चितवन, असोज ९ गते । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अवकाश प्राप्त समायोजित सेनाको मागका पक्षमा आफू सकारात्मक रहेको बताउनुभएको छ । अवकाश प्राप्त समायोजित सेनाको प्रथम राष्ट्रिय भेलालाई आज यहाँ सम्बोधन गरेपछि पत्रकारसँग कुराकानी गर्दै उहाँले अवकाश प्राप्त समायोजित सेनाको माग सम्बोधन गर्न आफू तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “उहाँहरुको मुख्य माग सङ्गठनमा आबद्ध गर्ने र निर्वाचन लड्ने अवसर दिनुपर्छ भन्ने रह्यो । यसमा मैले सङ्गठनमा बस्ने मिल्छ । निर्वाचन लड्न पनि मिल्छ भनेको छु ।” पूर्वसेनाको सङ्गठनमा बसेर काम गर्नसक्ने उहाँको भनाइ थियो । कार्यक्रममा अवकाश प्राप्त समायोजित सेनाले आफूहरुको अवस्था र अहिले देखिएको पार्टीको समस्याका बारेमा जानकारी गराएका थिए । तत्कालीन समयमा जनमुक्ति सेनाबाट नेपाली सेनामा समायोजन भई अवकाश भएकाले भेला गरेका हुन् । पार्टीको विभिन्न कार्यक्रममा सहभागी हुन गृह जिल्ला चितवन आउनुभएका दाहाल दुई दिन चितवन बस्ने कार्यक्रम छ । अध्यक्ष दाहालले आज माछा व्यवसायीसँग भेट गर्नुभएको छ । नेपाल मत्स्य व्यवसायी सङ्घ चितवनका अध्यक्षसहितको टोलीलाई भेट्दै उहाँले माछा व्यवसायीहरुको माग सम्बोधन गर्न राज्य लाग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “नीति निर्माणको काम सम्पन्न भएको छ । कार्यान्वयनमा नजाँदा समस्या आएको हो ।” माछा व्यवसायीले भन्सार छली आएका माछाका कारण स्वदेशी माछाले बजार पाउन नसकेको गुनासो गरेका थिए । सङ्घका अध्यक्ष खगेन्द्र सुवेदीले भारतबाट आयातित अस्वस्थकर माछा नियन्त्रण गर्नुपर्ने बताउनुभयो ।
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका कृषक व्यावसायिक किबी खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् । वर्षांैदेखि परम्परागतरुपमा लगाउँदै आएको मकै खेती छाडेर उनीहरु किबीबाट मनग्य आम्दानी गर्न थालेका हुन् ।
डोल्पोबुद्ध गाउँपालिकाका–१ धोका प्रेमा दोर्जे स्टार माउण्टेन होटल चलाउनुहुन्छ । उहाँले बाहिरबाट आएका पाहुनालाई स्वागत, सत्कारदेखि उपल्लो डोल्पाका पर्यटकीय क्षेत्रको जानकारीसमेत गराउनुहुन्छ ।
भरतपुर,असोज ९ गते । चितवनमा किराना व्यवसायी सङ्घले खाद्यान्नको चाडपर्व लक्षित मूल्यसूची सार्वजनिक गरेको छ । सङ्घले बैठकको निर्णय अनुसार दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरेर किराना सामानको मूल्यसूची शनिबार सार्वजनिक गरेको हो ।चाडपर्वलाई लक्षित गरेर विशेष छुट दिएर किराना सामानको मूल्यसूची निर्धारण गरिएको किराना व्यवसायी सङ्घ–चितवनका अध्यक्ष हरिराज पौडेलले जानकारी दिनुभयो । अधिकतम खुद्रा मूल्य अङ्कित सामान सोही मूल्यमा बिक्री गर्न सङ्घले किराना व्यवसायीलाई आग्रह गरेको छ । मौरीपालक महासङ्घको अध्यक्षमा घिमिरेनेपाल मौरीपालक महासङ्घको अध्यक्षमा चितवनका सुभाषचन्द्र घिमिरे चयन हुनुभएको छ । मौरी पालकको शनिबार भरतपुरमा सम्पन्न २२औँ राष्ट्रिय भेलाले उहाँलाई अध्यक्षमा चयन गर्दै २४ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा पदमप्रसाद अमगाईं, उपाध्यक्षद्वय प्रह्लाद अर्याल र पदमबहादुर अर्याल, महिला उपाध्यक्षमा उमाकुमारी खत्री चयन हुनुभएको छ । महासचिवमा सालिक रामबानिया, सचिवमा इमनाथ पोखरेल, कोषाध्यक्षमा जनकबाबु तिवारी, सहकोषाध्यक्षमा नन्दराम अर्याल निर्वाचित हुनुभएको छ । यस्तै महासङ्घको लेखा समितिको संयोजकमा रविकुमारी कडरिया निर्वाचित हुनुभएको छ । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण खनालको उपस्थितिमा पदाधिकारीले शपथ तथा पदभार ग्रहण गरेका थिए । कार्यक्रममा मन्त्री खनालले महमा अनुदान दिने नीति सरकारको रहेको बताउनुभयो । उहाँले धेरैभन्दा धेरै अनुदान भित्र्याउन उत्पादनतर्फ लाग्न मौरीपालक किसानलाई आग्रह गर्नुभयो । राष्ट्रिय किसान महासङ्घकी महासचिव रीता बस्ताकोटीले सरकारले किसानलाई प्रोत्साहन गर्न नसकेकोप्रति गुनासो व्यक्त गर्नुभयो । उहाँले राज्यको स्पष्ट नीति नहुँदा २०औँ वर्ष लाग्दा पनि मौरीपालक किसानले विदेशी कम्पनीसँग प्रतिस्पर्धी गर्न नसकेको बताउनुभयो । बस्ताकोटीले ठूला व्यवसायीलाई मात्र हेरेर नीति, नियम, कानुन र कार्यक्रम नल्याउन आग्रह गर्नुभयो ।देशमै दुःख गर्छु भन्ने सोचमा रहेका किसानको चाहनालाई सही मूल्याङ्कन गर्नुपर्ने उहाँको माग छ । कार्यक्रममा उपस्थित पदाधिकारी तथा मौरीपालक किसानले काम गर्ने भन्दा कागजी प्रक्रिया मिलाएर पेस गर्नेले अनुदान पाएकोप्रति गुनासो गरेका थिए । नेपालमा तीन हजारदेखि चार हजार मेट्रिक टन मह उत्पादन हुने गरेको छ । यहाँको माग पूरा गर्न छ हजारदेखि सात हजार मेट्रिक टन मह आवश्यक रहेको महासङ्घले जनाएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको काठमाडौँ उपत्यकाको सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गरिनुपर्ने बताउनुभएको छ ।
२०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त हनुमान ढोका दरबार क्षेत्रको विश्वेश्वर महादेव मन्दिर पुनः निर्माणका लागि साढे सात वर्षपछि शिलान्यास भएको छ । राजा भुपालेन्द्र मल्लको पालामा बनेको मन्दिर तीन तहको पेटीमा थियो । भूकम्पले क्षति गरेको मन्दिर साढे सात वर्षपछि पुनः निर्माण गर्न लागिएकामा स्थानीयवासीले खुसी व्यक्त गरेका छन् ।
बेनी नगरपालिका–५ डडुवामा उत्पादन भएको कृषि उपज बजारसम्म पु¥याउन समस्या भएको छ । बेनीदेखि पुलाचौर–चिप्लेटी–डडुवा जोड्ने सडकमा खसेको पहिरोका कारण यातायातका साधन सञ्चालन हुन नसक्दा तरकारी बजार पठाउन नपाएपछि कृषक मर्कामा परेका हुन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकामा सञ्चालित ६० किलोवाट क्षमताको नाखामखोला लघु जलविद्युत् आयोजना पाँच सय ६५ घर स्थानीय सेवाग्राहीले उपभोग गरेका छन् ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एकपटक देशको नेतृत्व गर्ने इच्छा रहेको बताउनुभएको छ । गृहजिल्ला तनहुँको दमौलीमा आज उद्योगी व्यवसायीसँग आयोजित अन्तर्क्रियामा वरिष्ठ नेता पौडेलले देशको नेतृत्व गरेर जनताको सेवा गर्ने इच्छा रहेको बताउनुभयो ।
नेपालमा व्यवस्थापिका संसद्ले बनाएका कतिपय कानुनका बारेमा जनता अनभिज्ञ हुँदा कानुन कार्यान्वयनमा समस्या देखिएको छ । नेपाल कानुन समाजले गरेको अध्ययनअनुसार कानुनका बारेमा जनतामाझ पर्याप्त प्रचार–प्रसार हुन नसक्दा बनेका कतिपय कानुन कार्यान्वयनको पाटो कमजोर देखिएको छ ।
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पर्सा जिल्लाबाट तीन लाख ४५ हजार ९२८जना मतदाताले माभ लिने भएका छन् । जिल्ला निर्वाचन कार्यालय पर्साका अनुसार पुरुष मतदातातर्फ एक लाख ९४ हजार नौ सय चार, महिलातर्फ एक लाख ५१ हजार आठ र तेस्रोलिङ्गीतर्फ १६ जना मतदाता कायम भएका हुन् ।
अमेरिकी समयअनुसार शुक्रबारदेखि अमेरिकाको ओहायो राज्यमा जारी इन्ट्रा कप फुटबल प्रतियोगितामा युवातर्फ एफसी युनाइटेड फाइनलमा प्रवेश गरेको छ ।
चितवनका थारू समुदायले आज यमोसा (पितृ औँसी) पर्व मनाउँदैछन् । सोह्रश्राद्धको अन्तिम दिन दिवङ्गत भएका आफन्त तथा पितृहरूको सम्झनामा यस पर्व मनाउने गरिन्छ । पूर्वी चितवन, पश्चिम चितवन र माडीमा थारू समुदायको बाक्लो बसोबास छ ।
नयाँ बसपार्क क्षेत्रका होटलमा अनिवार्यरूपमा सिसी क्यामेरा जडान गर्नुपर्ने भएको छ । नेपाली होटल व्यवसायी सङ्घले होटल क्षेत्रको सुरक्षा र होटलमा हुनसक्ने विभिन्न खालका आपराधिक क्रियाकलाप रोक्न अनिवार्यरूपमा सिसी क्यामेरा जडान गर्नुपर्ने बताएको हो ।
दशैँ जति नजिकिँदै छ किनमेल पनि त्यति बढ्दै छ । व्यापार चम्कँदै छ । तर नेपालमा होइन सीमापारि । दशैँको मुखमा पनि कपिलवस्तुका मुख्य बजारहरु सामान्य सरह छन् ।