजी हुने गरेको उहाँको भनाइ छ । तर अहिले नेपाली कटहर बजारमा नआइसकेका कारण भारतीय कटहरले ठाउँ लिएको बताउनुभयो ।नेपाली तरकारी बजारमा छिमेकी मुलुकबाट आयातित तरकारी तथा फलफूलले ठूलो हिस्सा ओगटेको छ । अहिले नेपाली बजारमा रुख कटहर तयार भइसकेको छैन । तर बजारमा भने कटहरको तरकारी छ्याप्छ्याप्ती भेट्न सकिन्छ । बजारमा बोक्रा ताछेको कटहर सय रुपैयाँ किलोग्राम र बोक्रा नताछेको कटहर ८० रुपैयाँ किलोग्राममा बिक्री भइरहेको व्यवसायी केशरी बताउनुहुन्छ । उहाँको पसलमा दैनिक ८० देखि २०० किलोग्राम सम्म बिक्री हुने गरेको छ । बल्खु तरकारी बजारकै अर्का व्यवसायी विरेन्द्र पण्डितले होलसेल भन्दा खुद्रा किन्ने ग्राहकहरू बढी आउने गरेको बताउनुभयो । अहिले भारतबाट धेरै कटहर आइरहेकाले मूल्यमा पनि कमी आएको उहाँले बताउनुभयो ।
राजनीतिक दल चुनावी दौडधुपमा, किसान गहुँ काट्न खेतमा
विजयकुमार साह ढल्केवर, वैशाख ६ गते । धनुषामा स्थानीय तहको निर्वाचनले गति लिन थालेको छ । राजनीतिक दलहरु चुनावको तयारीमा जुटेका छन् । चुनावी रणनीति बनाउन बैठक, भेला तथा अन्तरक्रिया कार्यक्रम बाक्लिदैँ गएका छन् । राजनीतिक दलका प्रतिनिधि जनप्रतिनिधि बन्न दौडधुपमा लागेका छन् । तर यहाँका किसान भने गहुँबाली घर भित्र्याउनमा व्यस्त देखिन्छन् । कोही गहुँबाली धमाधम काट्नमा व्यस्त छन् भने कतिपय किसान कटान गरिसकेको गहुँ भित्र्याउने कार्य गरिरहेको अवस्थामा भेटिन्छन् । उहाँहरु पाकिसकेको गहुँ भित्र्याउन बिहानदेखि साँझसम्म खेतमै रहन्छन् । अहिले हावाहुरी असिनापानी पर्ने बेला छ । समयमै गहुँ भित्र्याउन सकिएन भने यति धेरै मिहिनेत गरेर उब्जाएको गहुँ असिना पानीले क्षति पु¥याउन सक्छ । त्यसैले अहिले चुनावी माहौलदेखि टाढै रहेर गहुँ भित्र्याउने काममा लागिपरेको मिथिला नगरपालिका–३, हरिहरपुरका किसान मनोज महतो बताउनुहुन्छ ।उहाँ भन्नुहुन्छ, ‘गहुँ पाकेकाले अहिले किसानलाई कामैकाम छ । कसैलाई पटक्कै फुर्सद छैन । काममा ध्यान भएकाले चुनाव र दलका कार्यक्रमप्रति चासो छैन । किसानले गहुँ भित्र्याइसकेपछि भने गाउँमा पनि चुनावी रौनकता छाउनेछ ।’ गणेशमान चारनाथ नगरपालिका बरमझियाका किसान रामपुकार यादवले भन्नुभयो, ‘चुनाव भर्खर शुरु भएको छ । चुनावमा कस्तो जनप्रतिनिधिलाई मत दिने विषयमा पछि सोचौँला तर अहिले गहुँ स्याहार्न सकिएन भने भोकै बस्नुपर्ने अवस्था आउँछ । त्यसैले किसानलाई चुनावको रौनकताले छोइसकेको छैन ।’पर्याप्त सिँचाइको सुविधा, मलखादको सहज उपलब्धता र आधुनिक कृषि उपकरण निःशुल्क बाँड्नेजस्ता नारा दिएर थुप्रैले स्थानीय तहदेखि मन्त्रीसम्मकै बागडोर लिए पनि किसानको समस्या ज्यूँकात्यूँ छ । जिल्लामा अघिल्लो वर्ष ३६ हजार हेक्टर क्षेत्रफलमा लगाइएको गहुँ बालीबाट एक लाख आठ हजार मेट्रिकटन गहुँ उत्पादन भएको थियो । तर यसवर्ष रासायनिक मलको अभाव र हिउँदे वर्षाले गहुँबालीलाई क्षति पु¥याएका कारण घटेर एक लाख दुई हजार मेट्रिकटन गहुँ उत्पादन भएको कृषि ज्ञान केन्द्र, धनुषाका प्रमुख शङ्करप्रसाद साहले बताउनुभयो ।
किसान मतदाताका गुनासा : सिँचाइ छैन, मल बीउ पाइँदैन
स्थानीय तहको चुनाव आउन अब २५ दिन मात्र बाँकी रहँदा म्याग्दीमा चुनावी सरगर्मी बढेको छ । राजनीतिक दल र नेता गाउँगाउँमा पुगेर टोल भेला गर्दैछन् । राजनीतिक दलका कार्यक्रममा मतदाता कम र नेता कार्यकर्ता नै बढी देखिन्छन् ।
सातौँ कृषि गणना मङ्गलबारदेखि : परिणाम आउन ५० दिन लाग्ने
मङ्गलबारदेखि ७७ जिल्लाका ७५३ पालिकाका तीन लाख ५० हजार किसानका घरघरमा पुगी कृषि गणना सुरु गरिने भएको छ । कृषि गणनाका लागि पाँच हजार दुई सय गणक र एक हजार तीन सय सुपरीवेक्षक आआफ्नो कार्यस्थलमा पुगिसकेको केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक हेमराज रेग्मीले जानकारी गराउनुभयो ।
२६ वर्षपछि सिँचाई आयोजना सञ्चालनमा
विजयकुमार साह ढल्केवर, वैशाख ५ गते । धनुषाको बटेश्वर गाउँपालिका –२, भुइचक्रपुरमा निर्माण भएको २६ वर्षपछि सिँचाई आयोजना सञ्चालनमा आएको छ । स्थानीयवासी तथा समाजसेवी युवाले चासो देखाएपछि यतिका वर्षपछि सो सिँचाई आयोजना सोमबारबाट सञ्चालनमा आएको हो ।किसानको खेतबारीमा सहज सिँचाई सुविधा उपलब्ध गराउने उद्देश्यले धनुषाको नकटाझिजस्थित कृषि विकास आयोजनाले २०५३ सालमा सिँचाई आयोजना निर्माण गरेको थियो । कृषि विकास आयोजनाले त्यसबेला सिँचाई आयोजना सञ्चालन गर्न पक्की कुलो, डिप ट्यूवेल र विद्युत जडानसमेत गरिसकेको थियो ।कृषि विकास आयोजनाले सिँचाई आयोजनाको सबै काम सकेर सञ्चालनका लागि तयारी गरिरहेकोबेला विद्युतीय ट्रान्सफर्मर चोरी भएपछि उक्त सिँचाई आयोजना अलपत्र परेको थियो । सिँचाई आयोजना अलपत्र परेपछि घेरबारसहित बनेको डिप ट्यूवेल घर खण्डहर बनेको छ भने किसानले आफ्नो जग्गामा बनेको पक्की कुलो भत्काएका छन् । बटेश्वरका समाजसेवी राजकिशोर महतोसहितका युवाको पहलमा कृषि विकास आयोजना नकटाझिजले डिप ट्यूवेल मर्मत गरेर मोटर जडान गरिदिएपछि निर्माण भएको २६ वर्षपछि सिँचाई आयोजना सञ्चालनमा आएको छ । सो सिँचाई आयोजना सञ्चालनमा ल्याउन स्थानीयवासीले चार वर्षअघि बटेश्वर गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउतलाई जानकारी गराउँदैआएको भएपनि अध्यक्ष राउतले चासो नदेखाएको स्थानीयवासी राजकिशोर महतोले बताउनुभयो । कृषि विकास आयोजना नकटाझिजका इन्जिनीयर मनोजकुमार चौधरीले अलपत्र अवस्थामा रहेको सिँचाई आयोजना स्थानीयवासीको सहयोगमा सञ्चालनमा ल्याउन सफल भएको बताउनुभयो । किसानको खेतमा सिँचाईको प्रबन्ध मिलाउन आउँदो आर्थिक वर्षमा पाइपलाइन विस्तार गर्ने जानकारी दिनुभयो ।
महिला मजदुरले खेतीपाती धान्दै
जयकृष्ण यादव इनरुवा, बैशाख ४ गते । सुनसरीका अधिकांश श्रमिक पुरुषहरु बैदेशिक रोजगारमा गएकाले कृषि तथा खेतीपाती गर्न पुरुष मजदुरको अभाव भएको छ । वार्षिक सुनसरीबाट १६ हजार पुरुष बैदेशिक रोजगारमा जानेगरेकाले कृषि क्षेत्रमा पुरुष मजदुरको अभाव भएको कृषकहरुको भनाई छ । प्रत्येक गाउँटोलबाट रोजगारीका लागि पुरुषहरु विदेश गएकाले खेतीपातीका लागि कृषि मजदुर तथा श्रमिकको अभाव भएको भोक्रहा नरसिंह गाउँपालिका २ का अगुवा कृषक चन्दन मेहताले बताउनुभयो । गाउँमा पुरुषहरु विदेश गएकाले जसोतसो महिला मजदुरले खेतीलाई धान्दैआएको महेताको भनाई छ ।गाउँमा राम्रो आम्दानी नहुने, रोजगारीको ग्यारेण्टी नभएको र सधै काम पनि नपाइने भएकाले बैदेशिक रोजगारमा बाध्य भएर पुरुषको आकर्षण बढेको स्थानीयको बुझाई छ । स्वदेशमा खेतीपाती र कृषिमा काम लाग्ने मजदुरको अभाव भएको भोक्राहा नरसिंह २ का किसान सुरेन्द्र मेहताले बताउनुभयो । पुरुषहरु विदेश गएकाले जेनतेन भएपनि गाउँका महिला मजदुरले खेतीलाई धानिरहेको उहाँको भनाई छ । जिल्लाको १२ स्थानीय तहको १२४ वटै वडामा बैदेशिक रोजगारले पुरुषलाई मोहित पारेकाले कृषि मजदुरको अभाव भएको अधिकारकर्मी सहजादी प्रविणले बताउनुभयो । पुरुष मजदुर कम भएको र महिलाले पनि ८ घण्टा काम गर्नुपर्ने भएकाले धेरै महिला काममा नआएको उहाँले बताउनुभयो । हाल गहुँ र मकै बाली भित्र्याउन सीमावर्ती गाउँपालिका बर्जु, कोशी, भोक्राहा नरसिंह, हरिनगर र देवानगञ्ज गाउँपालिकाका किसानलाई पूर्णरुपमा मजदुर अभाव भएको देवानगञ्जका डुमरलाल मेहताले बताउनुभयो ।सुनसरीमा १७ हजार हेक्टर क्षेत्रफलमा गहुँ बाली, ८ हजार हेक्टर क्षेत्रफलमा मकैं र ५४ हजार हेक्टर क्षेत्रफलमा धान तथा १२ हजार हेक्टर क्षेत्रफलमा तरकारी खेती लगाइदआएको छ । भोक्राहा नरसिंह गाउँपालिका किसानलाई पुरुष मजदुर अभाव समस्याले सताएपछि केही महिला मजदुरको सहयोगमा मकैं खेती गरिएको स्थानीय कृषक सुरेश मेहताले बताउनुभयो ।